वेस्ट इन्डिज अथवा पश्चिमी द्वीपसमूह उत्तर अमेरिकाको एक उपक्षेत्र हो। यसको वरिपरि उत्तरी आन्ध्र महासागरक्यारिबियन सागर छ जसमा १३ स्वतन्त्र द्वीप देशहरू र तीन प्रमुख द्वीपसमूहमा १८ निर्भर तथा अन्य क्षेत्रहरू समावेश छन् जसमा विशाल एन्टिलेज, लघु एन्टिलेज र लुकायन द्वीपसमूह पर्दछन्।[]

वेस्ट इन्डिज
क्षेत्रफल२,७५,४०० किमी (१,०६,३०० वर्ग माइल)
जनसङ्ख्या४४,१८२,०४८[][]
जनघनत्व१५१.५ /किमी2 (३९२ /वर्ग माइल)
जातीय समूहहरूअफ्रिकी-क्यारिबियन, श्वेत क्यारिबियन, भारतीय, दक्षिण अमेरिकी वा (स्पेनी, पोर्तुगाली, मेस्टिजो, मुतालो, पार्दो, वा जाम्बो), चिनियाँ, यहूदी, अरबी, आदिवासी, जाभानी,[] ह्मोङ, बहुजातीय
धर्महरूइसाई, हिन्दु, इस्लाम, परम्परागत अफ्रिकी धर्म, रस्ताफारी, मौलिक अमेरिकी धर्म, यहूदी, बौद्ध, चिनियाँ परम्परा धर्म (ताओकन्फुसियस समावेश), बहाई, जाभानी, शिख, गैरधर्म, अन्य
वासिन्दा नामवेस्ट इन्डियन, क्यारेबियन
देशहरू
निर्भरता
भाषाहरूअङ्ग्रेजी, फ्रान्सेली, स्पेनी, नेदरल्यान्डेली, फ्रान्सेली क्रियोल, अङ्ग्रेजी क्रियोल, नेदरल्यान्डेली क्रियोल, पापियामेन्तो, क्यारेबियन हिन्दुस्तानी, चिनियाँ, अन्य
समय क्षेत्रहरूयुटिसी−५ देखि युटिसी−४
इन्टरनेट डोमेनबहु
टेलिफोन कोडबहु
ठूलो सहरहरूक्यारिबियनका महानगरीय क्षेत्रहरूको सूची
सान्तो दोमिङ्गो
हभाना
पोर्तो प्राँस
सान हुवान
किङ्स्टन
सान्तियागो दे क्युबा
सान्तियागो दे काबायेरोस
नासाउ
कामावेय
काप आइसयेँ
स्पेनी सहर
चागुआनास
जर्जटाउन
पारामारिबो
UN M49 code०२९क्यारेबियन
४१९दक्षिण अमेरिका
०१९अमेरिका
००१विश्व

यस उपक्षेत्रमा एन्टिलेजका सबै टापुहरू, साथै उत्तरी आन्ध्र महासागरमा रहेका द बहामस र तुर्क र केकोस टापुहरू पर्छन्। आजकल, वेस्ट इन्डिज शब्द प्राय: क्यारेबियन शब्दसँग विनिमय योग्य छ। यद्यपि उत्तरार्द्धमा केही मध्य र दक्षिण अमेरिकी मुख्यभूमि देशहरू पनि समावेश हुन सक्छन् जसमा क्यारेबियन तटियरेखामा पर्ने राष्ट्रहरू जस्तै बेलिज, गयाना, सुरिनाम र फ्रान्सेली गयाना, र ट्रिनिडाड र टोबागो र बरमुडाको आन्ध्र द्वीप राष्ट्रहरू समावेश छन् यी दुवै भौगोलिक रूपमा तीन मुख्य द्वीपसमूहबाट भिन्न छन् तर सांस्कृतिक रूपमा एउटै छन्।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "World Population Prospects 2022", संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२ 
  2. "World Population Prospects 2022: Demographic indicators by region, subregion and country, annually for 1950-2100" (XSLX) ("Total Population, as of 1 July (thousands)"), संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक मामिला विभाग, जनसङ्ख्या विभाग, अन्तिम पहुँच जुलाई १७, २०२२ 
  3. McWhorter, John H. (सन् २००४), Defining Creole, अक्सफोर्ड विश्वविद्यालय प्रेस, संयुक्त राज्य, पृ: ३७९, आइएसबिएन 978-0-19-516670-5 
  4. Caldecott, Alfred (सन् १८९८), The Church in the West Indies, London: Frank Cass and Co., पृ: ११, अन्तिम पहुँच १२ डिसेम्बर २०१३ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्