लिवाङ, रोल्पा
लिवाङ रोल्पा जिल्लाको सदरमुकाम, पूर्व गाविस तथा रोल्पाको सबै भन्दा ठूलो बजार तथा व्यापार केन्द्र हो। लिबाङ बजार १,२१८ मिटरको उचाईमा रहेको छ।[१] एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या १०४१७ रहेको थियो जसमध्ये ४८४५ पुरुष र ५५७२ महिला रहेका थिए भने यहाँ २६०७ घरधुरी रहेको थियो।[२] यो हाल रोल्पा नगरपालिका अन्तर्गत पर्दछ।
लिवाङ, रोल्पा | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°१४′N ८२°४१′E / २८.२३°N ८२.६८°Eनिर्देशाङ्कहरू: २८°१४′N ८२°४१′E / २८.२३°N ८२.६८°E | |
देश | नेपाल |
प्रदेश | लुम्बिनी प्रदेश |
जिल्ला | रोल्पा जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | १०,४१७ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
लिबाङको नामाकरण जिल्लका मगर समुदायले बोल्ने बोल्ने खाम भाषाबाट रहन गएको हुन सक्ने अनुमान गरिन्छ। सदरमुकाम रहेको लिबाङमा पहिले बाँसको घना घारी भएको र खाम भाषामा "लि"को अर्थ "बाँस" र "वाङ"को अर्थ "चौर" हुन्छ।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर।
- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।