ग्यालेक्सी फोरके टेलिभिजन

ग्यालेक्सी फोरके टेलिभिजन (अङ्ग्रेजी: Galaxy 4K Television) नेपालको निजी क्षेत्रको एउटा टेलिभिजन स्टेसन हो।[१] गोर्खा मिडिया नेटवर्कले सञ्चालनमा ल्याएको यो टेलिभिजन कम्पनीको अध्यक्ष तथा संस्थापक जिबी राई हुन्।[२] यस टेलिभिजनको मुख्य कार्यालय काठमाडौँको बालुवाटारमा अवस्थित छ। वि.सं. २०७८ असोज १५ गते विधिवत् प्रसारण आरम्भ गरेको यस टेलिभिजनले सुरुदेखि नै फोरके गुणस्तरको प्रविधि अवलम्बन गरेको दाबी गरेको छ। यसको आफ्नै युट्युब च्यानल पनि छ र एफएममा पनि सुन्न सकिन्छ।[३] स्थापनाकालका प्रबन्ध निर्देशक रवि लामिछानेले राजनीतिमा आबद्ध हुने भनेर केही महिनामै आबद्धता अन्त्य गरेका थिए।[४][५] यस टेलिभिजनका सम्पादक रामबहादुर रावल हुन्।

ग्यालेक्सी फोरके टेलिभिजन
देश नेपाल
प्रधान कार्यालयबालुवाटार, काठमाडौँ
कार्यक्रम
भाषा(हरू)नेपाली
स्वामित्व
मालिकगोर्खा मिडिया नेटवर्क प्रा. लि.
इतिहास
सुरुवातवि.सं. २०७८ असोज १५
कडीहरू
वेबसाइटwww.galaxytvnepal.com

आबद्ध पत्रकार तथा प्रस्तोताहरू सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "ग्यालेक्सी फोरके टेलिभिजन", www.galaxytvnepal.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१०-०७ मिति
  2. "रवि लामिछानले ल्याए नेपालमा पहिलो ‘फोर के’ टेलिभिजन", खबरहब (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  3. शर्मा, राजेश, "टेलिभिजन प्रस्तोताले हात जोडेर नमस्कार गर्न नहुने हो ?", शिलापत्र (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  4. "रवि लामिछानेले ल्याए ग्यालेक्सी टिभी, यस्ता छन् प्रसारण हुने मुख्य कार्यक्रम", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०७ 
  5. "'राजनीतिमा लाग्न' रवि लामिछानेले छाडे ग्यालेक्सी टिभी", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-०७