पामेला रोज मार्टिनेज (जन्म: १५ जुन १९८९) एक अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको मा कार्यरत छिन् जहाँ उनी बेइली नामले कुस्ती खेल्ने गर्छिन्। उनी वर्तमान स्म्याकडाउन महिला विजेता हुनुका साथसाथै पूर्व डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता (सासा बेङ्क्ससँग), महिला विजेता र एनएक्सटी महिला विजेता पनि हुन्।

बेइली
डिसेम्बर २०१६ मा बेइली
वास्तविक नामपेमेला रोज मार्टिनेज
जन्म (1989-06-15) १५ जुन १९८९ (उमेर ३४)
क्यालिफोर्निया, संयुक्त राज्य[१]
निवासस्थानटेक्सस, अमेरिका[२]
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामबेइली
डेभिना रोज
उचाई५ फिट ६ इन्च (१६८ सेमी)[३]
तौल११९ पाउन्ड (८ स्टोन ७ पाउन्ड; ५४ किग्रा)[४]
उत्पत्तिस्यान होजे, क्यालिफोर्निया
प्रशिक्षकडब्ल्युडब्ल्युई प्रशिक्षण केन्द्र
जेसन स्टाइल्स
पदार्पण१९ सेप्टेम्बर २००९

डब्ल्युडब्ल्युईमा आफ्नो कार्यकाल सुरुवात गर्नुभन्दा पहिले मार्टिनेजले स्वतन्त्र सर्किटमा डेभिना रोजको नामले कुस्ती खेल्ने गर्थिन्।

बाल्यकाल

मार्टिनेजको जन्म १५ जुन १९८९ का दिन क्यालिफोर्नियाको नेवार्कमा जन्मिएकी थिइन्। उनको आमाबाबु मेक्सिकन मूलका हुन्। उनले स्यान होजेमा अवस्थित उच्च विद्यालयमा पठनपाठन गरेकी थिइन् र अध्ययनकै समयमा उनले एकपटक विद्यालय बास्केटबल प्रतियोगितामा कप्तानको भूमिकामा खेल्ने मौका पाएकी थिइन्।

व्यवसायिक कुस्ती कार्यकाल

स्वतन्त्र सर्किट (सन् २००८- २०१२)

मार्टिनेजले उनी ११ वर्षको हुँदाबाट बिग टाइम रेस्लिङ पदोन्नति अन्तर्गत दक्षिण क्यालिफोर्नियास्थित एक कुस्ती कार्यक्रममा दर्शकको रूपमा खेल हेर्न जान सुरु गरेकी थिइन्। अप्रिल २००८ मा मार्टिनेजले उनी १८ वर्गको हुँदाबाट बिग टाइम रेस्लिङबाट आफ्नो कुस्ती कार्यकाल सुरुवात गरेकी थिइन् भने उक्त क्षेत्रमा प्रशिक्षण लिँदै गर्दा उनको प्रमुख प्रशिक्षक जेसन स्टाइल्स थिए। उक्त पदोन्नति अन्तर्गत मार्टिनेजले सन् २००८ मा उनको पहिलो खेल खेलेकी थिइन्। अमेरिका स्थित एक स्वतन्त्र सर्किटमा भने मार्टिनेजले डेभिना रोज नामले कुस्ती खेल्ने गर्थिन्। रोलले सन् २००८ देखि २०१२ सम्म बिग टाइम रेस्लिङमा कुस्ती खेलेकी थिइन्। सन् २०११ देखि सन् २०१२ सम्म रोजले अन्य पदोन्नति अन्तर्गत एनडब्ल्ययुईए च्याम्पियनसिप रेस्लिङ, प्रो रेस्लिङ र साइन रेस्लिङमा पनि कुस्ती खेलेकी थिइन्।

अक्टोबर २०१० मा रोजले उनकी सल्लाहकार सेरिनालाई भेटेकी थिइन् भने उनीहरूको त्यतिबेला एक टोली गठन गर्दै विभिन्न ट्याग टिम खेलहरू खेलेका थिए। सन् २०११ मा रोजले सिमर विमिन एथलेटिक्सका अन्तर्गत भोलुम ४१-४४ मा पर्दापण गरेकी थिइन्। रोजले सिमर विमिन एथलेटिक्समा पर्दापण गरेपछि उनी रोज र सेरिनाको टोलीले द क्यानडियन निन्जास (पोर्टिया पेरेज र निकोल म्याथ्युज) का विरुद्ध द्वन्द चलेको थियो। ट्यापिङमा रोजले उनको सबै चारवटा खेल हारेकी थिइन्। सन् २०१२ मा रोजले सिमर विमिन एथलेटिक्समै कुस्ती खेल्न जारी रखिन् भने उनले भोलुम ४८ मा मिया यिमसँग साझेदारी गर्दै एक ट्याग टिम खेलमा विजेता बन्न सफल भएकी थिइन्। भोलुम ५१ र ५२ मा रोजले उनको पहिलो एकल विजयी सफलता हासिल गरेकी थिइन् जब उनले सिमर एथलेटिक्स अन्तर्गत चेरी बम र रिहा ओ राएलीलाई हराइन्।

डब्ल्युडब्ल्युई

सुरुवाती चरण (सन् २०१२-२०१४)

 
अप्रिल २०१४ मा बेइली सार्लेट फ्लेयरसँग कुस्ती खेल्दै

सन् २०१२ डिसेम्बरमा एक प्रतिवेदनका अनुसार मार्टिनेजले डब्ल्युडब्ल्युईसँग आवद्ध पत्रमा हस्ताक्षर गरेको खुलाएको थियो। सन् २०१३ जनवरीका अनुसार मार्टिनेजले डब्ल्युडब्ल्युईको विकासशील क्षेत्र एनएक्सटीमा पर्दापण गरेकी थिइन्। मार्च २० मा उनलाई उनको रिङ नाम बेइलीे दिइयो भने त्यस दिन पछि उनी त्यहि नामले कुस्ती खेल्दै आउन सुरु गरिन्। नाम परिवर्तन भएपछि उनले उनको पहिलो खेल पेजसँग खेलेकी थिइन् तर उक्त खेलमा पेजले उनलाई हराएकी थिइन्। बेइलीले पहिलोपटक आयोजना गरिएको पहिलो एनएक्सटी महिला च्याम्पियनसिपका लागि अलिसा फक्सको विरुद्धमा खेल खेलेकी थिइन् तर त्यस खेलमा पनि बेइलीले फक्सलाई हराउन असमर्थ रहिन्। अगस्ट २१ एनएक्सटीको एक श्रृङ्खलामा बेइलीको सामना डब्ल्युडब्ल्युई डिभास विजेता एजे लिसँग भएको थियो तर उक्त खेलका पनि उनले हार बेहोरेकी थिइन्। बेइलीले एनएक्सटीमा आएपछि उनले पहिलो जित हासिल गरिन् जब उनले र सार्लेटले अलिसा फक्स र अक्सानाको टोलीलाई हराए। उनको पहिलो जित पछि द बिएफएफ (सासा बेङ्क्स र समर रे) उनलाई उनीहरूको टोलीमा आउन आह्वान गरेका थिए तर सार्लेटले बेइलीलाई आक्रमण गरेपछि बेइलीले द बिएफएफसँग सामेल भएकी थिइन्। बेइलीले त्यसपछि मुख्य कार्यसूचीकी नेटालियासँग साझेदारी गरिन् र उनले बेङ्क्सलाई दुवै एकल खेल र ट्याग टिम खेलमा हराइन्।

१ मे २०१४ का बेइलीको खेल सासा बेङ्क्ससँग जारी गरिएको थियो तर उक्त खेलमा बेइलीको हारसँगै खाली रहेको एनएक्सटी महिला च्याम्पियनसिपको प्रतियोगितामा पहिलो चरणबाटै बाहरिएकी थिइन्। त्यस प्रतियोगिता केही महिना पछि भएको एक खेलमा बेइलीले बेङ्क्सलाई हराउँदै एनएक्सटीको महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन्। त्यस खेलमा बेइलीको एक फेटल फोर वे म्याच (४ जनाको खेल)मा उनले उपाधि जित्न असफल बनिन्। मध्य अक्टोबर महिनामा बेइलीले बेङ्क्ससँग हार बेहोरेपछि बेइलीकी साथी बेकी लिञ्चले उनलाई आक्रमण गरेकी थिइन् र त्यसपछि लिञ्चले बेङ्क्ससँग साझेदारी गरेकी थिइन् भने उता बेइलीले उनकी दुश्मन सार्लेटसँग साझेदारी गरे पछि दुई टोली बीच द्वन्द्वको सुरुवात भएको थियो। २७ नोभेम्बर एनएक्सटीको एक श्रृङ्खलामा बेइलीलाई बेङ्क्स र लिञ्चले आक्रमण गरेका थिए जसका कारण उनको घुँडामा चोट लागेको थियो। बेइली केही महिना सम्मको विस्राम पछि २१ जनवरी २०१५ मा फर्किएकी थिइन् र उनी फर्किने वित्तकै सार्लेटलाई लिञ्च र बेङ्क्सको आक्रमणबाट बचाएकी थिइन्। ११ फेब्रुअरी २०१५ एनएक्सटी टेक ओभर राइभल कार्यक्रममा एनएक्सटी महिला च्याम्पियनसिपका लागि बेइलीले फेटल फोर वे खेलमा समावेश भएकी थिइन् तर उक्त खेलमा बेइलीले उपाधि जित्न असफल रहिन्।

एकएक्सटी महिला विजेता (सन् २०१५–२०१६)

 
मार्च २०१५ मा बेइली

मार्च २०१५ देखि बेइली र एमाको बीच द्वन्द्वको सुरुवात भएको थियो जब एमाले बेइलीलाई एनएक्सटी महिला च्याम्पियनसिप जित्न नसकेका कारण उनलाई होच्चाइन्। बेइली र एमाको बीच तनाव बढेपछि उनीहरूको खेल १ अप्रिल एनएक्सटीको एक श्रृङ्खलामा आयोजना गरिएको थियो जसले बेइलीले एमलाई हराउन सफल बनिन्। अप्रिल २९ मा आयोजित एनएक्सटीको एक श्रृङ्खलामा बेइली र डेना ब्रुक बीच खेल जारी गरिएको थियो तर उक्त खेलमा एमाले हस्तक्षेप गरेपछि ब्रुकले बेइलीलाई हराइन्। त्यसपछिको अर्को हप्तामा एमा र सार्लेटको खेलमा एमाको हार पछि बेइलीले उनलाई पुन एमालाई आक्रमण गर्दै उनको बदला लिएकी थिइन्। एनएक्सटी टेक ओभर: अनस्टपएबल पे-पर-भ्युमा बेइली र सार्लेटको टोलीले एमा र ब्रुकलाई हराउन सफल भएका थिए। २७ मे एनएक्सटीको एक श्रृङ्खलामा बेइलीलाई एमाले हराइन् र खेल पश्चात् एमा र ब्रुक मिलेर बेइली र सार्लेटलाई आक्रमण गरेका थिए। केही महिनाको अवकाश पछि बेइली पुन एनएक्सटीमा पर्किएकी थिइन् र २२ जुलाईमा आयोजित एक श्रृङ्खलामा बेइलीले एमालाई हराएपछि उनीहरूको द्वन्द्व अन्त्य भएको थियो।

अगस्ट २०१५ मा बेइलीले सार्लेट र बेकी लिञ्चलाई दुई छुट्टाछुट्टै खेलमा हराउँदै एनएक्सटी महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन्। २२ अगस्ट २०१५ मा आयोजना गरिएको एनएक्सटी टेक ओभर: ब्रोक्लेनमा बेइलीले सासा बेङ्क्सलाई हराउँदै पहिलोपटक एनएक्सटी महिला विजेता बन्न सफल भएकी थिइन् र उनले उक्त उपाधि जितेपछि सार्लेट, लिञ्च र बेङ्क्सको साथ जितको उत्सब मनाएकी थिइन्। बेइली र बेङ्क्सको पुन खेल एनएक्सटी महिला च्याम्पियनसिपका लागि हुने घोषणा गरिएको थियो जुन ७ अक्टोबरका दिन पहिलो ३० मिनेट आइरन विमेन म्याच आयोजना हुने जारी गरिएको थियो। उक्त खेलमा पनि बेइलीले बेङ्क्सलाई खेलको समय सकिन ३ सेकेण्ड बाँकी रहँदा जितेकी थिइन्। उनी महिला च्याम्पियनसिप रहिरहँदा उनले उनको उपाधि अलेक्सा ब्लिस, इभा मरी र नाया ज्याक्सको विरुद्धमा खेलेकी थिइन्।

 
अप्रिल २०१६ मा बेइलीले एनएक्सटी महिला उपाधि गुमाऐपछि

१६ मार्च २०१६ एनएक्सटीको एक श्रृङ्खलामा बेइली र अस्काको टोलीले एक ट्याग टिम खेल जितेपछि एनएक्सटीका सामान्य प्रबन्धक विलियम रिगलले बेइलीलाई उनले उनको च्याम्पियनसिप अस्काको विरुद्धमा खेल्नु पर्ने घोषणा गरेका थिए। १ अप्रिल २०१६ मा आयोजना गरिएको एनएक्सटी टेक ओभर: डालस अन्तरगत बेइली र अस्काको खेलमा बेइलीले उनको उपाधि अस्कासँग हारेकी थिइन् भने उनी २२३ दिन सम्म महिला विजेता बनेकी थिइन्। केही महिनाको अवकाश पछि बेइली पुन रिङमा फर्किएकी थिइन् र उनी रिङमा फर्किने बित्तिकै नाया ज्याक्सले उनलाई एक खेलका लागि चुनौती दिएकी थिइन् जसमा बेइली पराजित बनिन्। बेइलीले उनको अस्कासँगको खेल खेल्न अगाडि उनको खुट्टामा चोट लागेका कारण उनी खेल खेल्नबाट चुकिन् जसको फल स्वरुप बेइलीको सट्टामा ज्याक्सले अस्कासँग खेल खेल्न पाएकी थिइन्। बेइलीले २२ जुन एनएक्सटीको एक श्रृङ्खलामा रिङमा फर्किएकी थिइन्। २७ जुलाई एनएक्सटीको एक श्रृङ्खलामा बेइलीले उनले गुमाएको महिला उपाधिका लागि एनएक्सटीका सामान्य प्रबन्धक विलियम रिगलसँग खेल माग गरिन् जसको फल स्वरुप उनीहरूको खेल एनएक्सटी टेक ओभर: ब्रोक्लेन दृतियमा आयोजना हुने निर्णय भएको थियो। त्यस घोषणाको दुई हप्ता पछि १० अगस्टका दिन अस्का र बेइलीको बीचमा खेल आधिकारिक बनाउनका लागि हस्ताक्षर गरिएको थियो। २० अगस्ट २०१६ मा आयोजना गरिएको एनएक्सटी टेक ओभर: ब्रोक्लेन दृतियमा बेइलीले उपाधि जित्न असफल रहिन् जुन उनको एनएक्सटी कार्यकालको अन्तिम खेल बनेको थियो।

महिला विजेता (सन् २०१६–२०१७)

 
मे २०१७ मा बेइली महिला विजेताको रूपमा

२४ जुलाई २०१६ को ब्याटलग्राउण्ड कार्यक्रममा बेइलीले डब्ल्यूडब्ल्यूको मुख्य कार्यसूची अन्तरगत एक पे-पर-भ्युमा पर्दापण गरेकी थिइने जहाँ उनी र सासा बेङ्क्सले सार्लेट र डेना ब्रुकको जोडीलाई हराउन सफल बनेका थिए। २२ अगस्टको दिन बेइलीले डब्ल्युडब्ल्युई मा पर्दापण गरेकी थिइन् जहाँ उनले तात्कालिक का सामान्य प्रबन्धक मिक फोलिसँग सार्लेटका विरुद्धमा महिला च्याम्पियनसिप खेल माग गरेकी थिइन्। उक्त प्रस्तावलाई सार्लेटले अस्वीकार गर्दै बेइलीलाई ब्रुकसँग खेल खेल्न दबाब दिएकी थिइन् भने बेइलीले ब्रुकलाई पनि हराउन सफल बनिन्। क्लास अफ च्याम्पियन्स पे-पर-भ्युमा बेइली, बेङ्क्स र सार्लेटको खेल महिला च्याम्पियनसिपका लागि जारी गरिएको थियो तर उक्त खेलमा बेइलीले उपाधि जित्न असमर्थ रहिन्। तात्कालिक समयमा बेइली र ब्रुकसँग द्वन्द्व चलेको थियो भने बेइलीले ब्रुकलाई एक खेलमा हराउन सफल भइन्। २० नोभेम्बरमा आयोजित परम्परागत सरभाइभर सिरिजमा बेइली र सार्लेट खेलको अन्त्य सम्म रहेका थिए तर खेल सकिएपछि सार्लेटले बेइलीलाई आक्रमण गरेकी थिइन्।

२ जनवरी २०१७ मा बेइलीले नाया ज्याक्सलाई हराउँदै सार्लेट फ्लेयरको महिला च्याम्पियनसिपा लागि पहिलो दावेदार बनेकी थिइन्। बेइलीले रोयल रम्बलमा फ्लेयरलाई चुनौती दिएकी थिइन् तर उक्त खेलमा पनि उनले उपाधि जित्न असमर्थ बनिन्। को एक श्रृङ्खलामा सेमस, सिजारो र बेइलीको टोलीले ग्यालोस, एन्डरसन र फ्लेयरको टोलीलाई हराएपछि बेइलीको एकपटक पुन उपाधिका लगि खेल खेल्न पाएकी थिइन्। उक्त खेलको दुई हप्ता पछि १३ फेब्रुअरीका दिन बेइलीले फ्लेयरलाई हराउँदै पहिलोपटक महिला च्याम्पियनसिप जित्न सफल भएकि थिइन्। फाष्टलेन पे-पर-भ्युमा बेइली र फ्लेयरको बीच खेल भएको थियो तर उक्त खेलमा बेङ्क्सको हस्तक्षेपका कारण बेइलीले फ्लेयरलाई हराउँदै फ्लेयरको पे-पर-भ्युमा अपराजित कीर्तिमान तोडिएको थियो। रेसलमेनिया ३३ मा बेइलीले उनको पहिलो रेसलमेनिया खेल खेलेकी थिइन् जहाँ उनले फ्लेयर, बेङ्क्स र ज्याक्सलाई फेठल फोर वे इलिमिनेसन खेलमा हराउँन सफल भएकी थिइन्। ३० अप्रिल २०१७ का दिन आयोजित पेब्याक पे-पर-भ्युमा बेइलीको सामना अलेक्सा ब्लिसको विरुद्धमा भएको थियो तर उक्त खेलमा बेइलीको पराजयसँगै उनले च्याम्पियनसिप हार्न पुगेकी थिइन्। ४ जुन २०१७ मा आयोजित एक्सट्रिम रुलमा पे-पर-भ्युमा बेइलीको सामना ब्लिससँग भएको थियो तर उक्त खेलमा पनि बेइलीले च्याम्पियनसिप जित्न असफल बनिन्। जुलाई २०१७ मा बेइली एकपटक पुन महिला च्याम्पियनसिपका लागि पहिलो दावेदार बनेकी थिइन् तर उनको पाखुरामा चोट लागेका कारण उनले खेल खेल्न नसक्ने भएकी थिइन्। बेइली चोट मुक्ति हुँदै १८ सेप्टेम्बरमा पुन रिङमा पर्किएकी थिइन्। बेइली रिङमा फर्किएको ६ दिन पश्चात् बेइली फेटल पाइभ वे खेलमा सामेल भएकी थिइन् तर उक्त खेलमा पनि उनले हार बेहोरेकी थिइन्।

द बोस एन हग कनेक्सन (सन् २०१७–२०१९)

१९ नोभेम्बर २०१७ मा आयोजना सरभाइभर सिरिजमा र स्म्याकडाउन विरुद्धको खेलमा उनी एकपटकमा पुन सामेल भएकी थिइन् तर उक्त खेलमा उनलाई स्म्याकडाउनकी टमिनाले खेलबाट निस्कासन गराएकी थिइन्। सन् २०१७ को समाप्तिका बेलामा बेइली, सासा बेङ्क्स र मिकी जेम्सको द एभ्सोलुसन (पेज, मेन्डी रोजसोनिया डभिल) सँग द्वन्द्व चलेको थियो जसका कारण उनीहरूको खेल विभिन्न एकल खेल र ट्याग टिम खेलमा आयोजना गरिएको थियो जसमा अधिकांश खेल भने एभ्सोलुसनले जितेका थिए। २८ जनवरी २०१८ मा आयोजित पहिलोपटक हुन लागेको ३० महिला रोयल रम्बल खेलमा बेइलीले भाग लिएकी थिइन् जहाँ उनी २९अौँ सङ्ख्यामा रिङ प्रवेश गरेकी थिइन् तर उनलाई उक्त खेलबाट आफ्नै साथी सासा बेङ्क्सले निस्कासन गराएकी थिइन्। त्यस खेलको केही हप्ता २५ फेब्रुअरीमा आयोजना गरिएको महिला इलिमिनेसन चेम्बरमा पनि बेइलीले भाग लिएकी थिइन् तर उक्त खेलमा उनलाई ब्लिसले निस्कासन गराएकी थिइन्।

रेसलमेनिया ३४ को अघिल्ला कार्यक्रममा उनले पहिलोपटक हुन लागेको महिला ब्याटल रोयलमा भाग लिएकी थिइन् जहाँ उनले बेङ्क्सलाई निस्कासन गरेकी थिइन् भने बेइलीलाई अन्तिममा नेयोमीले निस्कासन गर्दै उक्त उपाधि हात पारेकी थिइन्। २६ मार्च पछि बेइली र बेङ्क्सको द्वन्द्व चर्किएको थियो भने उनीहरूको एक अर्काको खेलमा हस्तक्षेप गरेका थिए। बेइली र बेङ्क्सको बीच तनाव उच्च हुँदा उनीहरू एकअर्कालाई नेपथ्यमा आक्रमण गरेका थिए जसका कारण त्यहाँका खेलाडी र निर्णयकहरूले उनीहरू छुट्टाउनु परेको थियो। उनीहरूले एकअर्कालाई आक्रमण गरेपछि उनीहरूको खेल अप्रिल महिनाको को एक श्रृङ्खलाका जारी गरिएको थियो तर उक्त खेलमा द राएट स्क्वाडले (रुबी राएट, सारहा लोगन र लिभ मोर्गेन) मा पर्दापण गर्दै उनीहरू दुवै पछाडिबाट आक्रमण गरेका थिए। अप्रिल र त्यस महिना पछि दुवै बेइली र बेङ्क्सले एकअर्कालाईको खेलमा हस्तक्षेप गरेका थिए। त्यसपछि उनीहरूलाई पुन सम्बन्ध राम्रो बनाउनका लागि आह्वान गरिएको थियो र त्यसपछि दुवैले फेरि एक टोलीको रूपमा काम गर्न सुरुगर्द‌ै टोलीको नाम "द बोस 'एन' हग कनेक्सन" राखेका थिए।

सन् २०१८ डिसेम्बरमा बेइली र बेङ्क्सले डब्ल्युडब्ल्युईको इतिहासमै पहिलोपटक बनाइएको डब्ल्युडब्ल्युई महिला ट्याग टिम च्याम्पियनसिपका लागि एक टोली भएर खेल खेल्ने घोषणा गरेका थिए। १७ फेब्रुअरी २०१९ मा आयोजित इलिमिनेसन चेम्बरमा बेङ्क्स र बेइलीको जोडीले अन्तिमा मेण्डि रोज र सोनिया डभिलको जोडीलाई हराउँदै पहिलो महिला ट्याग टिम विजेता बन्न सफल भएका थिए। २५ मार्च २०१९ मा आयोजित फाष्टलेन पे-पर-भ्युमा उनीहरूले उक्त उपाधि सफलतापूर्वक नाया ज्याक्स र टमिनाको विरुद्धमा लगाएका थिए र उपाधि बचाउन पनि सफल भएका थिए। उनीहरूले उक्त उपाधि फेटल फोर वे खेलमा गुमाउन पुगेका थिए भने उक्त उपाधि द आइकोनिक्सले (पिटन रोइसबिली केले हात पारेका थिए।

स्म्याकडाउन महिला विजेता (सन् २०१९–हाल)

रेसलमेनिया ३५ पनि आयोजना गरिएको सुपरस्टा, सेक अफ कार्यक्रम अन्तर्गत बेइली सन् २०१९ अप्रिल १६ का दिन बाट स्म्याकडाउनमा स्थानान्तरण भएको थियो भने उनी सासा बेङ्क्ससँग पछि छुट्टिएकी थिइन्।

१९ मे २०१९ मा आयोजना गरिएको महिला मनी इन द बेङ्क सिँढी खेलमा बेइलीले खेल जितेकी थिइन् जसले गर्दा उनले आफ्नो छनोटको महिला विजेतासँग जतिबेला पनि उपाधिका लागि खेल खेल्ने पाउने भएकी थिइन्। सोही रात स्म्याकडाउन महिला उपाधिका लागि सार्लेट फ्लेयर र बेकी लिञ्चको खेल आयोजना गरिएको थियो र उक्त खेलमा सार्लेटले बेकीलाई हराउँदै चौथो पटक स्म्याकडाउन महिला विजेता बनेकी थिइन्। खेल सकिएपछि रिङको छेउमा रहेकी लेसि एभेन्सलाई लिञ्चले आक्रमण गरेपछि फ्लेयर र एभेन्स दुवै मिलेर लिञ्चलाई आक्रमण गरेका थिए। त्यसपछि बेइली रिङमा आउँदै लिञ्चलाई आक्रमण हुनबाट बचाएकी थिइन् र उनले आफ्नो मनी इन द बेङ्क क्यास इन गर्दै फ्लेयरसँग खेल खेल्न तयार भइन् भने उक्त खेलमा बेइलीले फ्लेयरलाई हराउँदै पहिलोपटक स्म्याकडाउन महिला विजेता बन्न सफल भएकी थिइन्। उनी डब्ल्युडब्ल्युईको इतिहासमै मनी इन द बेङ्क क्यास इन गर्दै सबैभन्दा छोटो समयमा विजेता पनि बन्न सफल पनि भएकी थिइन्। स्म्याबडाउन महिला उपाधि जितेपछि उनी , स्म्याकडाउन, एनएक्सटी र महिला ट्याग टिम उपाधि जित्ने पहिलो महिला कुस्ती खेलाडी पनि बनेकी थिइन्।[५]

कुस्ती खेल्ने शैली

मार्टिनेजले बेइलीको रूपमा चित्रण गरिएको छ जसलाई एक अङ्गालो हाल्ने व्यक्तिको रूपमा वर्णन गरिएको छ। उनले सभा र कार्यक्रमहरूमा जाँदा खेरी मुख्यतया ससाना बालबालिकाहरूलाई अङ्गालो हाल्ने गर्छिन्।

रिङमा कुस्ती खेल्ने क्रममा उनले आफ्नो अन्तिम चालको रूपमा बेली टु बेली सुप्लेक्स प्र‍योग गर्ने गर्छिन् जसलाई उनले आफ्नो नाम अगाडि राखेर बेइली टु बेली सुप्लेक्स नाम दिएकी छिन्।

व्यक्तिगत जीवन

मार्टिनेजले उनलाई हौसला दिने कुस्ती खेलाडीको नाम लिनु पर्दा रेण्डि स्याभेज, द रक, द हार्डि ब्वाइज, लिटा, रे मेस्टेरियो, जोन सिना, इडि गुरेरो, आइभोरी, भिक्टोरिया, ब्रेट हर्ट, ट्रिपल एच, द फ्याभुलस मुला र ट्रिस स्ट्रेटस आदिको नाम लिने गर्छिन्। मार्टिनेजको एरोन सोलोसँग मगनी भएको छ जसलाई उनले सन् २०१० मा भेटेकी थिइन्। उनले पोगो स्टिक र लिगो किन्ने र थुपार्ने गर्छिन्।

उपाधि र उपलब्धिहरू

 
बेइली एकपटक एनएक्सटी महिला विजेता बनेकी छिन्
  • प्रो रेस्लिङ इलुष्ट्रेटेड
    • पिडब्ल्यूआई अवार्ड विजेता (सन् २०१५, २०१६)[६]
    • वर्ष उत्कृष्ट खेल (सन् २०१५) सासा बेङ्क्स विरुद्ध (एनएक्सटी टेक ओभर:रेस्पोक्ट)[६]
    • उत्कृष्ट ५० महिला कुस्ती खेलाडीमा शीर्ष ५ सन् २०१६, २०१७[७][८]
  • रोलिङ स्टोन
    • एनएक्सटी म्याच अफ द इअर (सन् २०१५)[९] सासा बेङ्क्स विरुद्ध (एनएक्सटी टेकओभर: ब्रोक्लेन)
    • उपाधिका लागि द्वन्द्व एनएक्सटी (सन् २०१५)[९] सासा बेङ्क्स विरुद्ध (एनएक्सटी महिला उपाधिका लागि)
  • रेस्लिङ अबजर्भर न्युजलेटर
  • डब्ल्युडब्ल्युई
    • एनएक्सटी महिला विजेता (१ पटक)
    • डब्ल्युडब्ल्युई महिला विजेता (१ पटक)
    • डब्ल्युडब्ल्युई महिला ट्याग टिम विजेता (१ पटक, पहिलो) - सासा बेङ्क्ससँग
    • डब्ल्युडब्ल्युई स्म्याकडाउन महिला विजेता (१ पटक, हाल)
    • एनएक्सटी वर्ष-समाप्ति अवार्ड (२ वटक)
      • महिला प्रतिस्पर्धी (सन् २०१५)[११]
      • वर्षको उत्कृष्ट खेल (सन् २०१५) सासा बेङ्क्स विरुद्ध (एनएक्सटी टेकओभर: ब्रोक्लेन)[११]

सन्दर्भ सामग्री

  1. क्यामबेल, ब्रायन (अक्टोबर १७, २०१६), "बेइली", इएसपिएन, अन्तिम पहुँच जनवरी १९, २०१८ 
  2. एज; क्रिस्चिएन (डिसेम्बर ८, २०१७), "बेइली र सासा बेङ्क्स", एआरटी १९, अन्तिम पहुँच जनवरी १९, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २०, २०१८ मिति
  3. "बेइली", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अगस्ट २२, २०१५ 
  4. "बेइली", अनलाइन वर्ल्ड अफ रेस्लिङ, अन्तिम पहुँच अक्टोबर ५, २०१५ 
  5. पावेल, जेसन, "डब्ल्युडब्ल्युई मनी इन द बेङ्क (२०१९) नतिजा: सेथ रोलिन्स विरुद्ध एजे स्टाइल्स युनिभर्सल उपाधिका लागि, कोफी किङस्टन विरुद्ध केभिन ओवेन डब्ल्युडब्ल्युई उपाधिका लागि, मनी इन द बेङ्क सिँढी खेल र अन्य खेलहरू", प्रो रेस्लिङ डटनेट, अन्तिम पहुँच मे १९, २०१९ 
  6. ६.० ६.१ "पिडब्ल्यूआई अवार्ड", प्रो रेस्लिङ इलुष्ट्रेटेड, कप्पा प्रकाशन समूह, मूलबाट जनवरी २१, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी १९, २०१८  वेब्याक मेसिन अभिलेखिकरण जनवरी २१, २०१६ मिति
  7. "प्रो रेस्लिङ इलुष्ट्रेटेड", इन्टरनेट रेस्लिङ डाटाबेस, अन्तिम पहुँच जनवरी १९, २०१८ 
  8. "प्रो रेस्लिङ इलुष्ट्रेटेड", इन्टरनेट रेस्लिङ डाटाबेस, अन्तिम पहुँच जनवरी १९, २०१८ 
  9. ९.० ९.१ "डब्ल्युडब्ल्युई उत्कृष्ट खेलाडहरू", रोलिङ स्टोन, अन्तिम पहुँच सेप्टेम्बर १९, २०१७ 
  10. मिल्टजर, डेभिड (जनवरी २५, २०१६), "२५ जनवरी २०१६ रेस्लिङ अब्जर्भर न्युजलेटर", रेस्लिङ अब्जर्भर न्युजलेटर, क्याम्बेल, क्यालिफोर्निया, पृ: १३, आइएसएसएन 1083-9593 
  11. ११.० ११.१ जिमरम्यान, ज्याक (जनवरी १३, २०१६), "एनएक्सटी कुस्ती खेलाडी", प्रो रेस्लिङ, अन्तिम पहुँच सेप्टेम्बर १९, २०१७ 

बाह्य सुत्रहरू