विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/अगस्त २०१४
(विकिपिडिया:हालैका घटनाहरू/घटनाहरू/अगस्ट २०१४बाट अनुप्रेषित)
- ३० अगस्त २०१४
- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापा र महासचिव धीरेन्द्र प्रधानविरुद्ध फ्रेन्ड्स क्लबले अदालतको अवहेलना गरेको दाबी गर्दै पुनरावेदन अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको छ । (इकान्तिपुर)
- २९ अगस्त २०१४
- मिस नेपाल यूएसएको चौथो संस्करणको उपाधि ओहायोमा बसोबास गर्दै आएकी खुस्बु मिश्रले १४ प्रतिस्पर्धीलाई पछि पार्दै जितेकी छिन् । (इकान्तिपुर)
- २८ अगस्त २०१४
- गाजा क्षेत्रमा दीर्घकालीन युद्धविराम घोषणा भएपछि एक दशकमा सबैभन्दा घातक देखिएको हिंसा अन्त्य भएपछि इजरायल तथा हमास दुवैले ५० दिने युद्धमा आफू विजयी भएको दाबी गरेका छन् । (इकान्तिपुर)
- २७ अगस्त २०१४
- पाकिस्तानमा प्रधानमन्त्री नवाज शरिफ तथा शक्तिशाली सेनाप्रमुख जनरल राहिल सरिफबीच मंगलबार सहमति भएको छ । (इकान्तिपुर)
- २६ अगस्त २०१४
- मुलुकको खस्कँदो आर्थिक अवस्थाबीच फ्रान्सका प्रधानमन्त्री म्यानियल भाल्सको राजीनामा गरेपछि राष्ट्रपति फ्रान्स्वाँ होलान्डले सरकार भंग गरेका छन् । (इकान्तिपुर)
- २५ अगस्त २०१४
- नेपाली कथा, स्थान र पात्र प्रयोग गरिएको विश्व प्रसिद्ध भिडियो गेम फार क्राईको चौथो संस्करण रिलिज हुने भएको छ । (इकान्तिपुर)
- २४ अगस्त २०१४
- इराकस्थित संयुक्त राष्ट्र संघीय अधिकारीहरुले इस्लामिक स्टेट लडाकुहरुको कब्जामा रहेको अमेरली शहरमा अर्को नरसंहार हुनसक्ने चेतावनी दिएका छन् । (बिबिसी नेपाली)
- २३ अगस्त २०१४
- दक्षिण भारतको केरलामा राज्य सरकारले चरणबद्ध रूपमा मादक पदार्थ (रक्सी)मा प्रतिबन्ध लगाउने योजना बनाएको छ । (इकान्तिपुर)
- विद्रोही नियन्त्रित पूर्वी युक्रेनमा अनुमति विना प्रवेश गरेका दुईसयभन्दा बढी रुसी ट्रकहरु रुस फर्किएको युरोपेली अनुगमनकर्ताहरुले बताएका छन् । (बिबिसी नेपाली)
- २२ अगस्त २०१४
- आफ्नो नियन्त्रणमा रहेका अर्का अमेरिकी पत्रकारको समेत हत्या गर्ने इस्लामिक स्टेट (आईएस) ले दिएको चेतावनीको उपेक्षा गर्दै अमेरिकाले उत्तरी इराकमा लडाकुमाथि ताजा आक्रमण गरेको छ । (इकान्तिपुर)
- राजधानी इस्लामावादमा जारी प्रदर्शनलाई लिएर पाकिस्तान सरकार तथा पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक ए इन्साफबीच भएको पहिलो चरणको वार्ता सकिएको छ । (इकान्तिपुर)
- २१ अगस्त २०१४
- जिहादी समूह इस्लामिक स्टेटले मंगलबार अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गरिएको भिडियो सार्वजनिक गरेको छ । (इकान्तिपुर)
- थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई प्रधानमन्त्री पदमा मनोनयन गरेको छ । (इकान्तिपुर)
- २० अगस्त २०१४
- लागू पदार्थ सेवन गरेको आरोपमा हलिउडका प्रसिद्ध अभिनेता ज्याकी च्यानका छोरा जैसीलाई चिनियाँ प्रहरीले पक्राउ गरेको छ । (इकान्तिपुर)
- १९ अगस्त २०१४
- सुनकोशी नदी थुनिएर अरनिको राजमार्ग अवरुद्ध हुँदा चीनबाट दसैँका निम्ति काठमाडौं भित्र्याउन तयार पारिएका झन्डै ३५ सय कन्टेनर वैकल्पिक बाटोबाट राजधानी ल्याउन नसकिने व्यवसायीहरुले बताएका छन् । (बिबिसी नेपाली
- १८ अगस्त २०१४
- भीषण भीडन्तबीच उत्तरी इराकस्थित रणनीतिक महत्वको मोसुल बाँध जिहादी समूह इस्लामिक स्टेटबाट पुनः आफूहरुको नियन्त्रणमा आएको इराकी र कुर्द अधिकारीहरुले बताएका छन् । (बिबिसी नेपाली)
- नेपाल सरकारले विदेशमा बसीरहेका नेपालीहरुलाई जतिसक्दो चाँडो हस्तलिखित पुरानो राहदानीको सट्टा मशीनले पढ्न मिल्ने नयाँ राहदानी (एमआरपी) बनाउन आह्वान गरेको छ । (बिबिसी नेपाली)
- १७ अगस्त २०१४
- चिकित्साक्षेत्रको निगरानी राख्ने निकाय नेपाल मेडिकल काउन्सिल र मेडिकल कलेज एवं स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुबीच विद्यार्थी भर्ना गर्ने विषयलाई लिएर विवाद चुलिएको छ । (बिबिसी नेपाली)
- १६ अगस्त २०१४
- लिबियाको सिर्त शहरस्थित एउटा निर्माण कम्पनीमा कार्यरत १२६ नेपाली कामदारको उद्दार गरिएको छ । (अनलाइनखबर)
- १५ अगस्त २०१४
- तीन दिनदेखिको लगातारको वर्षाका कारण आएको बाढी तथा पहिरोले मध्य तथा सुदूरपश्चिममा विनास मच्चाउदा सुर्खेतमा २१ सहित देशका विभिन्न स्थानमा ४४ जनाको मृत्यु भएको छ केही हराइरहेका छन् भने हजारौं विस्थापित भएका छन् । (अनलाइनखबर)
- भारतको स्वतन्त्रताको ६८ औं दिवसका अवसरमा भारतको लालकिल्ला मैदानबाट विश्वलाई सम्बोधन गर्दै नरेन्द्र मोदीले भने ‘बुद्धको जन्मभूमि नेपालले आज हिंसाको बाटोमा लागेका विश्वभरका नौजवानहरुलाई शान्तिको बाटोमा फर्किन उत्कृष्ट सन्देश दिइरहेको छ । (अनलाइनखबर)
- १४ अगस्त २०१४
- विश्व फुटबलको नियमनकारी निकाय फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रममा नेपाल दुर्इ स्थान तल झरेर १६४औ स्थानमा पुगेको छ । (अनलाइन खबर)
- ११ अगस्त २०१४
- मिस नेपाल सुविन लिम्बू विश्व वन्यजन्तु कोषको वन्यजन्तु संरक्षणका लागि युवा सद्भावना राजदूत बनेकी छन् । (अनलाइनखबर)
- नेपाल सरकारले सुनकोसीको पहिरोले ताल निर्माण भएको ठाउँदेखि कोसी ब्यारेजसम्मको नदी क्षेत्रको पानी र माछा तत्कालका लागि नखान सर्वासाधारण जनतासँग आग्रह गरेको छ । (इकान्तिपुर)
- १० अगस्त २०१४
- नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको गएराति दिल्लीस्थित एपोलो अस्पतालमा डिप निमोनियाको उपचार गराउने क्रममा निधन भएको छ । (इकान्तिपुर)
- ९ अगस्त २०१४
- अमेरिकाले इराकको इर्बिल शहरमा रहेका आफ्ना नागरिकहरुको सुरक्षाका निम्ति भन्दै इस्लामवादी लडाकू विरुद्ध हवाई कारवाही तीव्र बनाएको अधिकारीहरुले बताएका छन् । (बिबिसी नेपाली)
- ७ अगस्त २०१४
- युक्रेनको विषयलाई लिएर आफूविरुद्ध लगाइएको नाकाबन्दीको बदलामा रुसले पश्चिमा देशहरुबाट हुँदै आएको खाद्य पदार्थ आयातमा प्रतिबन्धको घोषणा गरेको छ । (बिबिसी नेपाली)
- ६ अगस्त २०१४
- विश्व स्वास्थ्य संगठनले पश्चिम अफ्रिकामा इबोला भाइरसको महामारी नियन्त्रण बाहिर गइसकेको भन्दै यस बर्ष मार्चमा गिनीबाट सुरु भएर सेरा लियोन, लाइबेरिया, नाइजेरियामा यो फैलिसकेको जनाएको छ जसले गर्दा हाल सम्म यसले ९ सय ३२ जनाको ज्यान लिइसकेको छ । (इकान्तिपुर)
- ५ अगस्त २०१४
- चीनको दक्षिण-पश्चिम क्षेत्र युनानमा गएको भूकम्पमा मृतकको संख्या सोमबारसम्म कम्तीमा ३ सय ९८ पुगेको छ । (ईकान्तिपुर)
- म्यानचेस्टर युनाइटेडले प्रि सिजनको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलको उपाधि जितेको छ । (अनलाइन खबर)
- ४ अगस्त २०१४
- दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथमा पुजा अर्चना गरेका छन् । (अनलाइन खबर)
- संखुवासभाको स्याबुन गाविस-३ फच्याङमा सोमबार बिहान ३ बजे झरेको पहिरोले तीन घर बगाउँदा ९ जना पुरिएका छन् । (अनलाइन खबर)
- ३ अगस्त २०१४
- दक्षिण एशियाको शक्तिशाली मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा जम्बो टोलीका साथ काठमाडौंमा ओर्लिएका छन् । (अनलाइन खबर)
- दक्षिण-पश्चिम चीनमा शक्तिशाली भूकम्प जाँदा १ सय ७५ भन्दा बढीको मृत्यु भएको छ भने ठूलो मात्रामा धनजनको क्षति भएको छ । (अनलाइन खबर)
- २ अगस्त २०१४
- सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले दुई सय बढी मानिस पुरिएको अनुमान गरिएको छ भने हजारौं विस्थापित भएका छन् । (अनलाइन खबर)
- १ अगस्त २०१४
- नेपालको सल्यानमा भाइरल ज्वरो तथा रुघाखोकीको प्रकोप देखिएको छ । (अनलाइन खबर)