फतेहपुर सिकरी (उर्दु: فتحپور سیکری) एक शहर हो, जुन आगरा जिल्ला को एक नगरपालिका हो । यो भारतको उत्तर प्रदेश राज्यमा अवस्थित छ । यो एतिहासिक सहर मुगल साम्राज्यको समयमा अकबर राजाकोको राज्य मा सन् १५७१ देखि सन् १५८५ सम्म रहेको थियो । पछि सम्भवत पानीको कमीले गर्दा यस सहरलाई खालि गराइएको थियो । फतेहपुर सिकरी हिन्दुमुसलमान वास्‍तुकलाको मिश्रणको सबैभन्दा राम्रो उदाहरण हो । फतेहपुर सिकरी मस्जिदको बारेमा भनिन्छ कि यो मक्‍काको मस्जिदको नक्कल हो । अझ यसको वास्तुकला हिन्दु र पारसी वास्‍तुकलामा आधार मानेर निर्माण गरिएको छ । मस्जिदको प्रवेशद्वार ५४ मीटर अग्लो ढोकाको रहेको छ । जसको निर्माण सन् १५७० मा भएको थियो । मस्जिदको उत्तरमा शेख सलीम चिश्‍तीको दरगाह छ जहाँ नि:सन्तान महिलाहरू सन्तान माग्न आउने गर्दछन ।

फतेहपुर सीकरी
युनेस्को विश्व सम्पदा क्षेत्र
दीवान-ए-प्रमुख - निजी भेट कक्ष
मापदण्डसांस्कृतिक: ii, iii, iv
सन्दर्भ२५५
सूचीकृत१९८६ (दशौ सत्र)

इतिहास सम्पादन गर्नुहोस्


चित्र दिर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

वाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्