वाङसिङ देउराली
बाङसिङ देउराली नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति हो। यो आधिँखोला गाउँपालीका वडा नं ४ मा अवस्थित छ। यहाँ श्रवणकुमारको मन्दिर रहेको छ श्रबणकुमार अन्धा वाआमालाई पानी खुवाउन पुगेको पोखरी रहेको छ, जहाँ श्रवणकुमारलाई बाण लागेको थियो। बाहुन, क्षेत्री, दमाई, कामी र सार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । पर्यटकीय क्षेत्र पञ्चासे र डहरे देउरालीको काखमा अवस्थित यस गाविसको छिमेकमा बाँगेफड्के , कास्कीको भदौरे तामागी, पर्वतको आर्थर का साथै विचारी चौतारा, चिलाउनेवास र सेतीदोभान गाविस रहेका छन ।
बाङसिङ देउराली
Bangsing Deurali | |
---|---|
देश | नेपाल |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | स्याङ्जा जिल्ला |
जनसङ्ख्या (बि. सं. २०६८) | |
• जम्मा | २,३७४[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोष्टलकोड | ३३८०७[२] |
क्षेत्रीय सङ्केत | ०६३ |
शिक्षा सम्पादन गर्नुहोस्
यातायात सम्पादन गर्नुहोस्
वाङसिङ देउराली गाविस पुग्नका लागि सिद्दार्थ राजमार्गको फेदीखोला गाविस अन्तर्गत खड्केटारीबाट भाटखोला,बाँगेफड्के गाविस पार गरेर एक पर्यटकीय सडक प्रयोग गर्न सकिन्छ । यसका साथै सिद्दार्थ राजमार्गको पुतलीबजार नगरपालिका अन्तर्गत नौडाँडाबाट नौडाँडा कार्कीनेटा सडकखण्डबाट सेतीदोभान गाविसलाई पार गरेर पनि उक्त स्थान पुग्न सकिन्छ ।
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ "नेपाल पोष्टल कोड", nepalpost.gov.np, Nepal Post, अन्तिम पहुँच ३० डिसेम्बर २०१३।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |