वार्तालाप:बाङ्ग्या बस्न्यात

पछिल्लो टिप्पणी: १ वर्ष अघि Fade258द्वारा विषय लेख शीर्षक सम्बन्धमामा
विकिपरियोजना नेपाल (Rated सुरुवात-class, उच्च-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना नेपालको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर नेपाल विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
सुरुवात यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई सुरुवात मापदण्डमा मूल्याङ्कन गरिएको छ।
 उच्च  यो लेखलाई परियोजनाको महत्व मापनमा उच्च महत्वको रूपमा मूल्याङ्कन गरिएको छ।
 

प्रश्न सम्पादन गर्नुहोस्

अनिल कुमार बस्नेत: यो फाइलको तेस्रो पृष्ठको (११) क्रममा 'रणसिंह-रन्या बस्न्यात (बाङ्ग्या बस्न्यात)' लेखिएको छ तर उनको नामको अगाडि काजी अथवा सरदार लेखिएको भेटिएन् तसर्थ उनी काजी वा सरदार रहे भएको प्रमाण (कुनै वेबसाइट वा पुस्तकको कडी) प्रस्तुत गर्नुहोला। पेश नगरिएको खण्डमा लेखलाई चुनौती दिइनेछ र त्यस्को फलस्वरूप लेख मेटाउन सकिनेछ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २१:५१, १२ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नमस्कार Biplab Anand, मैले यस लेख लाई, यस लेखमा नयाँ अनुप्रेषण गराएको छु किन भने हजुरले माथी राख्नु भएकाे पिडीएफ फाइल अनुसार रन्यारान्या हाेइन। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १३:०७, १८ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

मेट्न सहमत छैन सम्पादन गर्नुहोस्

शीघ्र मेटाउन सहमत छैन किनभने... (कारण खुलाउनुहोस्) --Anil Kumar Basnet (कुरा गर्नुहोस्) ०९:१६, १८ जनवरी २०२३ (नेपाली समय) कारण सोध्नु भएकोमा धन्यबाद मैले विकिपिडियामा काजी सरदार रन्या बस्न्यातको बारेमा लेखेको भेटिन । नेपाल एकिकरणमा उहाको पनि महत्वपूर्ण योगदान रहेको हुँदा सम्पादन गरेको हूँ । अत: यो आलेख राख्नु पर्छ भन्ने मलाई लाग्छ र न मेटाई राखीदिन अनुरोध गर्दछु । साथै सह प्राध्यापक डा. बिनोद थापा द्वारा लिखित नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्याथरूको योगदान पुस्तकको पृष्ठ १०२ मा काजी सरदार रन्या बस्न्यात उल्लेख भएको हुँदा सोही अनुसार मैले सम्पादन गर्दा काजी सरदार रन्या बस्न्यात लेखेको ब्यहोरा सादर अनुरोध गर्दछु । धन्यबाद अनिलजवाफ दिनुहोस्

कारण सोध्नु भएकोमा धन्यबाद मैले विकिपिडियामा काजी सरदार रन्या बस्न्यातको बारेमा लेखेको भेटिन । नेपाल एकिकरणमा उहाको पनि महत्वपूर्ण योगदान रहेको हुँदा सम्पादन गरेको हूँ । अत: यो आलेख राख्नु पर्छ भन्ने मलाई लाग्छ र न मेटाई राखीदिन अनुरोध गर्दछु । साथै सह प्राध्यापक डा. बिनोद थापा द्वारा लिखित नेपाल राष्ट्र निर्माणमा श्रीपाली बस्न्याथरूको योगदान पुस्तकको पृष्ठ १०२ मा काजी सरदार रन्या बस्न्यात उल्लेख भएको हुँदा सोही अनुसार मैले सम्पादन गर्दा काजी सरदार रन्या बस्न्यात लेखेको ब्यहोरा सादर अनुरोध गर्दछु । धन्यबाद अनिल Anil Kumar Basnet (कुरा गर्नुहोस्) ०९:१७, १८ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

यो फाइल को पृष्ठ १०२ अनुसार मैले छिटो मेटाउनु पर्ने लग हटाएको छु। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १३:३२, १८ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

विषय प्रमाणित तथा प्रतिलिपि अधिकार उल्लङ्घन सम्बन्धमा सम्पादन गर्नुहोस्

नमस्ते Anil Kumar Basnet: वार्तालाप पृष्ठमा लेखेको कारणले मेरो ध्यानाकर्षण भएको छ। लेखको विषय महत्वपूर्ण छ वा छैन त्यसलाई पुष्टि गर्न सन्दर्भ स्रोत चाहिन्छ। मैले यस विषयको बारेमा पहिले नै प्रश्न गर्दा तपाईँले उत्तर दिनुभएको थिएन्। विषयलाई पुष्टि गर्न Fade258ले कडी प्रस्तुत गरेपछि विषय महत्वपूर्ण छ भन्ने देखियो तर यसको लागि विश्वसनीय स्रोत चाहिन्छ। किनभने यो वंश पुस्तकको तेस्रो पृष्ठको (११) क्रममा 'रणसिंह-रन्या बस्न्यात (बाङ्ग्या बस्न्यात)' लेखिएको छ तर उनको नामको अगाडि काजी अथवा सरदार सम्बोधन गरिएको छैन भने यो पुस्तकको पृष्ठ १०२ मा 'काजी सरदार' लेखिएको छ तसर्थ अब यसलाई पुष्टि गर्न थप एक वा दुई स्वतन्त्र स्रोतको आवश्यकता रहेको छ। विकिपिडियाको उल्लेखनीयता नीति अनुसार कुनै पनि विषयलाई स्थापित गर्नु आवश्यक छ। अब अर्को विषयमा कुरा गरौं, तपाईँले यो पुस्तकको पृष्ठ १०२ मा रहेको सामग्री हुबहु यस लेखमा राखेको हुँदा यसले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको थियो जसकारण यो लेखलाई मेटाइएको थियो। छलफल समाप्त नभएको तथा तपाईँको अनुरोधको कारणले गर्दा मात्रै मैले यो पृष्ठलाई पुनर्स्थापित गरेको छु। मैले उल्लेख गरेका समस्याहरू समाधान नभएमा यो लेखलाई चुनौती दिएर मेट्न सकिनेछ तसर्थ यसलाई समाधान गर्न ध्यान दिनुहोला। सल्लाह सुझाव तथा कुनै प्रश्न भएमा सोध्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१८, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

नमस्कार Biplab Anand, यदि याे लेख ले प्रतिलिपि अधिकार उल्लङ्घन गरेको थियो भने मेराे यस लेख लाई मेट्न को लागि पूरा समर्थन छ। नेपाली विकिपीडियामा अरु लेख वा कूनै श्रोत बाट हुभहु सारेको कुरा कसरी थाहा पाउन सकिन्छ ? धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) ११:५३, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
नमस्ते Fade258, वेबसाइटबाट साभार गरिएको खण्डमा यो उपकरणको प्रयोग गरेर जाँच गर्न सकिन्छ तर पिडिएफ तथा पुस्तकबाट सामग्री साभार गरिएको छ भने सो विषयको बारेमा अध्ययन गरेर मात्र थाहा पाउन सकिन्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:००, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

लेख शीर्षक सम्बन्धमा सम्पादन गर्नुहोस्

छलफलमा सहभागी हुनुभएका दुवै विकिपिडियन साथीहरू तथा अन्य विकी सम्पादक साथीहरू,
यहाँहरूलाई कुनै दुविधा भए भोली कुनै समयसम्ममा लेख्नुहोला अन्यथा यो लेखको मूल शीर्षक 'बाङ्ग्या बस्न्यात' रहने गरी सार्नेछु तथा 'रन्या बस्न्यात' (अनुप्रेषित पृष्ठ) राख्नेछु। थप जानकारीको लागि लेख शीर्षकहरू अध्ययन गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २२:१५, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

लेख शीर्षकहरूको आधारमा   समर्थन छ। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) २२:२८, १९ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्
"बाङ्ग्या बस्न्यात" पृष्ठमा फर्कनुहोस्।