चेरी क्राउली (जन्म: ६ मे १९८८) न्युजिल्यान्डकी एक व्यवसायीक महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा डाकोटा काईको नामले कुस्ती खेल्दै आएकी छिन्।[५] यसअघि उनले इम्प्याक्ट प्रो रेस्लिङ, सिमर विमेन एथलेटिक्स, साइन रेस्लिङ र प्रो रेस्लिङ एलायन्समा जस्ता कुस्ती पदोन्नतिहरूमा कुस्ती खेलिसकेकी छन्।[४]

डाकोटा काई
वास्तविक नामचिरी जर्जिना क्राउली[१]
जन्म (1988-05-06) ६ मे १९८८ (उमेर ३५)[२]
अकलन्ड, न्युजिल्यान्ड
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामडाकोटा काई
इभी[३]
उचाई५ फिट ६ इन्च (१.६८ मी)[३]
तौल५५ किग्रा (१२१ पाउन्ड; ८ स्टोन ९ पाउन्ड)[३]
उत्पत्तिअकलन्ड, न्युजिल्यान्ड
प्रशिक्षकडब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र[४]
पदार्पणसन् २००७ डिसेम्बर

व्यवसायीक कुस्ती कार्यकाल सम्पादन गर्नुहोस्

न्युजिल्यान्ड र अस्ट्रेलियाका स्वतन्त्र पदोन्नतिहरूमा (सन् २००७–२०१६) सम्पादन गर्नुहोस्

इभीले सन् २००७ डिसेम्बरमा न्युजिल्यान्डको अकल्याण्ड स्थित इम्प्याक्ट प्रो रेस्लिङ मार्फत व्यवसायीक कुस्ती कार्यकालको सुरुवात गरेकी थिइन्।[६] सन् २०११ सेप्टेम्बरमा उनले अस्ट्रेलियाको सिड्नी स्थित प्रो रेस्लिङ एलायन्स नामक एक कुस्ती पदोन्नतिमा पनि कुस्ती खेल्न सुरु गरेकी थिइन् जहाँ उनले उक्त पदोन्नतिको वार्सिक पिडब्ल्यूडब्ल्यूएमा केइलशि स्केटरलाई पराजित गर्न सफल भएकी थिइन्। सन् २०१२ को अगष्टमा उनले महिला उपाधिका लागिको खेलमा ब्रिट्ने र मेगन फक्सलाई पराजित गर्दै इम्प्याक्ट रेस्लिङ एनजेट महिला विजेता बन्न सफल भएकी थिइन्। [७]

त्यसको एक हप्ता पश्चात् उनले जेसी म्याक्केलाई फाइनलमा हराउँदै अन्तरिम पिडब्ल्यूडब्ल्यूए विजेता बन्न सफल भएकी थिइन्। सन् २०१३ को डिसेम्बरमा इभीले आइपिडब्ल्यू महिला उपाधि पनि हात पार्न सफल भएकी थिइन्। इभीले सन् २०१४ मा जापान स्थित कुस्तीमा केही पदोन्नति संस्थाहरूमा पनि कुस्ती खेल्न सुरु गरेकी थिइन्।[८] इभी र म्याडिसन इगल्सको जोडीको पछि ग्लोबल ग्रिन ग्याङस्टारसँगको (केइली स्केटर र टोमोका नाकागावा) खेल जारी गरिएक‍ थियो जहाँ इभी र इगल्सको टोली पराजित भएको थियो।

अमेरिकी स्वतन्त्र पदोन्नतिहरूमा (सन् २०१३–२०१६) सम्पादन गर्नुहोस्

 
सन् २०१३ मा इभी

इभीले सन् २०१३ अप्रिल ६ का दिन एक अमेरिकी कुस्ती पदोन्नति संस्था अल-फिमेल अमेरिकन सिमर विमेन एथलेटिक्सको ५३औँ संस्करणमा अमेरिकी कुस्ती क्षेत्रमा पर्दापण गरेकी थिइन् जहाँ पाँच महिला बीचको खेलमा क्रिस्टिना भान इरीसँग पराजित भएकी थिइन् भने उक्त खेलमा यु यामागाटा, कालामिटी र रिहा ओ राइली पनि समावेश थिए। उक्त पदोन्नति अन्तर्गतको ५४औँ संस्करणमा उनले पहिलो जित किम्बर लिको विरुद्धमा हात पार्न सफल भएकी थिइन् भने उक्त खेलको अर्को दिन भने उनी मे इमसँग ५६औँ संस्करणमा पराजित भएकी थिइन्।[९] अप्रिल २०१४ मा आयोजित सिमर विमेन एथलेटिक्सको ६२औँ संस्करणमा उनी हिकारू सिदासँग पराजित भएकी थिइन्। सिमर विमेन एथलेटिक्सको ६३ र ५४औँ संस्करणमा उनले लगातार रिया ओ राइली र म्याथ्युजलाई हराउन सफल भएकी थिइन्।

१९ अप्रिल २०१३ का दिन इभीले कुस्तीको अर्को पदोन्नति साइन रेस्लिङको नवौँ संस्करणमा उक्त पदोन्नतिमा पर्दापण गरेकी थिइन् तर उनले उक्त पदोन्नतिका लागि खेलेको पहिलो खेल मार्सिडेज मार्टिनेजसँग पराजित भएकी थिइन्।[१०] २० अप्रिल २०१४ का दिन आयोजित साइने रेस्लिङको १८औँ संस्करणमा उनी र स्केटरको जोडी तात्कालिक साइन रेस्लिङ महिला विजेता द लुचा सिस्टर्ससँग (लिभा बेट्स र मे यिम) पराजित हुन पुगेका थिए।

वर्ल्ड वन्डर रिङ स्टार्डम (सन् २०१५–२०१६) सम्पादन गर्नुहोस्

सन् २०१५ डिसेम्बर ६ का दिन इभीले जापानी वर्ल्ड वन्डर रिङ र्टार्डममा पर्दापण गरेकी थिइन्।[११] उक्त पदोन्नतिका लागि उनले खेलको पहिलो खेलमानै उनले खाली रहेको आर्टिस्ट अफ स्टार्डम उपाधि हिरियो माटसुमोटो र केइली स्केटरको साथमा जित्न सफल भएकी थिइन्।[१२] उनीहरूले पछि उक्त उपाधि २८ फेब्रुअरी २०१६ का दिन लो सिराई, काइरी होजो र मेयु इतवानीसँगको खेलमा गुमाएका थिए।

डब्ल्युडब्ल्युई सम्पादन गर्नुहोस्

मे योङ क्लासिक (सन् २०१५–२०१७) सम्पादन गर्नुहोस्

क्राउलीले सन् २०१५ अक्टोबर १४ का दिन आफ्नो रिङ नाम इभी राख्दै डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पर्दापण गरेकी थिइन् जहाँ उनको पहिलो खेल नाया ज्याक विरुद्ध भएको थियो जुन खेलमा उनी पराजित भएकी थिइन्।[१३] १५ डिसेम्बर २०१६ का दिन क्राउलीले डब्ल्युडब्ल्युईसँगको आबद्ध पत्रमा हस्ताक्षर गर्दै आउँदै गरेको मे योङ क्लासिकको पहिलो संस्करणरमा भाग लिएकी थिइन् जहाँ उनको रिङ नाम इभीबाट डाकोटा काईमा परिवर्तन गरिएको थियो।[१४] काई मे योङ क्लासिकको पहिलो संस्करणमा १३ जुलाईमा पहिलो खेल खेलेकी थिइन् जहाँ उनले उक्त प्रतियोगिताको पहिलो चरणमा भारतकी कुस्ती खेलाडी कविता देवि र दोस्रो चरणमा अस्ट्रेलियाकी रिया रिप्लीलाई हराउन सफल भएकी थिइन् [१५] तर उनी उक्त प्रतियोगिताको क्वाटरफाइनल खेलमा काइरी सेनसँग पराजित भएकी थिइन्।[१६]

एनएक्सटी (सन् २०१७–हाल) सम्पादन गर्नुहोस्

 
सन् २०१८ मा काई निकी क्रसको विरुद्धमा खेल खेल्दै

सन् २०१७ अक्टोबर २५ का दिन एनएक्सटीको एक श्रृङ्खलामा आयोजित एक ब्याटल रोयल खेलमा काई पुन खेलमा फर्किएकी थिइन् तर उक्त खेलमा उनलाई सेज विकेटले निस्कासन गराएकी थिइन्।[१७][१८][१९] १४ मार्च २०१८ का दिन आयोजित एनएक्सटीको एक श्रृङ्खलामा काईले उक्त पदोन्नति अन्तर्गतको पहिलो जित हासिल गरेकी थिइन् जब उनले लेइसी एभेन्सलाई एक खेलमा पराजित गरिन्।[२०][२१] उक्त खेलको केही महिना पश्चात् काईले रेसलमेनियामा पर्दापण गरेकी थिइन् जब उनी एनएक्सटीका केही महिला कुस्ती खेलाडीको साथमा महिला ब्याटल रोयल खेलमा समावेश भएकी थिइन् जसले गर्दा उनी रेसलमेनियामा खेल खेल्ने पहिलो न्युजिल्यान्डकी महिला कुस्ती खेलाडी बनेकी थिइन्।[२२][२३][२४] काईले रेसलमेनिया एक्सेस प्रतियोगितामा पनि भाग लिइन् जुन खेलमा उनले जित हासिल गर्दै एनएक्सटी महिला उपाधिका लागि विजेतासँगको खेल प्राप्त गरेकी थिइन् तर उपाधिका लागि खेलमन उनी तात्कालिक एनएक्सटी महिला उपाधि सेइना बेज्लरसँगको खेलमा पराजित भएकी थिइन्।[२५][२६] मे महिनामा उनले पुनः महिला उपाधिका लागि पहिलो दावेदार बनेकी थिइन् तर उपाधिका लागि खेलमा पनि उनी बेज्लरसँग पराजित भएकी थिइन्।[२७] उक्त वर्षका बाँकी रहेका दिनहरूमा काईले विभिन्न एकल प्रतियोगितामा भाग लिएकी थिइन् जहाँ उनले केही महिला कुस्ती खेलाडीलाई हराउन सफल भएकी थिइन् तर उनी सान्टाना गेरेट, बियाङ्का बालेयर, लेइसी एभेन्ससँगको खेलमा भने पराजित भएकी थिइन्। [२८][२९]

एनएक्सटीमा आफ्नो कार्यकालको सुरुवात गरिसकेकी काईले पछि डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीको उप कार्यक्षत्र एनएक्सटी युकेमा पनि देखा परेकी थिइन्।[३०][३०] अक्टोबर २०१८ मा डब्ल्युडब्ल्युई द्वारा आयोजित महिलाहरूको कुस्ती खेल कार्यक्रममा इभोलुसनमा काईले पनि भाग लिएकी थिइन् जहाँ उनको खेल तात्कालिक एनएक्सटी युके महिला विजेता रिया रिप्लीसँग भएको थियो तर उक्त खेलमा उनी रिप्लीसँग पराजित भएकी थिइन्।[३१][३२][३३][३४] रिप्ली र काई बीचको उपाधिका लागि खेल हुन भन्दा अगाडि खाली रहेको एनएक्सटी युके महिला उपाधिका लागिको प्रतियोगितामा काईले पहिलो चरणमा जिना सामुयललाई हराएकी थिइन् तर उक्त प्रतियोगिताको सेमिफाइनल खेलमा उनलाई महिला उपाधि विजेता रिप्लीले प्रतिस्पर्धाबाट निस्कासन गराएकी थिइन्।[३५][३६] केही महिनाको अवकाश पश्चात् काई एनएक्सटी टेक ओभर वार गेम्समा पुनः रिङमा फर्किएकी थिइन् जुन खेल १७ नोभेम्बर २०१८ का दिन आयोजना गरिएको थियो।[३७][३८] उनी त्यहाँ आएपछि उनी र लो सिराईले काइरी सेनलाई सेइना बेज्लर विरुद्धको खेलमा मद्दत गरेका थिए। उक्त कार्यक्रम पश्चात् सेन, काई र सिराईको बेज्लर, डुके र साफिरसँग द्वन्द्व चर्किएको थियो। [३९][४०]

नौ महिनासम्मको निष्क्रियता पछि काई पुनः डब्ल्युडब्ल्युई एनएक्सटीमा फर्किएकि थिइन् जहाँ उनले उनको पहिलो खेलमा टाइनारा कोन्टीलाई २५ सेप्टेम्बर एनएक्सटीको एक श्रृङ्खलामा हराउन सफल भएकी थिइन्।[४१][४२] त्यसको केही क्षण पश्चात् काईकी ट्याग टिम साथी टेगन नक्स पनि एनएक्सटीमा फर्किएकि थिइन् जसले गर्दा उनीहरूले पुनः साझेदारी गर्दै एक टोली गठन गरे जसको नाम टिम किक राखिएको थियो।[४०][४३][४४][४५] ३० अक्टोबर २०१९ मा दिन आयोजित डब्ल्युडब्ल्युई एनएक्सटीको एक श्रृङ्खलामा टिम किकको सामना डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता द कबुकी वरियर्ससँग (आस्का र काइरी सेन) महिला ट्याग टिम उपाधिका लागि भएको थियो जहाँ उनीहरू द कबुकी वोरियर्ससँग पराजित भएका थिए।[४६][४७] नोभेम्बर २०१९ मा काईले डब्ल्युडब्ल्युईको मुख्य कार्य क्षेत्रमा पर्दापण गरेकी थिइन् जहाँ उनी टोली एनएक्सटीको प्रतिनिधित्व गर्दै रिङमा उत्रने भएकी थिइन्। २३ नोभेम्बर २०१९ का दिन आयोजित एनएक्सटी वार गेम्समा उनको खेल सुरु हुनु भन्दा अगाडि उनीले नेपथ्यमा आक्रमणको सिकार भएकी यिमलाई छनोट गरेकी थिइन् थिए।[४८][४९][५०] जनवरी २९ का दिन आय‍जित एनएक्सटीको एक श्रृङ्खलामा काई नक्ससँग पराजित भएकी थिइन्।[५१]

उपाधि तथा उपलब्धहरू सम्पादन गर्नुहोस्

  • प्रो रेस्लिङ विमेन्स एलायन्स
    • पिडब्ल्यूडब्ल्यूए अन्तरिम विजेता (सन् २०१२)[५२]
    • पिडब्ल्यूडब्ल्यूए उपाधि (१ पटक)
    • पिडब्ल्यूडब्ल्यूए अन्तरिम विजता (१ पटक)
  • इम्प्याक्ट प्रो रेस्लिङ
    • आइपिडब्ल्यू महिला विजेता (३ पटक)[५३]
  • प्रो रेस्लिङ इलुस्ट्रेटेड
    • ५० महिला खेलाडी मध्ये उत्कृष्ट २१ म पर्न सफल (सन् २०१६)[५४]
  • सिमर विमेन एथलेटिक्स
  • वर्ल्ड वन्डर रिङ स्टार्डम
    • आर्टिस्ट अफ स्टार्डम उपाधि (१ पटक)
  • डब्ल्युडब्ल्युई
    • डब्ल्युडब्ल्युई एनएक्सटी महिला उपाधि प्रतियोगिता (सन् २०१८)[५६]
    • एनएक्सटी वर्ष समाप्ति पुरस्कार (१ पटक)
      • फ्युचर स्टार अफ एनएक्सटी (सन् २०१९)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "WWE signing updates", Pro Wrestling Insider, अन्तिम पहुँच डिसेम्बर ८, २०१६ 
  2. "Birthday wishes got out to #WWENXT's @DakotaKai_WWE!", Twitter, WWENetwork, ६ मे २०१९, अन्तिम पहुँच २७ जुलाई २०१९ 
  3. ३.० ३.१ ३.२ "इभी", पिडब्ल्यूए अस्ट्रेलिया, ३ नोभेम्बर २०१२, मूलबाट ८ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४ 
  4. ४.० ४.१ "Dakota Kai", डब्ल्युडब्ल्युई (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०६-१३  उद्दरण त्रुटी: Invalid <ref> tag; name "Dakota Kai" defined multiple times with different content
  5. ".. #HappyStPatricksDay from this Irish / Samoan hybrid!! + =", @DakotaKai_WWE, २०१६-०३-१६, अन्तिम पहुँच २०१७-०७-१४ 
  6. "Evie –", Impact Pro Wrestling, मूलबाट २१ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १६ फेब्रुअरी २०१९ मिति
  7. "IPW Closes Doors", NZ Wrestling, ३ अप्रिल २०१३, मूलबाट १९ अगस्ट २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १९ अगस्ट २०१४ मिति
  8. Taylor, Brendon (१२ डिसेम्बर २०१३), "2013 Live Event Recap: The Investment take control! –", Impactprowrestling.co.nz, अन्तिम पहुँच १३ जुन २०१४  वेब्याक मेसिन अभिलेखिकरण १२ फेब्रुअरी २०१९ मिति
  9. Namako, Jason (२० अप्रिल २०१३), "4/19 Shine #9 iPPV Results: Ybor City, Florida", Wrestleview.com, अन्तिम पहुँच १३ जुन २०१४ 
  10. Namako, Jason (२० अप्रिल २०१४), "4/18 SHINE 18 iPPV Results: Ybor City, FL (Ivelisse vs. Knight)", Wrestleview.com, अन्तिम पहुँच १३ जुन २०१४ 
  11. "2015年12月6日 Goddesses of Stars2015", वर्ल्ड वन्डर रिङ स्टार्डम (जापानीमा), ६ डिसेम्बर २०१५, मूलबाट ८ डिसेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ डिसेम्बर २०१५ 
  12. "2016年2月28日 大阪大会", वर्ल्ड वन्डर रिङ स्टार्डम (जापानीमा), २८ फेब्रुअरी २०१६, अन्तिम पहुँच २८ फेब्रुअरी २०१६ 
  13. Trionfo, Richard (१४ अक्टोबर २०१५), "WWE NXT REPORT: NUMBER ONE CONTENDERS FOR ALL TITLES ESTABLISHED, NIA JAX DEBUTS, AND BAYLEY TALKS ABOUT THE IRON MAN MATCH", PWInsider, अन्तिम पहुँच १४ अक्टोबर २०१५ 
  14. "411MANIA – WWE Signs Kimber Lee, Heidi Lovelace, Evie & More", अन्तिम पहुँच १३ अप्रिल २०१७ 
  15. Williams, JJ (जुलाई १३, २०१७), "WWE Mae Young Classic taping spoilers: The tournament begins", Wrestling Observer Newsletter, अन्तिम पहुँच जुलाई १४, २०१७ 
  16. "Evie gets new in-ring name, confirmed for WWE Mae Young Classic", Wrestling Observer Newsletter, अन्तिम पहुँच ३० जुन २०१७ 
  17. Trionfo, Richard (२५ अक्टोबर २०१७), "WWE NXT REPORT: BATTLE ROYAL, IS THE VELVETEEN DREAM A NIGHTMARE FOR ALEISTER BLACK?, ALMAS VERSUS STRONG, LORCAN AND BURCH TEAM UP, AND MORE", PWInsider 
  18. Trionfo, Richard (१० जनवरी २०१८), "WWE NXT REPORT: TAG TITLE MATCH, COMMENTS FROM GARGANO & ALMAS, BASZLER MAKES A STATEMENT, DON'T MESS WITH NIKKI'S FRIENDS", PWInsider 
  19. Trionfo, Richard (१४ मार्च २०१८), "WWE NXT REPORT: THE TOURNAMENT CONTINUES, A CONTRACT SIGNING, AND CIAMPA SPEAKS?", PWInsider 
  20. Carapola, Stuart (८ अप्रिल २०१८), "COMPLETE WRESTLEMANIA 34 KICKOFF SHOW COVERAGE", PWInsider 
  21. "Results for all championship matches at WrestleMania Axxess Day 4" (अङ्ग्रेजीमा), WWE, अन्तिम पहुँच २०१८-०४-१३ 
  22. Clapp, John (९ मे २०१८), "Dakota Kai def. Vanessa Borne", WWE, अन्तिम पहुँच ३० जुन २०१८ 
  23. Clapp, John (३० मे २०१८), "Shayna Baszler def. Dakota Kai", WWE, अन्तिम पहुँच ३० जुन २०१८ 
  24. Trionfo, Richard (४ जुलाई २०१८), "WWE NXT REPORT: GARGANO VERSUS EC3, THE WOMEN MAKE THEIR STATEMENTS IN AND OUT OF THE RING, AND MORE", PWInsider 
  25. Trionfo, Richard (२० जुन २०१८), "WWE NXT REPORT: LOOKING BACK AT TAKEOVER, BELAIR VERSUS KAI, WAR RAIDERS VERSUS THE MIGHTY", PWInsider 
  26. Trionfo, Richard (जुलाई १८, २०१८), "WWE NXT REPORT: FOCUSING ON THE WOMEN, NUMBER ONE CONTENDER, VIDEO FEATURE ON WAR RAIDERS, AND MORE", PWInsider 
  27. Trionfo, Richard (२९ अगस्ट २०१८), "WWE NXT REPORT: UNDISPUTED ERA VERSUS RICOCHET AND DUNNE, LARS IS BACK, NIKKI IS UNUSUAL BUT IS SHE A SUSPECT?, AND MORE", PWInsider 
  28. Trionfo, Richard (२४ अक्टोबर २०१८), "WWE NXT UK REPORT: BATE VERSUS WOLFGANG, LIGERO, DAKOTA KAI, AND MORE", PWInsider 
  29. Trionfo, Richard (७ नोभेम्बर २०१८), "WWE NXT UK REPORT: STORM VERSUS KAI", PWInsider 
  30. ३०.० ३०.१ Trionfo, Richard (१४ नोभेम्बर २०१८), "WWE NXT UK REPORTS: NXT UK WOMEN'S TITLE TOURNAMENT ANNOUNCED, BATE VERSUS DRAKE, SEVEN VERSUS GIBSON, AND MORE", PWInsider 
  31. Trionfo, Richard (१७ नोभेम्बर २०१८), "BLACK VERSUS GARGANO: LIVE ONGOING WWE NXT TAKEOVER WAR GAMES II COVERAGE", PWInsider 
  32. Trionfo, Richard (२८ नोभेम्बर २०१८), "WWE NXT REPORT: MIGHTY VERSUS LORCAN AND BURCH, LEE VERSUS SULLIVAN, EC3, MIA YIM, AND MORE", PWInsider 
  33. Johnson, Mike (१७ जनवरी २०१९), "DAKOTA KAI SUFFERS TORN ACL, SURGERY TODAY", PWInsider 
  34. Staff, WWE.com (१७ जनवरी २०१९), "Dakota Kai undergoes ACL surgery", WWE.com 
  35. Trionfo, Richard (२५ सेप्टेम्बर २०१९), "WWE NXT REPORT: RIDDLE VERSUS DAIN, LEE VERSUS DIJAKOVIC, KUSHIDA VERSUS IMPERIUM, AND MORE", PWInsider 
  36. Trionfo, Richard (९ अक्टोबर २०१९), "WWE NXT REPORT: CRUISERWEIGHT TITLE MATCH, PEOPLE LINING UP FOR SHAYNA, WALTER VERSUS KUSHIDA, AND MORE", PWInsider 
  37. Trionfo, Richard (१६ अक्टोबर २०१९), "WWE NXT REPORT: WHO FACES RODDY NEXT WEEK?, WHO ISN'T CHALLENGING SHAYNA?, PRIEST VERSUS DUNNE, DIJAKOVIC VERSUS LEE, AND MORE", PWInsider 
  38. Trionfo, Richard (२३ अक्टोबर २०१९), "WWE NXT REPORT: NORTH AMERICAN TITLE MATCH, WHO FACES THE KABUKI WARRIORS NEXT WEEK?, RIPLEY VERSUS BELAIR, FINN BALOR IS BACK", PWInsider 
  39. Trionfo, Richard (३० अक्टोबर २०१९), "WWE NXT REPORT: WOMEN'S TAG TITLE MATCH, THE WOMEN GO INTO WAR GAMES, LEE AND RIDDLE VERSUS FISH AND O'REILLY, AND MORE", PWInsider 
  40. ४०.० ४०.१ Trionfo, Richard (६ नोभेम्बर २०१९), "WWE NXT REPORT: THE WAR GAMES MATCHES ARE SET, THE OC MAKE THEIR NXT DEBUTS, DID BALOR CHOOSE A SIDE?, AND MORE", PWInsider 
  41. Trionfo, Richard (२ नोभेम्बर २०१९), "WWE SMACKDOWN REPORT: WHEN LIFE GIVES YOU MECHANICAL ISSUES . . . WWE GIVES YOU NXT", PWInsider 
  42. Trionfo, Richard (१५ नोभेम्बर २०१९), "WWE SMACKDOWN REPORT: NXT IS HERE, WE HAVE A TITLE MATCH, IS WWE A MONARCHY?, AND MORE", PWInsider 
  43. Jordan, Paul (६ नोभेम्बर २०१९), "NXT WOMEN'S WARGAMES COMPETITORS REVEALED, NEW MATCH SET FOR TONIGHT'S WWE NXT BROADCAST", PWInsider 
  44. Trionfo, Richard (१३ नोभेम्बर २०१९), "WWE NXT REPORT: WHO GETS THE ADVANTAGE, IO VERSUS MIA IN A LADDER MATCH, THE MEN'S WAR GAMES HEAT UP, FINN BALOR HAS AN OPPONENT FOR WAR GAMES, AND MORE", PWInsider 
  45. Trionfo, Richard (२० नोभेम्बर २०१९), "WWE NXT REPORT: THE BUILD FOR SURVIVOR SERIES AND WAR GAMES, UE VERSUS REVIVAL, AND MORE", PWInsider 
  46. Trionfo, Richard (२३ नोभेम्बर २०१९), "WWE NXT TAKEOVER WAR GAMES REPORT: SURPRISES, BETRAYALS, A NEW NUMBER ONE CONTENDER, BRO OR BALOR?, AND MORE", PWInsider 
  47. Trionfo, Richard (३० नोभेम्बर २०१९), "WWE NXT REPORT: IT'S A CELEBRATION, TAG TITLE MATCH, CRUISERWEIGHT TITLE MATCH, CIAMPA VERSUS BALOR, AND MORE", PWInsider 
  48. Trionfo, Richard (४ डिसेम्बर २०१९), "WWE NXT REPORT: BIG SIX MAN TAG MATCH, NUMBER ONE CONTENDER MATCH NEXT WEEK, KUSHIDA HAS RETURNED, WOMEN'S TITLE MATCH IN TWO WEEKS, AND MORE", PWInsider 
  49. Trionfo, Richard (११ डिसेम्बर २०१९), "WWE NXT REPORT: WHO FACES COLE NEXT WEEK?, CRUISERWEIGHT TITLE MATCH, PREVIEWING BASZLER/RIPLEY, AND MORE", PWInsider 
  50. Trionfo, Richard (१८ डिसेम्बर २०१९), "WWE NXT REPORT: TWO TITLE MATCHES, KUSHIDA, DAMIAN PRIEST, PETE DUNNE, AND MORE", PWInsider 
  51. Garretson, Jordan (२६ जनवरी २०२०), "Charlotte Flair won the 30-Woman Royal Rumble Match", WWE 
  52. Kreikenbohm, Philip, "PWWA Interim Title Tournament « Tournaments Database « CAGEMATCH – The Internet Wrestling Database", अन्तिम पहुँच १३ अप्रिल २०१७ 
  53. "Title History – Impact Pro Wrestling", अन्तिम पहुँच १३ अप्रिल २०१७ 
  54. "Internet Wrestling Database – Evie: Pro Wrestling Illustrated Ratings", अन्तिम पहुँच १३ अप्रिल २०१७ 
  55. Bentley, Martin (जुन २७, २०१६), "Shimmer Volumes 84 & 85 results from Berwyn, IL", Pro Wrestling Insider, अन्तिम पहुँच जुन २७, २०१६ 
  56. "Results for all championship matches at WrestleMania Axxess Day 4", डब्ल्युडब्ल्युई, २ अप्रिल २०१८, अन्तिम पहुँच १५ अगस्ट २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्