मुन्सी खाना

मुन्सी खाना (मुन्शी खाना) राणाकालिन प्रशासनमा परराष्ट्र मामिलासम्बन्धी कार्य गर्ने निकाय थियो।

मुन्शी खाना
मुन्शी खाना
गठन१८२६
संस्थापकश्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह
प्रकारसरकारी अड्डा
लक्ष्यपररास्ट्र मामिला
प्रधान कार्यालयकाठमाडौँ
मूल सङ्गठनहरू
परराष्ट्र मन्त्रालय
वेबसाइटhttps://mofa.gov.np/
पूर्व नाम
जैशी कोठा

स्थापनासम्पादन

नेपालको पररास्ट्र मामिलाको कार्यालय एसियाकै पुरानो मानिन्छ। श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहबाट १८२६ मा नेपालको एकीकरण पछी; पररास्ट्र मामिला हेर्न जैशी कोठा नाम गरेको एक अड्डाको स्थापना भयो ; विशेष गरी तिब्बतचीनसंगको सम्बन्धको लागि । यो जैशी कोठा नामक अड्डा नै नेपालको इतिहासको पहिलो परराष्ट्र मामिला सम्बन्धि कार्यालय मानिन्छ । जनरल भीमसेन थापाको प्रधानमन्न्रीत्व कालिन समयमा जैशी कोठाको नाम परिवर्तन गरी "मुन्सी खाना" कायम गरियो ; जाशी कोठालाई मुन्सी खाना मातहतको इकाईको कार्यालयमा राखियो ।

राणा शासनसम्पादन

राणा शासनभरि नै "मुन्सी खाना "को नाम निरन्तर यहि विद्यमान रह्यो र समय-समयमा यसको सङ्गठनिक सरचनामा परिवर्तनहरु भईरहे ।

प्रधानमन्त्री जंगबहादुर राणासम्पादन

राणा शासनमा यसको पहिलो पुनर्संरचना प्रधानमन्त्री जंगबहादुर राणाको पालामा भयो । जंगबहादुरले मुन्सी खाना अन्तर्गत तीन इकाइको स्थापना गरे :

  1. ब्रिटिश भारत डिभिजन,
  2. जैशी कोठा , र
  3. मुन्सी कप्तानको अड्डा ।

प्रधानमन्त्री चन्द्र शमशेरसम्पादन

प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको कार्यकालमा अर्को ठुलो सङ्गठनिक पुनर्संरचनाको काम भयो । मुन्सी खानाको मातहत अन्तर्गत थप पांच डिभिजन र एक सहायक डिभिजन स्थापना गरिए । ती डिभिजनहरूको नाम यस प्रकार थियो :

  1. जैशी कोठा
  2. सदर अमिनी गोश्वारा
  3. सीमा सर्वे
  4. भारत - ब्रिटेन डिभिजन
  5. मुन्सी कप्तानको अड्डा र
    1. सिंहदरबार फर्मैसी अड्डा नामक सहायक डिभिजन।

प्रधानमन्त्री जुद्धशमशेरसम्पादन

प्रधानमन्त्री जुद्धशमशेरको समयमा वि. सं १९९० पछि मुन्सी खानालाई अंग्रजी समकक्षताको विदेश विभागको रूपमा समेत हेरियो । यसलाई विभागको स्तरसम्म उन्नत गरियो र यसको प्रमुखको रूपमा डाइरेक्टर जनरल नियुक्त हुने भए । मुन्सी खानाकोको मुख्य काम भनेको तत्कालिन समयको शासकहरूबाट प्राप्त हुने निर्देशनको पालना गराउने तथा भारत तथा ल्हासामा स्थापना भएका कार्यालयको समकक्षताको रूपमा काम गर्ने थियो। तिनीहरु थिए :

  1. पटनाको "अलैची कोठा";
  2. ल्हासाको " वकिलको कार्यालय";
  3. बनारसको "सम्माननीय वकिलको कार्यालय " र
  4. कलकत्ताको "वकिलको कार्यालय" ।

भारतको राजधानी कलकताबाट नयाँ दिल्ली सरे संगै कलकत्ताको वकिलको कार्यालय पनि नयाँ दिल्ली सरेको थियो । राणा शासन सय वर्ष भन्दा धेरै समय चले पनि नेपालको भारत; फ्रान्स; बेलायतसंयुक्त राज्य अमेरिका केवल चार देशसंग मात्र कूटनीतिक सम्बन्ध कायम भएको थियो ।[१][२]

प्रजातन्त्र स्थापना पछीसम्पादन

२००७ को क्रान्ति पछि नेपालमा परराष्ट्र मन्त्रालय को स्थापना भयो र मोहन शमशेर पहिलो परराष्ट्र मन्न्री बने ।

यो पनि हेर्नुहोस्सम्पादन

पृथ्वीनारायण शाह
भीमसेन थापा
जंगबहादुर राणा

राणाकालीन सरकारी कार्यालयहरू

सन्दर्भ सामग्रीहरूसम्पादन