दोरी एलिजाबेथ प्राञ्ज (जन्म ९ जनवरी १९९१) एक अमेरिकी व्यवसायीक कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग सम्बन्धित छिन् जहाँ उनी मा कार्यरत छिन् र रुबी राएटको नामले कुस्ती खेल्छिन्। उनी महिला कुस्ती समूह रएट स्क्वाडको प्रमुख सदस्य पनि हुन्। उनले आफ्नो रिङको नाम हेदी लभलेसको नामले सन् २०१० देखि २०१६ सम्म आफ्नो पदोन्नतिको लागि स्वतन्त्र सर्किटमा कुस्ती खेलिसकेकि छिन्। उनको सिमर वुमन एथलेटिक्स, साइन रेस्लिङ, ओहायो उपत्यका रेस्लिङ, आइडब्ल्युए मध्य-पश्चिमी, र वल्ड ओण्डर रिङ स्टारडम गरी विभिन्न पदोन्नति भएको थियो।

रूबि रायट
रायट अप्रिल २०१८ मा
वास्तविक नामदोरी एलिजावेथ प्राञ्ज[१]
जन्मढाँचा:Birth मिति and age[२]
मिसिगन, संयुक्त राज्य अमेरिका[२]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामहेदी लभलेस[३]
Ruby Riot[४]
रूबि रायट[५]
उचाई५ फिट ४ इञ्ज[५][६]
तौल१२२ पाउण्ड[६]
उत्पत्तिलाफाएट, इण्डियाना[३][५]
प्रशिक्षकबिलि रक[३]
ओहायो उपत्यका कुस्ती[३]
डब्ल्युडब्ल्युई प्रदर्शन केन्द्र
पदार्पणसन् २०१०[३]

व्यावसायिक कुस्ती कार्यकाल सम्पादन गर्नुहोस्

स्वतन्त्र सर्किट (सन् २०१०–२०१६) सम्पादन गर्नुहोस्

सन् २०१०, पाञ्जले आफ्नो कुस्ती कार्यकालको सुरुवात गरेकी थिइन् जसमा उनले प्रशिक्षक बिलि रोकसँग उनको रक लभलेस नामक प्रशिक्षण विद्यालयमा प्रशिक्षणको थालनी गरेकी थिइन्। त्यस पश्चात् उनले एरिना चिक्सको बैठक समारोहमम जुगालो च्याम्पियनसिप रेस्लिङमा पर्दापण गरेकी थिइन् जसमा उनले आफ्नो पहिलो खेलमै सिजे लेनलाई पराजित गरेकी थिइन्।[२] लभलेसले सिमर महिला एथलेटिक्सको ५१अौँ संस्करणमा प्रदापण गरेकी थिइन्। उनले डिसेम्बरसँग मिलेर ट्याग टिम म्याचमा भाग जनाएकी थिइन् जसमा उनका टोलीले पिङ्क फ्ल्यस किरा र स्विट चेरीसँग हार बेहोरेका थिए।[२]

ओहायो उपत्यका कुस्ती (सन् २०१२–२०१३) सम्पादन गर्नुहोस्

१६ मे २०१२ मा, प्राञ्जले ओहायो उपत्यका कुस्ती (ओभिडब्ल्यु) मा प्रदापण गरेकी थिइन् जसमा उनको पहिलो खेलमम टेलर हेन्ड्रिक्ससँग हार बेहोरेकी थिइन्।[७] २३ मेमा, प्राञ्जले आफ्नो नाम हेदी लभलेस राखि ओहायो उपत्यका रेस्लिङको ६६६अौँ श्रृङ्खलामा प्रदापण गरेकि थिइन् जसमा उनले सिजे लेनसँग हार बेहोरेकी थिइन्।[८] १ सेप्टेम्बरमरको ओहायो उपत्यका रेस्लिङको सटर्डे नाइट स्पेसल नामक कार्यक्रममा, लभलेसले टेलर हेन्ड्रिक्सलाई नो डिस्क्वालिफिकेसन म्याच (उपलब्ध रहेका हातहतियारले प्रहार गर्न पाइने, जो कोही आएर खेलमा घुसपैठ गर्न पाउने, १० गन्दा सम्मपनि रिङ भित्र आउनु नपर्ने एक विशेष नियम रहेको कुस्ती खेल) मा हराएकी थिइन् जसले गर्दा उनले उपाधिको लागि खेल्ने अवसर प्राप्त गरेकी थिइन्।१५ सेप्टेम्बरमा, लभलेसले हेन्ड्रिकलाई पराजित गर्दै उनको ओहायो उपत्यका रेस्लिङ महिला उपाधि हात पारेकी थिइन्।[२] महिला उपाधि हात पार्ना साथ उनले जेसी बेली स्मुथर्स, इपिथेनी, जोसेट बाइनम र स्कार्लेट बोर्डडेक्सलाई पनि पराजित गरेकी थिइन्।[९] १४ नोभेम्बरमा ओहायो उपत्यका रेस्लिङको ६९१अौँ श्रृङ्खलामा, उनले महिला च्याम्पियनसिपको उपाधिको लागि टेरेन टुरेलसँग परेको खेलमा, विशेष अतिथि निर्णायक टेलर हेन्ड्रिक्सले उनलाई प्रहार गर्दै उनको उपाधि जित्नको लागि टेरेन टुरेललाई सहयोग गरेकी थिइन्।[१०] हेन्ड्रिक्सकै कारण उनले उपाधि गुमाएकी थिइन्। जनवरी २०१३ देखि, हेन्ड्रिक्सले अज्ञात मानिसबाट उपहार प्राप्त गरेकी थिइन् जसमा उनले सो उपहार ठाइलन बोस्टिक वा रायन होवले लुकिछिपि प्रदान गरेको उनको सोचाइ रहेको थियो।[११] अप्रिल २६ मा ओहायो उपत्यका रेस्लिङको एक श्रृङ्खलामा यस घटनाको निष्कर्ष निकालिएको थियोे जसमा हेदिले उनलाई उपहार दिएको स्वीकार गरेकी थिइन्। ४ मेमा ओहायो उपत्यका रेस्लिङको एक श्रृङ्खलामा लभलेसले आफ्नो भावना उनीसँग प्रस्तुत गर्न चाहेकी थिइन् तथापी उनी भ्रमित परेकी थिइन्। ३१ मेमा ओहायो उपत्यका रेस्लिङको एक श्रृङ्खलामा, लभलेसले ट्रिनासँग सामना गर्दै उनको महिला च्याम्पियनसिप उपाधिको लागि चुनौती दिएकी थिइन्।[१२] सो प्रतिस्पर्धात्मक खेल सटर्डै नाइट स्पेसलमा राखिएको थियो। उनको चुनौतीको स्वीकार गर्दै उनीहरू बिच खेलको सुरुवात भएको थियो जसमा लभलेसले उनीसँग हार बेहोरेकी थिइन्।

साइन रेस्लिङ (सन् २०१२–२०१४) सम्पादन गर्नुहोस्

साइन रेस्लिङको साइन २ नामक कार्यक्रममा, हेदी लभलेसले ओहायो उपत्यका रेस्लिङकी कुस्ती खेलाडी सोजोउरनर बोल्ट र टेलर हेन्ड्रिक्ससँग आमनेसामने भएकी थिइन् तथापी उक्त खेल भने बोल्टले हात पारेकी थिइन्। डिसेम्बर १६, साइन ५ मा, लभलेसले सेसी स्टेफीसँग एकल कुस्ती खेलमा हार बेहोरेकी थिइन्। २२ फेब्रुअरी २०१३, साइन ७ मा, लभलेस पुन: ब्रिटिनी स्याभेजसँग हार बेहोरेकी थिइन्। २४ मेमा, लभलेसले सोलो डार्लिङ र लुससियस लतासासँग मिलेर सोजोउरनर बोल्ट, सेसी स्टेफी र जेसी बेलीका बिरुद्ध ६ महिला ट्याग टोली खेलमा प्रतिस्पर्धा गरेका थिए। उक्त प्रतिस्पर्धामा उनका टोली पराजित भएकी थिए। उनको हार्ने क्रम जारी रह्यो र २४ जनवरी २०१४ उनले साइन १५ मा मर्सीडेस मार्टिनेजसँग एकल खेलमा हार बेहोरेकी थिइन्। उनको हार्ने पछि अन्त्य भएको थियो।

चिकरा (सन् २०१३–२०१६) सम्पादन गर्नुहोस्

 
सेप्टेम्बर २०१४ मा, लभलेस

१८ मे २०१३, मा लभलेसले चिकरामा प्रदापण गरेकी थिइन् जसमा उनी र स्याटुराइन २०१३ ट्याग वल्ड ग्र्याण्ड प्रिक्समा प्रवेश गरेका थिए। तथापि तिनिहरू आर्की क्यानन र ड्यारीन कोर्बिनले गर्दा पहिलो चरणबाटै बाहिरिएका थिए।[१३] ६ डिसेम्बर २०१४ मा, टुमारो नेभर डाइज नामक कार्यक्रमको पूर्व कार्यक्रममा, उनले मिसिल एसल्ट एन्टलाई प्रतियोगिताको अन्तिम खेलमा पराजित गर्दै चिकरा योङ लायन्स कप हात पारेकी थिइन्। उनले आफ्नो उपाधिलाई धेरै पटक बचाउन सफल भइन् र सन् २०१५ मा उनी उपराजित रहिन्। सन् २०१५ मै, हेदीले च्यालेञ्ज अफ इम्मोस्टल्स नामक एक प्रतियोगितामा भाग जनाएकी थिइन्।[१४]

१९ मार्च २०१६, शनिबार, उनले चिकरा ग्र्याण्ड च्याम्पियनसिपको उपाधिको लागि खेल्न पाउने अवसर प्राप्त गरेकी थिइन् जसमा उनको खेल महिला कुस्ती खेलाडी प्रिन्सेस किम्बर लिको विरुद्धमा रहेको थियो। किम्बरले उनलाई आफ्नो आत्मसमर्पण गर्ने खालको चाल चलेकी थिइन् जसमा उनले पीडा खप्न नसकेर हत्तपत्त आत्मसमर्पण गरेकी थिइन्। खेलको बेलामा किम्बरले प्रहार गरेको जर्मन सुप्लेक्सको सिकार हुँदै उनको घाँटीमा चोट आएको थियोे।

वर्ल्ड ओन्डर रिङ स्टारडम (सन् २०१५) सम्पादन गर्नुहोस्

११ जनवरी २०१५ मा, लभलेसले वर्ल्ड ओन्डर रिङ स्टारडममा पदोन्नति हुने लक्ष्यका साथ त्यसमा जापानी प्रदापण गरेकी थिइन्। [१५] उनको पहिलो खेलमा उनी र एक्ट यासुकावा मिलेर एक ट्याग टोली खेलमा हडसन एन्भी र क्रिस उल्फका विरुद्धमा भाग जनाएकी थिइन् तथापि उनको टोल पराजित हुन पुगेको थियो। उनीहरू बिच फेरि भएको खेलमा हार बेहोरेकाले जनवरी १८, मा लभलेस, यासुकावा र ड्रागोनिटालाई प्रतिद्वन्द्वीहरूको टोलीमा समावेश हुन बाध्य पारिएको थियो। [१६] नयाँ सदस्य थप भए पश्चाच् मोन्टर गन नामक उनीहरूको टोलीको नाम ओडो ताईमा नामाकरण गरिएको थियो। फेब्रुअरी ८ मा, लभलेस, ड्रागोनिटा र एन्भीले हेसी-गनलाई (लो सिराई, मायु इवातानी र टकुमी इरोहा) स्टारडम च्याम्पियनसिप कलाकारको लागि चुनौती दिन असफल रहेका थिए।[१७]

डब्ल्युडब्ल्युई सम्पादन गर्नुहोस्

एनएक्सटी (सन् २०१६–२०१७) सम्पादन गर्नुहोस्

१५ डिसेम्बर २०१६ मा, प्राञ्जले डब्ल्युडब्ल्युईको प्रदर्शन केन्द्रमा एक सम्झौतामा हस्ताक्षर गरेको रिपोर्ट गरिएको थियो। उनले एनएक्सटीमा रिङ प्रदापण १३ जनवरीमा गरेकी थिइन् जसमा उनी दरिया बेरेनाटोसँग हार बेहोरेकी थिइन्।[१] त्यसबेला उनले आफ्नो रिङको नाम रूबी राएट राखेकी थिइन्।[१८] उनले मार्च २२ मा एनएक्सटीको एक श्रृङ्खलामा टेलिभिजन प्रदापण गरेकी थिइन् जसमा उनले टाई डिलिञ्जर, नो वे जोसे र रोडरिड स्ट्रङ्गसँग मिलेर निकि क्रस र सेनिटिका अरू सदस्यलाई हमला गरेका थिए। [४] जसले गर्दा उनीहरू बिच एनएक्सटी टेकओभर ओर्लाण्डोमा खेल राखिएको थियो जसमा उनका टोलीले पराजय खेपेका थिए।[१९][२०]

उनको पहिलो एकल खेल, जुन भने अप्रिल १२ को एनएक्सटीको एक श्रृङ्खलामा प्रसारण गरिएको थियो जसमा उनले किम्बर्लि फ्रान्कलीका हराएकी थिइन्। एक हप्ता पछि, क्रसले राएटलाई बोलाइन र त्यत्तिकैमा उनीहरू बिच हाताहाती भएको थियो।[२१][२२] एनएक्सटीका महाप्रबन्धक विलियम रिगलले उनीहरू बिचको खेल राखिदिए र उनीहरू बिच पुन: हात हालाहाल भएको थियो। मे ३ मा एनएक्सटीको एक श्रृङ्खलामा, राएटले ब्याटल रोएलमा भाग जनाएकी थिइन् जसको विजेताले भने एनएक्सटी महिला उपाधिको लागि खेल्न पाउने अवसर रहेको थियो।[२३] उक्त खेलमा उनी अन्तिम ३ सम्म पुगेकी थिइन्। सोही खेलमा उनलाई असकाले आक्रमण गरेकी थिइन्। उक्त खेल विजेता विनानै टुङ्गिएको थियो। ब्याटल रोएलमा अन्तिम ४ सम्म पुग्ने सबै जनाले फ्याटल ४ वे खेलमा खेल्न पाउने अवसर प्राप्त गरेका थिए। सो खेल एनएक्सटी टेकओभर: सिकागोमा राखिएको थियो। तर मुनलाई भने घाइते भएको कारण उक्त खेलबाट निकालिएको थियो। [२४] रायट, क्रस र आस्का बिच एनएक्सटी महिला च्याम्पियनसिप उपाधिको लागि परेको खेलमा भने असकालेन‌ै जितेकी थिइन्। १८ अक्टोबरमा एनएक्सटीको एक श्रृङ्खलामा, राएटको सोनया डभिल र एम्बर मुनसँग ट्रिपल थ्रेट खेल भएको थियो जसको विजेताले भने एनएक्सटी महिला उपाधिको लागि खेल्न पाउने अवसर उक्त खेलमा रहेको थियो। सो खेल एम्बर मुनले जितेता पनि उपाधिको लागि परेको असकासँगको खेलमा भने पराजित भएकी थिइन्। उनले पछि सोनिया डभिलसँग २ पटक प्रतिस्पर्धा गरेकी थिइन्। पहिलो खेल नोभेम्बर २२ मा भएको थियो जसमा उनी विजेता बनेकी थिइन् र अर्को खेल डिसेम्बर ७ मा परेको थियो जसमा भने उनी पराजित भएकी थिइन्।[२५] सोनिय डभिल विरुद्धको खेल उनको एनएक्सटीको अन्तिम खेल रहेको थियो।

द राएट स्क्वाड (सन् २०१७–२०१९) सम्पादन गर्नुहोस्

 
रेसलमेनिया ३४ मा रायट स्क्वाड

२१ नोभेम्बर २०१७ मा स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा, राएटले उनका महिला कुस्ती समूहका सदस्य साराह लोगनलिभ मोर्गेनसँग मुख्य पर्दामा पर्दापण गरेकी थिइन् जहाँ उनीहरूले बेकी लिन्च र नेयोमीमाथी हमला गरेका थिए। सोही रात, उनीहरूले स्म्याकडाउन महिला उपाधिको लागि परेको सार्लेट फ्लेयरनेटालिया बिचको प्रतिस्पर्धात्मक कुस्ती खेलमा पनि घुसपैठ गरेका थिए र उनीहरू दुबैलाई आक्रमण गरेका थिए।[२६] अर्को हप्ताको स्म्याकडाउनको एक श्रृङ्खलामा, उक्त महिला कुस्ती समूहले आफ्नो नाम "द राएट स्क्वाड" राखेका थिए[२७] र सोही रात उनीहरूले पहिलो खेलमा पनि जित हात पारेका थिए जहाँ उनीहरूले सार्लेट फ्लेयर, नेयोमी र नेटालियालाई ६ महिला ट्याग टिम खेल (एकतर्फ तीन जना महिला र अर्को तर्फ पनि तीन जना महिला बिचको प्रतिस्पर्धा) मा जित हात पारेका थिए। त्यस महिना भरि द राएट स्क्वाडले सार्लेट फ्लेयर र नेयोमीसँग प्रतिस्पर्धा गरिरहेका थिए।[२८] १९ डिसेम्बरमा स्म्याकडाउनको एक श्रउङ्खलामा, साराह लोगन र राएटले सार्लेट फ्लेयर र नेयोमीसँग हार बेहोरेका थिए।[२९] डिसेम्बर १६ मा स्म्याकडाउनको एक श्रृङ्खलामा, द राएट स्क्वाडले फ्लेयर, नेयोमी र बेकी लिञ्चलाई हराएका थिए।[३०]

२८ जनवरी २०१८, राएटले पहिलो पटक सञ्चालन गरिएको रोयल रम्बलमा सहभागीता जनाएकी थिइन् जसमा उनी १५अौँ स्थानमा रिङ प्रवेश गरेकी थिइन् तथापि उनी मात्रै ११ मिनेटसम्म मात्र रिङभित्र रहिरहिन् र नाया ज्याक्सले उनलाई बाहिराएकी थिइन्।[३१] मार्चमा, फास्टलेनमा, राएटले सार्लेट फ्लेयरको स्म्याकडाउन महिला उपाधिको लागि खेल्न पाउने अवसर प्राप्त गरेकी थिइन्।[३२] तथापि उनले उपाधि हात पार्न भने असफल भएकी थिइन्। त्यस पश्चात् राएटले रेसलमेनिया ३४ मा, महिला ब्याटल रोयलमा भाग जनाएकी थिइन् तर सो उपाधि भने नेयोमीले जितेकी थिइन्।[३३]

१६ अप्रिलमा, सन् २०१८ को खेलाडी स्थानान्तरणको बेला १६ अप्रिल मा, द राएट स्क्वाड स्म्याकडाउनबाट रमा स्थानान्तरण भएका थिए।[३४] उनीहरू रमा आएकै बेलामा बेइलीसासा बेङ्क्स बिचको खेलमा घुसपैठ गरेका थिए जसले गर्दा सो खेल बिजेता बिनानै टुङ्गीएको थियो।[३५] दुई हप्ता पश्चाच्, राएटले सासा बेङ्क्सलाई एकल खेलमा पराजित गरिदिएकी थिइन्। मेमा, राएट विभिन्न कुस्ती खेलहरूमा भाग जनाएकी थिइन् तथापि उनी मनी इन द बेङ्कका लागि भने घुँडा मर्किएका कारण छनौट हुन असफल रहिन्।[३६] अगस्टमा, राएट रमा फर्किन् र उनका समूह साथी मोर्गेन र लोगनलाई सासा बेङ्क्स र बेइली बीच चलिरहेको खेलमा उनीहरूलाई सहयोग गर्द‌ै आफ्ना साथीहरूलाई जिताउन सफल रहेकी थिइन्।[३७][३८]

सेप्टेम्बरमा, रायट स्क्वाडले द बेला टुइन्ससँग द्वन्दको सुरुवात गरेका थिए, द बेला टुइन्स र र महिला विजेता रोन्डा राउजीका विरुद्ध उनिहरू खेल अष्ट्रेलियामा सम्पन्न भएको थियोे जसमा रायट स्क्वाडले भने जित दर्ता गराउन असफल रहेका थिए।[३९][४०] २८ अक्टोबर २०१८ द राएट स्क्वाडले सबै महिलाहरूको खेल समावेश गरिएको इभोलुसन नामक डब्ल्युडब्ल्युईको कार्यक्रममा भाग जनाएका थिए जसमा उनीहरूले नेटालिया, सासा बेङ्क्सबेइलीसँग पराजय बेहोर्नु परेको थियो।[४१] नोभेम्बरमा, राएट सरभाइभर सेरिज नामक डब्ल्युडब्ल्युईको वार्षिक कार्यक्रममा, ५ जना टोली विरुद्ध ५ जना टोलीको परम्परागत कुस्ती खेलमा सहभागीको रूपमा रहने उनले घोषण गरेकी थिइन्। तर उक्त कार्यक्रम आउनु अगाभै राएट र नेटालियाको भिडन्त परेको थियो जसले गर्दा उनीहरू दुबैलाई उक्त खेलबाट निकालिएको थियो।[४२] फेब्रुअरी २०१९ मा, राएटले रोण्डा राउजीसँग उनको डब्ल्युडब्ल्युई र महिलाको उपाधिको लागि खेल्ने सुनौलो अवसर प्राप्त गरेकी थिइन्। सो खेल भने इलिमिनेसन चेम्बरमा राखिएको थियो।[४३] उक्त खेलमा उनी पराजित हुन पुगेकी थिइन्। सोही साताको रको श्रृङ्खलामा उनले पुन: रोन्डा राउजीसँग भिडन्त गरेकी थिइन् तथापि उनी सो खेलमा पनि आत्मसमर्पणबाट पराजित भएकी थिइन्।[४४] अप्रिल ७ मा, रेसलमेनिया ३५ को सुरुवाती कार्यक्रममा, उनले रेसलमेनिया महिला ब्याटल रोयलमा भाग जनाएकी थिइन्।[४५] सो खेल कार्मेलाले जितेकी थिइन्।[४६] सन् २०१९ को डब्ल्युडब्ल्युई खेलाडी स्थानान्तरणमा, मोर्गेन रबाट स्म्याकडाउनमा गएकी थिइन् [४७] जसमा कारण उक्त समूहको विघटन भएको थियोे।[४८] मेमा उनले पाखुराको सल्यक्रिया गराएकी थिइन्। [४९] अगस्टमा उनले अर्को पाखुराको पनि सल्यक्रिया गराएकी थिइन्।[५०][५१]

एकल प्रतियोगिता (सन् २०२०–हाल) सम्पादन गर्नुहोस्

अन्य सञ्चार माध्यम सम्पादन गर्नुहोस्

राएटले डब्ल्युडब्ल्युई श्रव्य दृश्य खेल, २के१८ मा अभिभारण गर्न मिल्ने चरित्रको रूपमा प्रदापण गरेकी थिइन्[५२] र उनी अर्को वर्षको २के१९ र २के२०मा[५३] पनि देखा परेकी थिइन्।[५४]

उपाधि तथा उपलब्धिहरू सम्पादन गर्नुहोस्

 
ए१ अल्फा उपाधि विजेताको रूपमा रायट
  • एब्सोलुट इन्टेन्स रेस्लिङ
    • एआइडब्ल्यु महिला च्याम्पियनसिप (१ पटक)[५५]
  • अल अमेरिकन रेस्लिङ
    • एएडब्ल्यु हेरिटेड च्याम्पियनसिप (१ पटक)[५६]
  • अल्फा-१ रेस्लिङ
    • ए१ अल्फा पुरुष च्याम्पियनसिप (१ पटक)[५७]
  • च्यानल टापु विश्व रेस्लिङ
    • विश्व कुस्ती प्रतियोगिता (१ पटक)[५८]
  • चिकारा
    • योङ लायन्स कप ११ (१ पटक)[१३]
  • ओहायो उपत्यका रेस्लिङ
    • ओभिडब्ल्यु महिला प्रतियोगिता]] (१ पटक)
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • सन् २०१६ मा, महिला कुस्ती खेलाडीहरूमा शीर्ष ५० मध्ये २० स्थानमा पर्न सफल 'पिडब्ल्युआई महिला ५० [५९]
  • स्पोर्ट्स इलुस्ट्रेटेड
    • सन् २०१८ मा, महिला कुस्ती खेलाडीहरूमा शीर्ष ३० मध्ये १२ स्थानमा पर्न सफल [६०]
  • रिभोलुसन च्याम्पियनसिप रेस्लिङ
    • आरसीडब्ल्यु ह्याभिवेट च्याम्पियनसिप (१ पटक)[६१]
  • सिमर विमेन एथलेटिक्स

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ चाप, जोन (जनवरी ४, २०१७)। "Kimber Lee and Heidi Lovelace among WWE Performance Center's new recruits"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति जनवरी ५, २०१७ 
  2. २.० २.१ २.२ २.३ २.४ "इण्टरनेट रेस्लिङ डाटाबेस"। सङ्ग्रह मिति जुलाई ११, २०१२ 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ "हेदी लभलेस"। साइन रेस्लिङ। 
  4. ४.० ४.१ तुइस, एन्ड्रयु (फेब्रुअरी २२, २०१७)। "Early notes from WWE NXT TV taping"प्रो रेस्लिङ इन्साइडर। सङ्ग्रह मिति फेब्रुअरी २३, २०१७ 
  5. ५.० ५.१ ५.२ "रूबि रायट"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति नोभेम्बर २९, २०१७ 
  6. ६.० ६.१ "हेदि लभलेस"चिकरा। सङ्ग्रह मिति मार्च १४, २०१५ 
  7. "OVW TV Taping (May 16, 2012)"। प्रोफाइट। सङ्ग्रह मिति मे १६, २०१२ 
  8. भान द्रिसे, ट्रेन्ट (सेप्टेम्बर २१, २०१२)। "OVW TV report – Rob Terry turns face, Doug Williams wrestles"डेभ मेल्टजर। सङ्ग्रह मिति सेप्टेम्बर २१, २०१२ 
  9. "OVW TV Episodes"। ओभिडब्ल्यु। सङ्ग्रह मिति नोभेम्बर १७, २०१२ 
  10. "OVW TV #714: "Coalition Carnage""। ओभिडब्ल्युमेनिया। अप्रिल २४, २०१३। सङ्ग्रह मिति अप्रिल २७, २०१३ 
  11. "OVW TV #715: "King Mo, Queen Trina, & Checkmate""। ओभिडब्ल्युमेनिया। मे २०१३। सङ्ग्रह मिति मे ४, २०१३ 
  12. "OVW TV #719: "Hey Coalition, Meet Some Real American Heroes""। ओभिडब्ल्युमेनिया। मे २९, २०१३। सङ्ग्रह मिति मे ३१, २०१३ 
  13. १३.० १३.१ हिगम, जोसुवा (डिसेम्बर ७, २०१४)। "12/6 Chikara 'Tomorrow Never Dies' iPPV live report from Philadelphia: Chikara announces UK tour & Royal Rumble Sunday matinee in Philly and more"प्रो रेस्लिङ इन्साइडर। सङ्ग्रह मिति डिसेम्बर ७, २०१४ 
  14. नामाको, जासन (मे १९, २०१३)। "5/18 Chikara Results: Chicago, Illinois (Tag World Grand Prix)"रेसलभ्यु। सङ्ग्रह मिति मे २०, २०१३ 
  15. "2015年1月11日 Newyear Stars2015"वर्ल्ड ओन्डर रिङ स्टारडम (जापानी भाषा)। जनवरी ११, २०१५। सङ्ग्रह मिति जनवरी १८, २०१५ 
  16. "2015年1月18日 スターダム4周年記念日"वर्ल्ड ओन्डर रिङ स्टारडम (जापानी भाषा)। जनवरी १८, २०१५। सङ्ग्रह मिति जनवरी १८, २०१५ 
  17. "2015年2月8日 Newyear Stars2015" (जापानी भाषा)। फेब्रुअरी ८, २०१५। सङ्ग्रह मिति फेब्रुअरी ८, २०१५ 
  18. "NXT Lakeland, FL, live results: Heidi Lovelace debuts; Revival in the main event"। जनवरी १४, २०१७। सङ्ग्रह मिति जनवरी १५, २०१७ 
  19. "WWE NXT REPORT: ASUKA HAS A WARM UP MATCH FOR TAKEOVER, ALMAS VERSUS LORCAN, SIX MAN TAG MATCH GETS INSANE, AND MATCHES ANNOUNCED FOR NEXT WEEK AND TAKEOVER"। पिडब्ल्युइन्साइडर। मार्च २२, २०१७। सङ्ग्रह मिति मार्च २२, २०१७ 
  20. "LIVE, ONGOING NXT TAKEOVER – ORLANDO COVERAGE: NEW शीर्षक BELTS, A DEBUT, A VERY INTERESTING FACE IN THE CROWD, A SURPRISE TAG TEAM PARTNER, AND MORE!"। पिडब्ल्युइन्साइडर। अप्रिल १, २०१७। सङ्ग्रह मिति अप्रिल १, २०१७ 
  21. "WWE NXT REPORT: A FAREWELL TO SHINSUKE NAKAMURA, DREW MCINTYRE'S IN RING RETURN, A NEW FEMALE DEBUT, DIY, AND MORE"। पिडब्ल्यु इन्साइडर। अप्रिल १२, २०१७। सङ्ग्रह मिति अप्रिल १२, २०१७ 
  22. "WWE NXT REPORT: WAS THERE A DILLINGER ESCAPE PLAN, A UK शीर्षक MATCH NEXT WEEK, WHO IS NEXT FOR ANDRADE ALMAS, AND MORE"। रपिडब्ल्यु इन्साइडर। अप्रिल १९, २०१७। सङ्ग्रह मिति अप्रिल १९, २०१७ 
  23. Trionfo, Richard (मे ३, २०१७)। "WWE NXT REPORT: NUMBER ONE CONTENDER FOR THE WOMEN'S शीर्षक, WHO IS RODERICK STRONG . . . PART 2, BURCH VS DAIN, AND MORE"पिडब्ल्युइन्साइडर। सङ्ग्रह मिति मे ४, २०१७ 
  24. मर्फी, रायन (मे २०, २०१७)। "NXT Women's Champion Asuka def. Ruby Riot and Nikki Cross in a Triple Threat Match"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति मे २१, २०१७ 
  25. "Ember Moon def. Ruby Riot and Sonya Deville in an NXT Women's Championship Qualifying Triple Threat Match"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति डिसेम्बर १४, २०१७ 
  26. पापोला, रायन। "Ruby Riot, Liv Morgan and Sarah Logan caused chaos during the SmackDown Women's Championship Match"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति नोभेम्बर २१, २०१७ 
  27. बेनिगो, एन्थोनी। "Asuka won the प्रथम-ever Women's Royal Rumble Match; Ronda Rousey arrived"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति जनवरी २८, २०१८ 
  28. पापोला, रायन। "The Riott Squad def. Charlotte Flair, Natalya & Naomi"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति नोभेम्बर २८, २०१७ 
  29. बेनिगो, रएन्थोनी। "SmackDown Women's Champion Charlotte Flair def. Ruby Riott; Charlotte to battle Asuka at WrestleMania"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति मार्च ११, २०१८ 
  30. पापोला, रायन। "Naomi prevailed in the प्रथम-ever WrestleMania Women's Battle Royal"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति अप्रिल ८, २०१८ 
  31. "WWE Superstar Shake-up 2018 results: Full roster changes for Raw and SmackDown LIVE"रडब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति अप्रिल १६, २०१८ 
  32. बेनिगो, एन्थोनी। "The Riott Squad attacked Bayley and Sasha Banks"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति अप्रिल १६, २०१८ 
  33. बनिगो, एन्थोनी। "Ruby Riott def. Sasha Banks"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति अप्रिल ३०, २०१८ 
  34. बेनिगो, एन्थोनी। "Ruby Riott def. Bayley (Kickoff Match)"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति मे ६, २०१८ 
  35. बेनिगो, एन्थोनी। "Ember Moon def. Sasha Banks and Ruby Riott to qualify for the Women's Money in the Bank Ladder Match"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति मे ७, २०१८ 
  36. बेनिगो, एन्थोनी। "Sasha Banks won a अन्तिम Chance Gauntlet Match to qualify for the Women's Money in the Bank Ladder Match"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति मे २८, २०१८ 
  37. जोनसन, माइक। "RUBY RIOTT INJURY UPDATE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जुलाई ३, २०१८ 
  38. बेनिगो, एन्थोनी। "The Riott Squad def. Sasha Banks & Bayley"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति अगस्ट ६, २०१८ 
  39. बेनिगो, एन्थोनी। "The Bella Twins def. The Riott Squad"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति सेप्टेम्बर ३, २०१८ 
  40. बेनिगो, एन्थोनी। "Nikki Bella def. Ruby Riott"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति सेप्टेम्बर १०, २०१८ 
  41. बेनिगो, एन्थोनी। "The Riott Squad attacked Raw Women's Champion Ronda Rousey"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति सेप्टेम्बर १७, २०१८ 
  42. वर्तमन, जेम्स। "Ronda Rousey & The Bella Twins def. The Riott Squad"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति अक्टोबर ६, २०१८ 
  43. बेनिगो, एन्थोनी। "Sasha Banks, Bayley & Natalya def. The Riott Squad"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति अक्टोबर २८, २०१८ 
  44. बेनिगो, एन्थोनी। "SmackDown Women's Champion Becky Lynch led an attack on the Raw Women's division"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति नोभेम्बर १२, २०१८ 
  45. बेनिगो, एन्थोनी। "Nia Jax was the sole survivor as Team Raw def. Team SmackDown in a 5-on-5 Traditional Survivor Series Elimination Match"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति नोभेम्बर १८, २०१८ 
  46. जोनसोन, माइक (जनवरी २७, २०१९)। "COMPLETE WWE ROYAL RUMBLE 2019 COVERAGE"पिडब्ल्यु इन्साइडर 
  47. त्रियोन्फो, रिचार्द (फेब्रुअरी १७, २०१९)। "WWE ELIMINATION CHAMBER PPV REPORT: TWO CHAMBER MATCHES, SIX शीर्षक MATCHES, DID BECKY LYNCH DO ANYTHING, AND MORE"पिडब्ल्यु इन्साइडर 
  48. बेनिगो, एन्थोनी। "Raw Women's Champion Ronda Rousey def. Ruby Riott"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति फेब्रुअरी १८, २०१९ 
  49. "WWE Superstar Shake-up 2019 results: Full list of Superstars who moved to Raw and SmackDown LIVE"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति अप्रिल १५, २०१९ 
  50. "Ruby Riott undergoes shoulder surgery"डब्ल्युडब्ल्युई डटकम। सङ्ग्रह मिति मे २२, २०१९ 
  51. मिडलटन, मार्क। "Ruby Riott Undergoes Second Surgery Today (Photo)"रेस्लिङ इङ्क। सङ्ग्रह मिति अगस्ट ६, २०१९ 
  52. "NXT STARS ADDED TO WWE 2K 18 | PWInsider.com"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति मार्च १२, २०१८ 
  53. जोर्डन, पल (अक्टोबर ९, २०१९)। "UPDATED WWE 2K20 VIDEO GAME ROSTER ANNOUNCED"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति जनवरी २९, २०२० 
  54. "75 WWE STARS REVEALED FOR WWE 2K19 VIDEO GAME"पिडब्ल्यु इन्साइडर। अगस्ट ३०, २०१८। 
  55. "Video: Heidi Lovelace after winning the AIW Women's शीर्षक"। रेसलभ्यु। सेप्टेम्बर २२, २०१५। सङ्ग्रह मिति सेप्टेम्बर २२, २०१५ 
  56. "Show results – 8/15 AAW in Berwyn, Ill.: Heidi Lovelace captures Heritage शीर्षक, Kingston scratched from main event, replacement AAW Hvt. शीर्षक match, more"। प्रो रेस्लिङ टर्च। सङ्ग्रह मिति फेब्रुअरी १०, २०१५ 
  57. क्रिबेन, फिलिप। "A1 Alpha Male Championship « Titles Database « CAGEMATCH – The Internet Wrestling Database"। सङ्ग्रह मिति जुन ६, २०१६ 
  58. "Ophidian The Cobra on Twitter"। सङ्ग्रह मिति जुन ६, २०१६ 
  59. "PWI Female 50 2016"द इन्टरनेट रेस्लिङ डाटाबेस। सङ्ग्रह मिति जनवरी १०, २०१७ 
  60. बारासो, जस्तिन (डिसेम्बर २८, २०१८)। "Counting down the top 10 women's wrestlers of 2018"SI.com। सङ्ग्रह मिति जुन ५, २०१९ 
  61. "हेदी लभलेसले आरसी डब्ल्यु उपाधि जितेकी छिन्"। रिभोलुसन च्याम्पियनसिप रेस्लिङको फेसबुक पृष्ठ। सङ्ग्रह मिति मे १७, २०१५ 
  62. बोन्ट्ली, मार्टिन (जुन २७, २०१६)। "Shimmer Volumes 84 & 85 results from Berwyn, IL"प्रो रेस्लिङ इन्साइडर। सङ्ग्रह मिति जुन २७, २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्