विकिपिडिया:प्रबन्धकहरू

विकिपिडियालाई सफा र स्वस्थ राख्न तथा त्रुटिहरूलाई हटाउने जस्ता प्रशासनिक कार्यका लागि प्रबन्धकहरूलाई विशेष रूपले कुचो चिह्नले वर्णित गरिन्छ।

प्रबन्धक, विकिपिडियाको त्यो सम्पादक प्रयोगकर्ता हो, जसलाई नेपाली विकिपिडिया प्रणालीको केही जरूरी तथा प्रतिबन्धित उपकरण र विशेष आदेशहरूलाई काममा लिने अनुमति हुन्छ। प्रबन्धकले नेपाली विकिपिडियामा कुनै प्रयोगकर्ता, आइपी ठेगाना र आइपी रेन्जलाई सम्पादन गर्नबाट प्रतिबन्ध लगाउने वा फुकुवा गर्ने, पूर्ण सुरक्षित पृष्ठलाई सम्पादन गर्ने, पृष्ठलाई सुरक्षित गर्ने वा सुरक्षा स्तर फुकुवा गर्ने, पृष्ठलाई मेट्ने वा मेटिएको पृष्ठलाई पुनर्स्थापित गर्ने, कुनैपनि पृष्ठको नाम परिवर्तन गर्न सक्ने लगायत केही अन्य उपकरणहरू उपयोग गर्ने क्षमता सामेल हुन्छ।

प्रबन्धकहरूले सामुदायिक समीक्षा प्रक्रिया सफलतापूर्वक पार गरिसकेपछि यी जिम्मेवारीहरूलाई स्वयंसेवकको रूपमा ग्रहण गर्छन्। प्रबन्धकहरू विकिमिडिया फाउन्डेसनका कर्मचारीको रूपमा काम गर्दैनन्। प्रबन्धकले कहिले पनि समुदायिक विवाद भएमा आफ्नो पदको दुरुपयोग गरेर छलफललाई प्रभावित बनाउने, फाइदा लिनको लागि आफ्नो विशेष उपकरणहरूको प्रयोग गर्नुहुँदैन।

नेपाली विकिपिडियामा हाल ७ प्रबन्धकहरू छन्। (प्रबन्धक अधिकार भएका प्रयोगकर्ताको पूर्ण विवरण वा प्रबन्धकहरूको गतिविधि हेर्नुहोस्)।

प्रबन्धकहरूको योग्यता सम्पादन गर्नुहोस्

प्रबन्धकहरूलाई निम्नलिखित कार्य गर्नका लागि प्राविधिक अनुमति रहेको हुन्छ:

  • प्रयोगकर्ता खाता तथा आइपी ठेगाना प्रतिबन्ध गर्न तथा प्रतिबन्ध फुकुवा गर्न सक्ने,
  • कुनै पनि विकी पृष्ठको सुरक्षास्तर परिवर्तन गर्न सक्ने,
  • ५,००० भन्दा कम संशोधन भएको पृष्ठ मेट्न सक्ने,[१]
  • अन्य विकिपिडियाहरूबाट ढाँचा, मोड्युल अथवा पृष्ठहरू आयात गर्न सक्ने,
  • विकी प्रयोगकर्ताहरूको प्रयोगकर्ता समूह परिवर्तन गर्न सक्ने [२]
  • मेटिएको पृष्ठहरूलाई हेर्न तथा पुनर्स्थापित गर्न सक्ने,
  • पृष्ठको संशोधन इतिहासलाई मेट्न तथा लुकाउन सक्ने,
  • पूर्ण सुरक्षित पृष्ठहरूलाई सम्पादन गर्न सक्ने,
  • सुरक्षित शीर्षक सूची अधिलेखन गर्न सक्ने,
  • इच्छाएको शीर्षकमा कुनै पृष्ठलाई सार्न सक्ने,
  • यस बाहेक प्रयोगकर्ता अधिकार स्तरमा उल्लेखित अन्य विशेष कार्य गर्न सक्ने।

विकिपिडियाको प्रारम्भिक दिनमा बोमिसका कर्मचारीहरू मात्र प्रबन्धक थिए, किनभने कुनै पनि प्रशासनिक परिवर्तनका लागि सर्भर पासवर्डको आवश्यकता हुन्थ्यो । मिडियाविकिको पहिलो संस्करणको विकास सँगै सन् २००१ मा अङ्ग्रेजी विकिपिडियामा प्रबन्धक नियुक्त गर्नुपर्ने विचार प्रस्तावित गरिएको थियो । जिम्मी वेल्स स्वयंले सन् २००२ फेब्रुअरीमा पहिलो प्रबन्धक नियुक्त गरेका थिए ।

विकिपिडियाका संस्थापक जिम्मी वेल्सका अनुसार:

म यो भन्न चाहन्छु कि सिसप बन्नु कुनै धेरै ठुलो कुरा हैन । निरन्तर रूपले सम्पादन गर्दै आएका केही सक्रिय प्रयोगकर्तालाई प्रबन्धक नियुक्त गर्ने मेरो मान्यता हो । प्रबन्धक शब्दलाई वृहत बनाएर प्रस्तुत गर्नुपूर्व यो केही प्रमुख प्राविधिक कार्य गर्न सक्षम रहेको प्रयोगकर्तालाई सामुदायिक सहमति अनुसार चयन गरिएको हो भन्ने बुझ्नुपर्छ । एउटा सक्रिय प्रयोगकर्ता समेत विकीका प्राविधिक कार्य गरेर प्रबन्धकलाई सघाउन सक्छन् ।

— जिम्मी वेल्स, प्रबन्धक सम्बन्धमा, विकिपिडिया अर्ग

यस कथनबाट यो अर्थ प्रष्ट्याउन सकिन्छ कि, प्राविधिक कार्यहरूलाई जिम्मेवारीपूर्वक वहन गर्ने प्रयोगकर्ता मात्रै प्रबन्धक मात्र नभई सक्रिय प्रयोगकर्ता पनि हुन् ।

प्रबन्धक बन्न के गर्नु पर्छ सम्पादन गर्नुहोस्

  • प्रबन्धकलाई विशेष प्राविधिक उपकरणहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो उपकरणहरूको प्रयोग सही तरिकाले गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
  • विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
  • निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।
  • विकिपिडियाको पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, श्रेणीकरण, ढाँचाहरूको सुधार/अनुवाद/उद्यतन, मोड्युलहरूको सुधार/अनुवाद, स्रोत विहीन लेखहरूमा सन्दर्भ स्रोत, उद्दरण थपेको अनुभवको व्यहोरा समुदायलाई जानकारी हुनुपर्नेछ।
  • न्यूनतम ६ महिनाको अनुभवसँगै मुख्य नामपदमा कम्तीमा १००० (स्वत: सम्पादन गनिने छैन) सम्पादन गर्नुका साथै लेख बनाउने नीति, दिशानिर्देशको बारेमा जानकारी हुनुपर्नेछ।
  • मिडियाविकि एक्सटेन्सन, उपकरण, उपकरण कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
  • प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको दोषी प्रयोगकर्तालाई समुदायले विरोध गर्ने भएको हुँदा यस किसिमको उल्लङ्घनबाट आफूलाई मुक्त राख्नुपर्नेछ।
  • प्रबन्धक बन्न उमेरको कुनै हद नभए तापनि आफूलाई समुदाय समक्ष अनुभवी भएको प्रमाण आफ्नो कार्यबाट विश्वस्त पार्नुपर्नेछ।
  • प्रबन्धक पदको लागि उम्मेदवारी दिएको प्रयोगकर्ताले यस विकिपिडियामा रहेको विभिन्न अधिकार समूहहरू मध्ये रोलब्याकर र स्वगस्ती गर्ने प्रयोगकर्तामा हुनुपर्नेछ र त्यसका साथै आयात सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।

— यस बाहेक ध्यानदिनुपर्ने केही महत्त्वपूर्ण बुँदाहरू-

  • आफ्नो प्रयोगकर्ता नाम साधारण राख्ने।
  • आफ्नो वार्तालाप पृष्ठलाई पटक पटक नमेट्ने।
  • आफ्नो प्रयोगकर्ता पृष्ठमा राजनीति, धर्म र लिङ्गसम्बन्धी अनैतिक विचारधारा वा प्रचार नराख्ने।
  • आफूलाई सम्पादन भुक्तानबाट टाढा राख्ने।
  • कसैमाथि व्यक्तिगत आक्रमण नगर्ने।
  • समकक्षी तथा नयाँ प्रयोगकर्ताहरूलाई सक्दो सहयोग गर्ने।

सावधानी अपनाउनु पर्ने विषय सम्पादन गर्नुहोस्

यदि कोही प्रबन्धक बन्न सफल भएमा, उसलाई प्राप्त भएका अधिकारहरू उपयोग गर्नमा र दायित्व पुरा गर्नमा विशेष ध्यान दिनुपर्छ। खासगरी लेख र पृष्ठहरूलाई मेटाउन सक्नुका साथै विकिको मापदण्ड उल्लङ्घन गरेका आइपी ठेगाना तथा सदस्यहरूलाई प्रतिबन्ध लगाउने नयाँ दायित्वहरू थपिएको हुन्छ। उसलाई आफ्ना यी नयाँ दायित्वहरू कसरी पुरा गर्ने, अथवा के गर्ने, के नगर्ने आदिको लागि यो निर्देशन हेर्नुपर्नेछ अथवा पुराना प्रबन्धक सदस्यहरूसँग सल्लाह लिनु पर्नेछ।

विकिपिडियाको नीति तथा दिशानिर्देशको पालना गर्दै उसले स्वतन्त्ररूपले प्रबन्धकका अधिकारहरूलाई प्रयोग गर्न सक्छ तर यो सिक्न, बुझ्नमा केही समय लाग्न सक्छ। उदाहरणको लागि पृष्ठ र लेखहरूलाई सुरक्षित गर्न या कुनै प्रयोगकर्तालाई कसरी प्रतिबन्धित गर्ने भन्ने सिक्न समय लाग्न सक्छ। यसका लागि नयाँ प्रबन्धकहरूले प्राप्त अधिकारहरूको प्रयोग हतार नगरी विस्तारै सिक्दै गर्नु पर्नेछ।

प्रबन्धकले आफ्नो खाताको सुरक्षामा विशेष ध्यान पुर्‍याउनुपर्नेछ जस्तै आफ्नो खाताको पासवर्डसँगै आफ्नो खातासँग जोडिएको इमेल ठेगानाको सुरक्षा पनि बलियो पार्नुपर्छ।

प्रबन्धकले कुन काममा मद्दत गर्न सक्छन् सम्पादन गर्नुहोस्

प्रबन्धकको अधिकारहरूलाई विकिपिडियाको यी कामहरूलाई गर्नका लागि विशेष रूपमा प्रयोग गर्न सकिने छ।

  • जुन घटनाहरूमा प्रबन्धकहरूको ध्यान आवश्यक हुन्छ
  • तीनपटक लेख पूर्ववत् नियम तथा सम्पादन युद्ध
  • बर्बरताको विरोध
  • प्रतिलिपि अधिकार समस्या
  • छिटै मेट्न योग्य लेख

प्रबन्धकको आचरण सम्पादन गर्नुहोस्

प्रबन्धकहरू बाट यो आशा गरिन्छ कि, उनीहरू सबैको लागि एक उदहारण प्रस्तुत गरून् र सधैँ अरूसँग वार्तालाप गर्ने बेलामा नैतिकता र सहनशीलता अपनाऊन्। प्रबन्धकहरू बाट यो पनि आशा गरिन्छ कि, उनीहरू विकिपिडियाका नियम मानून् र आफ्ना कामहरूलाई उत्तम तरीकासँग सम्पन्न गरून्। कहिलेकाहीँ कुनै गल्ती हुन सक्छ, आखिर प्रबन्धक पनि मान्छे नै हुन् अथवा कहिलेकहीं गरेका गल्तीहरूलाई क्षमा गर्न सकिन्छ। तर पनि विकिपिडियालाई धेरै नोक्सान पुर्‍याउने खालका गल्तीहरू अथवा लगातार गलत निर्णय या कार्य गरेमा उसलाई उक्त पदबाट हटाउन पनि सकिने छ। प्रबन्धकहरूको अरू पुराना अनुभवी लेखकहरूसँग यस्तो व्यवहार गर्नुपर्छ जुन अन्य सदस्यहरूको लागि मानक बनोस्।

प्रबन्धकहरूले यो ध्यान राख्नु पर्छ कि, विकिपिडियामा भइरहेको विकासको तीब्र यात्रामा उनको साथ यहाँ अरू पनि प्रबन्धक छन् । यदि कुनै पनि विषयमा उनलाई आफूले सही अथवा न्यायपूर्ण निर्णय लिन सकिरहेका छैनन् भने उनले अन्य प्रबन्धकहरूसँग सहायता माग्नु पर्छ । अनि यस विषयमा चौतारी र समाजमा चर्चा गराउनु पर्छ ।

जिम्मेवारी सम्पादन गर्नुहोस्

प्रबन्धक आफूद्वारा गरिएका प्रवन्धन कार्यहरूको लागि पुरा जिम्मेवार व्यक्ति हो । जस्तो कि उनलाई दिइएका अधिकारहरू र उपकरणहरूको उपयोग, जसबाट उनले अन्य सम्पादनहरूलाई ठेस वा हानी पुर्‍याउन सक्छ, जुन व्यक्तिसँग उनको जति अधिकार छैन। कुनै पनि सम्पादक अथवा प्रयोगकर्तालाई कुनै प्रबन्धकद्वारा गरिएको कामको सम्मानजनक तरिकाले, अनुशासनको दायरामा रहेर र द्वेषको भावनारहित भएर आलोचना गर्ने पुरा हक पनि छ। प्रबन्धकहरू बाट यो आशा गरिन्छ कि, अरूहरूले गरेको यस्तो आलोचनालाई गलतभावमा नलिएर उनले पूरा जिम्मेवारी र अनुशासनको साथ जवाफ दिऊन् र यदि कुनै गल्ती भए, उनले भित्री मनले स्वीकार गरिहालून्।

यस्तो प्रबन्धक जसले समाजले आफूमाथि गरेको बिश्वासको घात गर्छ र जसले पटकपटक गलत व्यवहार गर्छ, उनलाई यस पदबाट हटाउन सकिने छ। विकिपिडियामा कुनै प्रबन्धकलाई हटाउन सकिने निम्नलिखित कारणहरू छन्:-

  • पटकपटक गल्तीहरूलाई दोहोर्‍याउने र गलत निर्णय लिने,
  • विकिपिडियाका नियमहरूलाई तोड्ने
  • अन्य सदस्यहरूसँग वार्तालाप नगर्ने अथवा उनीहरूसँग सम्मानजनक व्यवहार नगर्ने,
  • नराम्रो मनले द्वेषमा कार्य गर्ने,
  • अन्य कयौँ यस्ता कार्य गर्ने जसले विकिपिडिया प्रबन्धनमा बाधा पार्न सक्छ।

प्रयोगकर्ताहरू द्वारा रिपोर्ट ( "प्रबन्धक अधिकारहरूको दुरूपयोग") सम्पादन गर्नुहोस्

यदि कुनै सदस्यलाई कुनै प्रबन्धकले उसको बिरुद्ध गलत निर्णय लिएको छ भन्ने लागेमा उसले उक्त प्रबन्धकसँग सिधा यस विषयमा शिष्टसँग कुरा गर्नुपर्छ र यस विषयलाई सुलझाउनाको कोसिस गर्नु पर्छ। द्वेषमा अथवा गलत शब्दहरूको प्रयोग गर्नुबाट सदैव बच्नु पर्छ। यदि दुवै पक्षमा यो विषयको समाधान भएन भने यसलाई चोतारीमा उठाउन सकिन्छ या अन्य प्रबन्धकहरूसँग यस बारेमा कुरा गर्नुपर्छ। उनले उक्त प्रबन्धकलाई सिधै ईमेल पनि पठाउन सक्नेछ। (अन्य प्रबन्धकहरूको सूची तल हेर्नुहोस्)

प्रबन्धक उपकरण/अधिकारहरूको दुरूप्रयोग सम्पादन गर्नुहोस्

प्रबन्धक उपकरण अथवा अधिकारहरूको दुरूप्रयोग एक गम्भीर विषय हो र यो विकिपिडियाको नियमहरूको उल्लङ्घन हो। यो सबै अधिकार कुनै सदस्यहरूलाई विकिपिडिया सिस्टमका केही महत्त्वपूर्ण काम गर्नाको लागि दिइन्छ। यी अधिकारहरूलाई कुनै पनि अर्थमा दुरूपयोग गर्नु हुदैन। जहिले पनि यसलाई सोचेर, बुझेर मात्र उपयोग गर्नुपर्छ, गलत उपयोगको भएमा यो फिर्ता पनि लिन सकिने छ।

निम्न स्थितिहरूमा प्रबन्धक आफ्नो अधिकारहरूको प्रयोग गर्नबाट बच्नु पर्छ :-

  • जहाँ आफैँ यस्तो छलफल अथवा प्रतिवेदनको हिस्सेदार भएमा।

प्रबन्धकहरू यस्तो विषयमा आफ्नो अधिकारहरूका उपयोगबाट बच्नु पर्छ जसमा आफैँ संलग्न छन्, यस्तो भएमा उनीहरूलाई आफ्नो अधिकारहरूको फाइदा उठाएको आरोप लाग्न सक्छ। यस्तो अवस्थामा निर्णय लिन अरूलाई दिनुपर्छ।

  • नियमहरूको विरुद्ध अधिकारहरूको उपयोग नगर्ने

प्रबन्धकहरूले आफ्नो अधिकार वा उपकरणहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्नु हुँदैन। यदि कुनै विषयमा अपवादका रूपमा प्रयोग गर्नु नै पर्‍यो भने पनि त्यसमा बलियो कारण हुनुपर्छ र त्यो अधिकार प्रयोग गर्नु पूर्व चौतारीको वार्तालाप पृष्ठमा वार्ता गर्नु उपयुक्त हुन्छ।

  • अन्य प्रबन्धकहरूका कार्यहरूका विरुद्ध कार्य

कुनै पनि प्रबन्धक आफूजस्तै प्रबन्धकद्वारा गरिएको कार्यलाई परिवर्तन गर्न या उसको विरुद्ध कारवाही गर्नबाट बच्नु पर्छ। आवश्यक नै भएमा, पहिले छलफल गरेर सही विषयको पहिचान गर्नुपर्छ। यस्ता विषयमा सहकार्य गरेर गर्नु उपयुक्त हुन्छ।

  • परिवर्तन गरिएको कार्यलाई फेरि यथावत गर्ने

यदि कुनै कामहरूलाई परिवर्तन गरिएको छ या कसैबाट कुनै अधिकार फिर्ता लिइएको छ भने त्यसलाई छलफल नगरी उसलाई फेरि यथावत गर्नु हुँदैन।

सधैँ आफैँ निर्णय लिनुबाट बच्नु पर्छ। आवश्यक भएमा भएमा अन्य प्रबन्धकहरूसँग सल्लाह लिएर निर्णय गर्नुपर्छ। आफैँले निर्णय गर्दा त्यो निर्णय सही नहुन सक्छ। समूहमा छलफल गरी निर्णय गर्दा धेरै हदसम्म सही हुन सक्छ।

गैर प्रबन्धक सम्पादन गर्नुहोस्

यो कुरा ध्यानमा राख्नु पर्छकी कुनै प्रबन्धकद्वारा यदी कुनै सदस्य, लेख, पृष्ठ, विवाद आदिमा आफ्नो अधिकारहरूको उपयोग लिईयो, अनि यदी त्यो उचित, कार्यप्रणालीको अधीन, तथा संक्षिप्त छ भने त्यो उनै लेखहरू, पृष्ठ, विवादहरू र सदस्यहरूसँग अर्को यी अधिकारहरूको उपयोग गर्न सक्छ। यसबाट कुनै फरक पर्दैनकी त्यो पूर्वमा पनी यसैमा शामिल थियो। यो यसैले किन भनें प्रबन्धकको त काम नै यस्तै कार्य गर्नु हो। अँ यदी त्यो चाहे उ एक राम्रो व्यवहारका तहत यसलाई कुनै अरु प्रबन्धकलाई गर्नको लागी सुम्पन सक्छ, तर यस्तो गर्नु जरूरी छैन।

यदी मामला पहिले जस्तै छ र उनै कारणहरूको कारणले निरिक्षणमा आएको भए यो हुन सक्छकी प्रबन्धकको निर्णय उस मामलामा पहिले जस्तै हूनुपर्छ।


कुनै प्रबन्धकको कुनै मामलामा अथवा सदस्यको साथ विवादमा केवल यसैल मान्न सकिदैन की उसल पहिले कहिलै उसलाई कुनै चेतावनी जारी गरेको थीयो जो की उसको द्वारा गरिएको कुनै यस्तो कामको कारण थीयो जसबाट कुनै विकिपिडिया नियम टूटेको थियो। यसबाट कुनै प्रबन्धकद्वारा भविष्यमा यस्तो कुनै लेख या सदस्यको बिरुद्ध करवाईलाई द्वेषमा या "आफै सम्मिलित भएको आरोप"को तहत लिन सकिने छैन

तैपनी, यदी यस्तो आसंका हुन सक्छकी यो सबै कुरा उठ्रन सक्छ, त्यसैले सब भन्दा राम्रो त यही होलाकी यस्तो मामलाहरूमा निर्णय कुनै अन्य प्रबन्धक लिउन्, अथवा तपाईं उनलाई यो कार्य दिदीनुहोस्।

प्रबन्धकलाई हटाउने बारेमा सम्पादन गर्नुहोस्

  • कुनै पनि प्रबन्धकले निम्न उल्लेखित समयावधिमा २०० भन्दा कम सम्पादन या प्रबन्धकीय कार्य/लगहरू (मेटाएको लग, निषेध सूची, आयात सूची, सुरक्षण लग र प्रयोगकर्ता अधिकार लग) गरेमा सो प्रबन्धकलाई निष्क्रिय मानिनेछ। यो संख्या सम्पादन र प्रबन्धकीय कार्य/लगहरू जोडेर निकालिनेछ।
    • २ जनवरी देखि १ जुलाई (६ महिना)
    • २ जुलाई देखि १ जनवरी (६ महिना)


रिपोर्टहरूको निरस्तीकरण सम्पादन गर्नुहोस्

प्रायः प्रबन्धकहरूबाट भएका कुनै पनि वाद-विवादलाई वार्तालापद्वारा सुलझाउनु पर्छ अथवा चौतारीमा चर्चा गर्नु पर्छ। तर यदि यो मामला कुनै भारी गल्ती सँग अथवा प्रबन्धकद्वारा गरिएको क्षेती या द्वेष पूर्ण रवैया सँग सम्बन्धित छ भने त यस तरहले पनि ममला सुलझाउन सकिने छ।

यस्तो मामलाहरूमा कुनै प्रबन्धकद्वारा गरिएको कार्य माथी चर्चा गराउन सकिन्छ। यदी कुनै प्रयोगकर्तालाई प्रतिबंधित गरिएको छ भने उसले कुनै अन्य प्रयोगकर्ता द्वारा यो गराउन सक्छ। तपाईं यस मामाला माथी सोझै प्रशासक सँग कुरा गर्न सक्नु हुन्छ र उनसँग तुरुन्त सहयोगको अपील गर्न सक्नु हुनेछ।

स्वैच्छिक हट्नु सम्पादन गर्नुहोस्

कुनै पनी प्रबन्धक आफैले आफुलाई दिइएका अधिकारुकलाई फिर्ता दिन सक्छ। साथै यदी यो अधिकार राम्रो स्थितिमा फिर्ता दिइएको होस् तर कुनै प्रकारको वाद विवादमा फिर्ता भएको नहोस्, कहिल्यै पनि उ व्याक्ती उनलाई पुनः प्राप्त गर्नको लागी मात्र प्रशाशकसँग अपिल गरोस्, यो उसलाई पुन: फिर्ता दिन सकिने छ।

आम सहमतिमा हट्नु सम्पादन गर्नुहोस्

कतिपय प्रबन्धकहरूले यो निर्णय लिन सक्ने छन् कि यदी जनमतबाट उनलाई हटाउनाको बिचार जाहेर हुन्छ भने उसले आफ्नो राजिनामा आफै दिने छ। यो निर्णय हर प्रबन्धकको आफ्नु हुनुपर्छ यो आवश्यक छैन कि उसले यस्तो गर्नै पर्छ अथवा हर यस्तो जनमतमा हट्ने छन्। यदी उ व्यक्ती यस्तो गर्न चाहन्छ भने यसको लागी उनले स्टीवर्ड सँग सम्पर्क राखेर अपिल गर्नु पर्ने छ।

सेवानिवृत्त सम्पादन गर्नुहोस्

यदी कुनै प्रबन्धक कुनै निर्धारीत समय देखी सक्रिय हुनुहुन्न भने उनलाई गैरसक्रिय मान्न सकिन्छ अथवा वहाँ सेवानिवृत्त हुन सक्छन्। तर पनि जब सम्म वहाँले आफ्नो खाता विकिपिडियामा बंद गर्दैनन् अथवा आफ्नो अधिकार वापस दिदैनन् तब सम्म वहाँ प्रबन्धक नै रहनु हुनेछ।

प्रबन्धकहरूबाट यो आशा गरिन्छ कि वहाँहरू आफ्नो र विकिपिडियाको सुरक्षालाई ध्यानमा राख्दै र आफुलाई दिइएका विशेष अधिकाहरूको सुरक्षाको लागी आफ्नो विकिपिडिया खातामा ख़ास ध्यान दिउन्। उनलाई आफ्नो खाताहरूको सुरक्षा बढाउनको लागी उनको बलियो साँचो रोज्नु पर्छ। साथै यस्ता खाताहरूको साथमा जुड़ेका ईमेल ठेगानाहरूको पनि सुरक्षामा ध्यान दिनु आवस्यक छ।

याद राख्नु कि यदी प्रबन्धक आफ्नो खाताहरूको सुरक्षा गर्नमा अक्षम रहेमा अथवा यिनै कारणहरू बाट विकिपिडियाको सुरक्षामा कुनै ख़तरा उत्पन्न भएमा उनलाई यस पदबाट हटाउन सकिने छ। यस्तो निर्णय हमेशाको लागी हुन सक्छ।

  • कृपया ध्यान दिनुहोला: यो नियमावली अङ्ग्रेजी तथा विकिपिडिया बाट प्रेरित सम्बन्धित हो, तर आवश्यक छैन कि यो त्यसै प्रकार हुन्छ । नेपाली विकिपिडिया एउटा बेग्लै विकी प्रोजेक्ट हो अथवा यहाँ केही नियम र काइदा कानून फरक हुन सक्छन् । यो नियमावली चौतारीमा वार्तालाप गरेर सर्व सम्मतिले परिवर्तन पनि गर्न सकिने छ । तपाईँको विकिपिडिया योगदानहरूलाई यो र यो जस्तै अन्य नियमावलीहरूको तहत गर्ने कोशिश गर्नुहोला ।

नेपाली विकिपिडियाका प्रबन्धकहरू सम्पादन गर्नुहोस्

यस नेपाली विकिपिडियामा रहेका प्रबन्धकहरूको सूची दिइएको छ। प्रबन्धक पदको लागि यहाँ आवेदन दिनुहोला।

नेपाली विकिपिडियाका प्रबन्धकहरू
प्रयोगकर्ता पृष्ठ वार्तालाप अन्य अधिकारहरू
बिप्लब आनन्द
वार्ता
अन्तरमोहडा सम्पादक, प्रशासक
बडा काजी
वार्ता
निर्मल दुलाल
वार्ता
पर्वत सुबेदी
वार्ता
तुलसी भगत
वार्ता
अन्तरमोहडा सम्पादक


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. ५,००० भन्दा बढी संशोधन भएका पृष्ठहरूलाई स्टेवार्डले मात्र मेट्न सक्ने ।
  2. प्रबन्धकले स्वगस्तीगर्ने प्रयोगकर्ता, पूर्वरुपमा फर्काउने प्रयोगकर्ता, समीक्षकहरू, दुरुपयोग छनौट सम्पादक, फाइल सार्नेहरू, आयातकर्ताहरूआईपी रोक माफी अधिकार दिन वा खोस्न सक्छन् ।