रायडाँडा नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको धवलागिरी अञ्चल, बागलुङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या २३२९ रहेको थियो जसमध्ये १००८ पुरुष र १३२१ महिला रहेका थिए भने यहाँ ५४९ घरधुरी रहेको थियो।[] यो हाल बागलुङ नगरपालिकामा पर्दछ।

रायडाँडा
पूर्व गाविस
रायडाँडा is located in गण्डकी प्रदेश
रायडाँडा
नेपालको नक्सामा रायडाँडाको अवस्थिति
रायडाँडा is located in नेपाल
रायडाँडा
रायडाँडा (नेपाल)
निर्देशाङ्क: २८°२५′४८″उ॰ ८३°७′१२″पू॰ / २८.४३०००°N ८३.१२०००°E / 28.43000; 83.12000निर्देशाङ्कहरू: २८°२५′४८″उ॰ ८३°७′१२″पू॰ / २८.४३०००°N ८३.१२०००°E / 28.43000; 83.12000
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाबागलुङ जिल्ला
जनसङ्ख्या
 • जम्मा२,३२९
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

हाल यो गण्डकी प्रदेश अन्तर्गतको बाग्लुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. ११ अन्तर्गत पर्दछ । बागलुङ जिल्लाको सदरमुकाम देखि नजिक भए तपानी भौगोलिक विकटताका कारण यसलाई बागलुङको कर्णाली पनि भन्ने गरिन्छ । यस रायडाँडा वडाको पुर्वमा प्रसिद्ध भैरवस्थान मन्दिर तथा पश्चिममा गाजाको धुरी क्षेत्र पर्ने गर्दछ । यहाँ एक मात्र माध्यमिक तह सम्म अध्यापन हुने महा विधाजन माध्यामिक विद्यालय रहेको छ । ब्रह्मामण क्षेत्री मगर विश्वकर्मा लगायतका जातजातीको बसोबास रहेको छ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग