विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/पहेँलो पुच्छ्रे कालो सुगा

पहेँलो पुच्छ्रे कालो सुगा सम्पादन गर्नुहोस्

अस्ट्रेलियाको न्यु वेल्समा एक वयस्क भाले

पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको दक्षिण-पूर्वी क्षेत्रमा पाइने एक ठूलो प्रजातिको सुगा हो। यो चराको औसत लम्बाई ५५-६५ सेन्टिमिटर (२२-२६ इन्च) हुन्छ। यो पन्छीको टाउकोको माथिल्लो भागमा छोटो शिखा रहेको हुन्छ। यस प्रजातिको सुगाको प्वाँख तथा भुत्लाहरू प्रायजसो खैरो तथा कालो हुन्छ भने यसको ठुँडो (चुच्चो) पहेँलो हुन्छ। यस प्रजातिको सुगाको भाले जातिको ठुँड कालो र गुलाफी रातो आँखा हुन्छ भने पोथीको प्वाँखको रङ फिका कालो र खैरो आँखा हुन्छ। उड्दा खेरी यसले पुरै पखेटा फिजाएर सुस्त चालमा उड्ने गर्दछ।

पहेँलो पुच्छ्रे कालो सुगा अस्ट्रेलियाको घना जङ्गलमा दक्षिण देखि मध्य पूर्वी र क्वीन्सल्यान्ड देखि दक्षिणपूर्वी क्षेत्रमा पाइन्छ। यो प्रजातिको पन्छी अस्ट्रेलियाको आयरा प्रायद्वीपमा पनि भेटिन्छन्। अन्य प्रजातिका सुगा जस्तै पहेँलो पुच्छ्रे कालो सुगाले मुख्यतया बीउहरू खाने गर्दछ। (पूरा  पढ्नुहोस्...)

२०२० फेब्रुअरी २२, १३:५५:५५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०९, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))
प्रमुख लेखको लागि एउटा मात्र आवेदन प्राप्त भएकोले लेखलाई प्रमुख लेखको रुपमा स्विकृत गरिएको छ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०९, ११ फेब्रुअरी २०२० (युटिसी(UTC))
  • प्रमुख लेखको लागि तय गरिएको मापदण्ड बमोजिम यस लेखलाई कम्तीमा १० वटा लेखसँग जोड्नुपर्ने, श्रेणीकरणमा आवश्यक सुधार गर्नुपर्ने, लेखसँग सम्बन्धित आवश्यक विषयको लेख निर्माण गर्नुपर्ने तथा सामुदायिक छलफल सहमतिमा पुगिसकेपछि मात्रै यस लेखलाई प्रमुख लेख घोषित गर्दा उपयुक्त होला।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४५, ९ फेब्रुअरी २०२० (युटिसी(UTC))