साराह ब्रिजेज[७] (जन्म ९ सेप्टेम्बर १९९३) एक अमेरिकी व्यवसायीक कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईसँग सम्बन्धित छिन् जहाँ उनी मा कार्यरत छिन् र साराह लोगनका नामले कुस्ती खेल्छिन्। उनी महिला कुस्ती समूह रएट स्क्वाडको एक सदस्य पनि हुन्। उनले पहिला स्वतन्त्र सर्किटमा आफ्नो रिङको नाम क्रेजि म्यारी डबसनले कुस्ती खेल्ने गर्थिन्।

साराह लोगन
सन् २०१३ मा साराह लोगन
वास्तविक नामसाराह व्रिजेज[१][२]
जन्म (1993-09-10) सेप्टेम्बर १०, १९९३ (उमेर ३०)[१][३]
लुइसभिल, केण्टकी, संयुक्त राज्य अमेरिका[४]
निवासस्थानओर्लान्डो, फ्लोरिडा, संयुक्त राज्य अमेरिका
जीवनसाथी(हरू)
रेमण्ड रोउ
(
वि २०१८)
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामक्रेजी म्यारी डबसन[४]
साराह ब्रिजेज
साराह लोगन[५]
उचाई५ फिट ६ इञ्च[५]
तौल१३९ पाउण्ड[४]
उत्पत्तिलुइसभिल, केन्टकी[६]
प्रशिक्षकम्याड म्यान पोन्डो
मिकि नकलेस

डब्ल्युडब्ल्युई प्रदर्शन केन्द्र[४]
पदार्पणनोभेम्बर ८, २०११[४]

बाल्यकाल सम्पादन गर्नुहोस्

ब्रिजेज सेप्टेम्बर ९, १९९३ मा, अमेरिकाको लुइसभिले नामक सहरमा जन्मिएकी थिइन्। उनले इण्डियानाको राज्यको जेफरसनभिले उच्च माध्यमिक विद्यालयमा पठनपाठन गरेकी थिइन्।[८]

व्यवसायीक कुस्ती कार्यकाल सम्पादन गर्नुहोस्

स्वतन्त्र सर्किट (सन् २०११–२०१६) सम्पादन गर्नुहोस्

ब्रिजेज सन् २०११ व्यावसायीक कुस्तीमा सम्लग्न भएकी थिइन् जसम उनले आफ्नो रिङको नाम क्रेजी म्यारी डबसनले पहिलो खेल म्याकी नकल्ससँग खेलेकी थिइन्। उक्त खेल भने आइड्ल्युए पूर्वी तटिय पदोन्नतिको लागि रहेको थियो। उनले पहिलो उपस्थितिमै दश महिला ट्याग टोली खेलमा भाइपर (महिला कुस्ती खेलाडी)लाई हराउन सफल भएकी थिइन्।[४] डबसनले त्यसपश्चात् संयुक्त राज्य अमेरिका र युरोपकन विभिन्न ठाउँ गई कुस्तीमा आफ्नो प्रदर्शनी दिएकी थिइन् जसमा इनसेन च्याम्पियनसिप रेस्लिङ, रिङ अफ अनर, सिमर वुमन एथलेटिक्स, र जुगालो च्याम्पियनसिप पर्दछन्। २१ फेब्रुअरी २०१५, जेसिडब्ल्यु (जुगालो च्याम्पियनसिप रेस्लिङ) को टेक मि होम नामक कार्यक्रममा ब्रिजेज र म्याड मेन पोन्डो मिलेर द होलिगन्स (डेभिन कटर र म्यासन कटर)लाई पराजित गरी जेसिडब्ल्यु ट्याग टिम उपाधि हात पारेका थिए।[९]

डब्ल्युडब्ल्युई सम्पादन गर्नुहोस्

सुरुवाती उपस्थिति (सन् २०१४–२०१५) सम्पादन गर्नुहोस्

ब्रिजेजले १ सेप्टेम्बर २०१४ मा रको एक श्रृङ्खलामा पहिलो पटक आफ्नो उपस्थिति बनाएकी थिइन् जसमा उनले अमेरिकी कुस्ती खेलाडी द मिजको लागि श्रृङ्गार कलाकारको रूपमा देखा परेकी थिइन्। सन् २०१५ मा, उनी बोल्न नपर्ने भूमिकामा स्म्याकडाउन र मा देखा परेकी थिइन्। त्यस समयमा द मिज र डेमिएन मिजडो एक विज्ञापनको लागि त्यहाँ उपस्थित थिए। उनले आडम रोजसँग पनि धेरै पटक उपस्थिति जनाएकी थिइन्। २९ अप्रिल २०१५ मा एनएक्सटीको एक श्रृङ्खलामा उनको र बेकी लिञ्चको खेलमा उनले हार बेहोरेकी थिइन्।[१०]

एनएक्सटी (सन् २०१६–२०१७) सम्पादन गर्नुहोस्

१९ अक्टोबर २०१६ मा, डब्ल्युडब्ल्युईले ब्रिजेजले आधिकारिक रूपमा डब्ल्युडब्ल्युईसँगको एक सम्झौतामा हस्ताक्षर गरेको घोषण गरेको थियो।[११] नोभेम्बर १७ मा, ब्रिजेजले एनएक्सटीमा प्रदापण गरेकी थिइन् जसमा उनले मेसी इस्ट्रेलालाई पराजित गर्न सफल भएकी थिइन्। ११ जनवरी २०१७ मा, एनएक्सटीको एक श्रृङ्खलामा ब्रिजेजले पहिलो पटक आफ्नो वास्तविक नाममा दूर्दशनमा प्रदापण गरेकी थिइन् जसमा उनले मेसी इभान्ससँग मिलेर द आइकोनिकसँग (बिली केपिटन रोइस) प्रतिस्पर्धा गरेका थिए तथापि उक्त महिला ट्याग टोली खेल भने द आइकोनिक (बिलि के र पिटन रोइस)ले जितेका थिए।[१२] ब्रिजेज ७ जूनमा पुन: एकएक्सटीको एक श्रृङ्खलामा फर्किएकी थिइन् जसमा उनले रिङ नाम साराह लोगनको नामले एकल प्रतिस्पर्धा पिटन रोइससँग गरेकी थिइन्। उक्त खेलमा उनी पराजित हुन पुगेकी थिइन्। उनी त्यस पश्चात् एनएक्सटीमा रिङ प्रतिस्पर्धाबाट ओझेलमा परेकी थिइन्। लोगन अगस्ट २३ मा एनएक्सटीको एक श्रृङ्खलामा फर्कीएकी थिइन् जसमा उनले पुन: पिटन रोइससँग पराजित भएकी थिइन्।[१३] २५ अक्टोबरमा एनएक्सटीको एक श्रृङ्खलामा, फ्याटल फोर वे खेल (४ जना एक्लाएक्लै)मा खेल्न पाउने अवसर प्राप्त गर्नाको लागि लोगनले ब्याटल रोयलमा सहभागीता जनएकी थिइन् जसको विजेताले खाली रहेको एनएक्सटी महिला च्याम्पियनसिप उपाधि जित्ने थियो।[१४] उक्त खेल एनएक्सटी टेकओभर: वार गेम्समा राखिएको थियो जसमा उनी असफल भएकी थिइन्। उक्त खेल उनको एनएक्सटीको अन्तिम उपस्थिति रहेको थियो।[१५]

१६ जून २०१७, मे योङ क्लासिकमा प्रतिस्पर्धा गर्ने, लोगन पहिलो ४ जना सहभागीमा एक रहेको घोषण गरिएको थियो।[१६] २८ अगस्टमा, मे योङ क्लासिकको पहिलो चरणमा लोगनलाई मिया यिमले प्रतियोगिताबाटै बाहिर्‍याइदिएकी थिइन्।[१७] सेप्टेम्बर ११ मा, प्रतियोगिताबाटै बाहिरिएको लोगनले अरू ६ जना प्रतियोगिताबाट बाहिरिएका प्रतियोगीहरूसँग मिलेर ६ महिला ट्याग टोली खेलमा भाग जनएकी थिइन् जसमा लोगन, स्यानटेना गेरेट र मार्टी बेलिलाई टेसा ब्ल्यानचार्ड, के लि रे र जजि गबर्टले हराएका थिए।[६]

(सन् २०१७–२०२०) सम्पादन गर्नुहोस्

 
मोर्गन (बायाँ) राएट स्क्वाडका सदस्य रूबि रायट (बीच) र साराह लोगन (दायाँ) को साथ, रेसलमेनिया ३४, अप्रिल २०१८

२१ नोभेम्बर २०१७ मा स्म्याकडाउन लाइभको एक श्रृङ्खलामा, लोगनले उनका महिला कुस्ती समूहका सदस्य रूबि रायटलिभ मोर्गेनसँग मुख्य पर्दामा पर्दापण गरेकी थिइन् जहाँ उनीहरूले बेकी लिञ्च र नेयोमीमाथी हमला गरेका थिए।[१८] सोही रात, उनीहरूले स्म्याकडाउन महिला उपाधिको लागि परेको सार्लेट फ्लेयरनेटालियाबिचको प्रतिस्पर्धात्मक कुस्ती खेलमा पनि घुसपैठ गरेका थिए र उनीहरू दुबैलाई आक्रमण गरेका थिए।[१९] अर्को हप्ताको स्म्याकडाउनको एक श्रृङ्खलामा, उक्त महिला कुस्ती समूहले आफ्नो नाम "द राएट स्क्वाड" राखेका थिए र सोही रात उनीहरूले पहिलो खेलमा पनि जित हात पारेका थिए जहाँ उनीहरूले सार्लेट फ्लेयर, नेयोमी र नेटालीयालाई ६ महिला ट्याग टिम खेल (एकतर्फ तीन जना महिला र अर्को तर्फ पनि तीन जना महिला बिचको प्रतिस्पर्धा) मा जित हात पारेका थिए। त्यस महिना भरि द राएट स्क्वाडले सार्लेट फ्लेयर र नेयोमीसँग प्रतिस्पर्धा गरिरहेका थिए।[२०] १९ डिसेम्बरमा स्म्याकडाउनको एक श्रउङ्खलामा, लोगन र राएटले सार्लेट फ्लेयर र नेयोमीसँग हार बेहोरेका थिए। डिसेम्बर १६ मा स्म्याकडाउनको एक श्रृङ्खलामा, द राएट स्क्वाडले फ्लेयर, नेयोमी र बेकी लिञ्चलाई हराएका थिए। [२१] २८ जनवरी २०१८ मा, लोगनले पहिलो पटक सञ्चालन भएको महिला रोयल रम्बलमा भाग जनाएकी थिइन् जहाँ उनी तेस्रो स्थानमा मञ्च प्रस्थान गरेकी थिइन् तथापी उनलाई मोलि होलीको हमला पश्चात् उनी वाहिरिएकी थिइन्।[२२] सन् २०१८ को सुपरस्टार सेकअपको बेला १६ अप्रिल मा, द राएट स्क्वाड स्म्याकडाउनबाट रमा स्थानान्तरण भएका थिए। उनीहरू रमा आएकै बेलामा बेइलीसासा बेङ्क्स बिचको खेलमा घुसपैठ गरेका थिए जसले गर्दा सो खेल बिजेता बिनानै टुङ्गीएको थियो। [२३] जुलाई १६ मा र को एक श्रृङ्खलामा, उनले आफ्नो पहिलो जित एम्बर मुनको बिरुद्धमा दर्ता गरेकी थिइन्। डब्ल्युडब्ल्युईको इतिहासमै पहिलो पटक सबै महिलाहरूको खेल राखिएको इभोलुसन नामक कार्यक्रमको आयोजना गरिएको थियो जसमा द राएट स्क्वाडले नेटालिया, बेइलीसासा बेङ्क्ससँग पराजय बेहोरेका थिए। लोगनले त्यस पश्चात् आफ्नो अनुहारमा धर्सा धर्सा परेको रङ्ग लगाएर प्रदापण गरेकी थिइन्।[२४]

१७ फेब्रुअरी २०१९ मा, मोर्गेन र लोगनले ६ टोली इलिमिनेसन च्याम्बर खेलमा सहभागीता जनाएका थिए। खेलको विजेताले डब्ल्युडब्ल्युईको इतिहासमै पहपलो पटक डब्ल्युडब्ल्युई महिला ट्याग टोली विजेताको उपाधि हात पार्ने सर्त रहेको उक्त खेलमा भने उनीहरूलाई नाया ज्याक्स र टमिनाद्वारा खेलबाट बाहिर निकालिदिएका थिए।[२५] उक्त खेलको उपाधि भने बेइलीसासा बेङ्क्सले हात पारेका थिए। लोगनले रेसलमेनिया ३५ मा, महिला ब्याटल रोयल खेलमा सहभागी भएकी थिइन्। उनी उक्त खेलमा अन्त्य सम्म पुगेकी थिइन् तथापि, उक्त खेल उनी बाहिरिएसँगै कार्मेलाले जितेकी थिइन्।[२६]

१६ अप्रिल २०१९ मा भएको खेलाडी स्थानान्तरणमा, रायट स्क्वाडकी सदस्य लिभ मोर्गेन बाट स्म्याकडाउनमा स्थानान्तरित भएकी थिइन् जसले गर्दा समूह टुक्रिन पुगेको थियो।[२७] लोगनले त्यस पश्चात्, नयाँ प्रवेश गीत र नयाँ अनुहारका साथ खेलमा देखा परेकी थिइन्। मेन इभेन्ट नामक डब्ल्युडब्ल्युईको ब्रान्डमा उनले डाना ब्रुकसँग दुस्मनीको सुरुवात गरेकी थिइन् जसमा उनीहरूले एक अर्कालाई पराजित गरेका थिए। २४ नोभेम्बरको सर्भाइभर सेरिजमा, लोगन टोली रको पक्षबाट रिङमा आएकी थिइन् र उनले र र स्म्याकडाउन ब्रान्डहरूको विरुद्धमा ट्रिपल थेट निस्कासन खेलमा भाग लिएकी थिइन्।[२८] उनलाई उक्त खेलमा एनएक्सटीकी बियाङ्का ब्लेयरले निस्कासन गरिदिएकी थिइन्। ६ जनवरीको को एक श्रृङ्खलामा, लोगनले सार्लेट फ्लेयरसँग द्वन्द्वको सुरुवात गरेकी थिइन्। खेल अगावै उनले सार्लेट फ्लेयरलाई आक्रमण गरेकी थिइन् जसका कारण सार्लेटले उनलाई कुटपिट गरेकी थिइन्। [२९] अर्को हप्तामा, सार्लेट फ्लेयरले लोगनलाई पराजित गरेकी थिइन् र उनले रोयल रम्बलमा उनको सहभागिताको पनि घोषण गरेकी थिइन्। उक्त कार्यक्रममा, उनले रोयल रम्बलमा सहभागी हुँदै २२औँ स्थानमा रिङ प्रवेश गरेका थिए।[३०] तथापि, उनलाई सार्लेट फ्लेयरले ३० सेकेन्डमै निस्कासन गरिदिएकी थिइन्। १० फेब्रुअरीको मा, लोगन रिया रिप्लीसँग पराजित हुन पुगेकी थिइन्। लोगन त्यस पश्चात्, पूर्व साथी लिभ मोर्गेन र रूबि रायटको खेलमा अतिथि निर्णायकको रूपमा रिङ प्रवेश गरेकी थिइन् जसमा उनको छिटो गन्तीका कारण लिभ मोर्गेनलाई विजयी बनाइदिएकी थिइन्। खेल पश्चात्, उनले लोगनलाई आक्रमण गरेकी थिइन्।[३१] लोगनलाई इलिमिनेस च्याम्बरमा सहभागीको रूपमा घोषण गरिएको थियो जसमा उनले मोर्गेन, साइना बाज्लर, आसुका, रूबि रायट, र नेटालियासँग प्रतिस्पर्धा गरेकी थिइन् तथापि, उक्त खेल साइना बाज्लरले जितेकी थिइन्।[३२] १३ अप्रिल २०२० को को एक श्रृङ्खलामा, बाज्लरले उनलाई पराजित गर्दै मनि इन द बेङ्कका लागि छनोट भएकी थिइन्। उनको उक्त खेल, कम्पनीको लागि अन्तिम खेल रहेको थियो। १५ अप्रिलमा, उनलाई सम्झौता पत्र अनुरूप कम्पनीबाट निस्कासन गरिएको थियो।[७]

अन्य सञ्चार माध्यममा सम्पादन गर्नुहोस्

लोगनले डब्ल्युडब्ल्युई श्रव्य दृश्य खेल, २के१९ मा खेल्न मिल्ने चरित्रको रूपमा प्रदापण गरेकी थिइन्।[३३]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

२९ मार्च २०११,मा उनी एक कार दुर्घटनाको शिकार बनेकी थिइन्। उनलाई अस्पतालसम्म पुर्‍याइएको थियो। उनी पहिला प्रशिक्षक तथा कुस्ती खेलाडी म्याड म्यान पोन्डोसँग सम्बन्धमा रहेकी थिइन् र उनीहरूको पूर्व विवाह समेत भइसकेको थियो।[८] उनीहरूको सम्बन्ध पछि बिच्छेद भएको थियो। पछि, उनी द भाइकिङ रेडरका सदस्य रेमन्ड रेउ वा कुस्ती नाम एरिकसँग सम्बन्धमा रहेकी थिइन्। उनीहरूको विवनह २१ डिसेम्बर २०१८ मा, सम्पन्न भएको थियो। [३४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Crazy Mary Dobson: Profile & Match Listing"। profightdb.com। 
  2. डेभिस, पर्सिया (अक्टोबर १९, २०१६)। "WWE Confirms Tommy End, Big Damo and Mary Dobson Signed Deals"। सङ्ग्रह मिति जनवरी २६, २०१९ 
  3. https://mobile.twitter.com/sarahloganwwe/status/1038835466613780481
  4. ४.० ४.१ ४.२ ४.३ ४.४ ४.५ क्रिकेनबोल्म, फिलिप। "क्रेजी म्यारी डबसन « कुस्ती खेलाडी"। केज म्याच डटनेट। 
  5. ५.० ५.१ "साराह लोगन"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति डिसेम्बर ३, २०१७ 
  6. ६.० ६.१ "First competitors revealed for Mae Young Classic"डब्ल्युडब्ल्युई 
  7. ७.० ७.१ "Rusev, Kurt Angle and other Superstars released"डब्ल्युडब्ल्युई (अङ्ग्रेजी भाषा)। अप्रिल १५, २०२०। सङ्ग्रह मिति अप्रिल १६, २०२० 
  8. ८.० ८.१ थाकर, म्याट। "Police release name of teenager injured as train struck car"न्युज एन्ड ट्रिब्युन 
  9. "JCW Take Me Home Charity Show"। केजम्याच डटनेट। सङ्ग्रह मिति २७ डिसेम्बर २०१६ 
  10. जोन, क्लाप। "Tommy End, Big Damo and "Crazy" Mary Dobson join WWE Performance Center"। सङ्ग्रह मिति नोभेम्बर २५, २०१६ 
  11. मिडलटन, मार्क (नोभेम्बर १७, २०१६)। "WWE WrestleMania 33 Ticket Party Match Results And Media, Austin Aries Reveals WM Dream Opponent"। रेस्लिङ निगम। सङ्ग्रह मिति नोभेम्बर २५, २०१६ 
  12. रिचर्ड, ट्रिओन्फो (जनवरी ११, २०१७)। "WWE NXT REPORT: DIY VERSUS REVIVAL FOR THE TAG TITLES, ALMAS VERSUS LORCAN, THE WOMEN'S TITLE PICTURE GETS CLOUDIER, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट २७, २०१७ 
  13. रिचर्ड, ट्रिओन्फो (जुन ७, २०१७)। "WWE NXT REPORT: DAIN VERSUS JOSE, ITAMI VERSUS LORCAN, WOMEN IN ACTION, RODERICK STRONG TALKS ABOUT THE NXT TITLE, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट २७, २०१७ 
  14. रिचर्ड, ट्रिओन्फो (सेप्टेम्बर ११, २०१७)। "MAE YOUNG CLASSIC EPISODE NINE REPORT: RECAPPING THE TOURNAMENT, A SIX WOMAN TAG MATCH, AND A SPECIAL APPEARANCE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति सेप्टेम्बर २०, २०१७ 
  15. रिचर्ड, ट्रिओन्फो (अगस्ट २३, २०१७)। "WWE NXT REPORT: HIGHLIGHTS FROM TAKEOVER, LARS LIKES DANCING AS MUCH AS TAG TEAM PARTNERS, ROYCE VERSUS LOGAN, UK TAG MATCH"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट २७, २०१७ 
  16. रिचर्ड, ट्रिओन्फो (अगस्ट २८, २०१७)। "MAE YOUNG CLASSIC EPISODE TWO REPORT: MIA YIM VERSUS SARAH LOGAN, RHEA RIPLEY, MERCEDES MARTINEZ, RACHEL EVERS VS MARTI BELLE, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति अगस्ट २९, २०१७ 
  17. रिचर्ड, ट्रिओन्फो (अक्टोबर २५, २०१७)। "WWE NXT REPORT: BATTLE ROYAL, IS THE VELVETEEN DREAM A NIGHTMARE FOR ALEISTER BLACK?, ALMAS VERSUS STRONG, LORCAN AND BURCH TEAM UP, AND MORE"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति नोभेम्बर २०, २०१७ 
  18. रिचर्ड, ट्रिओन्फो (नोभेम्बर २१, २०१७)। "THE CHAMP IS GOING TO SPEAK: LIVE ONGOING WWE SMACKDOWN REPORT"पिडब्ल्यु इन्साइडर। सङ्ग्रह मिति नोभेम्बर २२, २०१७ 
  19. प्रलमर्, डाले (नोभेम्बर २९, २०१७)। "Smackdown: Kevin Owens and Sami Zayn outsmart Shane McMahon once again"स्ल्याम! स्पोर्ट्स। क्यानडियन अनलाइन एक्प्लोरर। सङ्ग्रह मिति मे १२, २०१८ 
  20. प्रलमर्, डाले (डिसेम्बर २०, २०१७)। "Smackdown: Shane McMahon and Daniel Bryan address the issues from Clash of Champions"स्ल्याम! स्पोर्ट्स। क्यानडियन अनलाइन एक्प्लोरर। सङ्ग्रह मिति मे १२, २०१८ 
  21. प्रलमर्, डाले (जनवरी १७, २०१८)। "Smackdown: A Glorious United States champion is crowned"स्ल्याम! स्पोर्ट्स। क्यानडियन अनलाइन एक्प्लोरर। सङ्ग्रह मिति मे १२, २०१८ 
  22. काबुर, बब (जनवरी २९, २०१८)। "Royal Rumble and Ronda Rousey ramp up women's revolution"स्ल्याम! स्पोर्ट्स। क्यानडियन अनलाइन एक्प्लोरर। सङ्ग्रह मिति मे १२, २०१८ 
  23. टाइवाल्क, निक (अप्रिल १७, २०१८)। "Raw: Superstar Shake-up a sendoff for the A-Lister"स्ल्याम! स्पोर्ट्स। क्यानडियन अनलाइन एक्प्लोरर। सङ्ग्रह मिति मे १२, २०१८ 
  24. "Ember Moon vs. Sarah Logan: Raw, July 16, 2018"डब्ल्युडब्ल्युईडब्ल्युडब्ल्युई। सङ्ग्रह मिति जुलाई १७, २०१८ 
  25. ट्रिओन्फो, रिचर्ड (फेब्रुअरी १७, २०१९)। "SMACKDOWN TAG TITLE MATCH: LIVE ONGOING WWE ELIMINATION CHAMBER PPV COVERAGE"पिडब्ल्यु इन्साइडर 
  26. "Second annual WrestleMania Women's Battle Royal announced" 
  27. मुलर, क्रिस (अप्रिल १७, २०१९)। "WWE Superstar Shake-Up 2019 Results: Updated Roster List and Most Stunning Picks"ब्लिचर रिपोर्ट। सङ्ग्रह मिति डिसेम्बर १, २०१९ 
  28. म्याककार्थी, एलेक्स (जुन २१, २०१९)। "OUCH WWE: Fan footage has emerged showing the brutal way Dana Brooke's head was split open – and it's bad"टकस्पोर्ट। सङ्ग्रह मिति जनवरी १२, २०२० 
  29. बिस्टन, एरिक (नोभेम्बर २४, २०१९)। "WWE Survivor Series 2019 Results: Winners, Grades, Reaction and Highlights"ब्लिचर रिपोर्ट। सङ्ग्रह मिति डिसेम्बर १, २०१९ 
  30. बिस्टन, एरिक। "WWE Royal Rumble 2020 Results: Winners, Grades, Reaction and Highlights"Bleacher Report (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति फेब्रुअरी १, २०२० 
  31. "Who will survive the Elimination Chamber for a chance to face The Man at WrestleMania?"डब्ल्युडब्ल्युई (अङ्ग्रेजी भाषा)। सङ्ग्रह मिति फेब्रुअरी १८, २०२० 
  32. बेनिगो, एन्थोनी (मार्च ८, २०२०)। "Shayna Baszler won the Women's Elimination Chamber to earn the right to face Raw Women's Champion Becky Lynch at WrestleMania"डब्ल्युडब्ल्युई। सङ्ग्रह मिति मार्च ८, २०२० 
  33. कोल, कातलिन (१९ डिसेम्बर २०१८)। "Complete WWE 2K19 Roster"रम्बल राम्बल। सङ्ग्रह मिति २३ अप्रिल २०१९ 
  34. सातिन, रायन (अक्टोबर २७, २०१७)। "NXT Wrestler Sarah Logan And Raymond Rowe From War Machine Got Engaged (Photos)"प्रो रेस्लिङ सिट। सङ्ग्रह मिति जुन ७, २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्