राज्यलक्ष्मी देवी
राज्यलक्ष्मी देवी नेपालका राजा राजेन्द्रको कान्छी पत्नीको रूपमा नेपालीको रानी थिइन् । १९०० मा त्रिशंकु शासन अन्त्य गर्दै ,राजाद्वारा रानी राज्यलक्ष्मी रानीलाई सम्पूर्ण राजकीय अधिकार दिइयो । एक महत्त्वाकांक्षी महिला थिइन् । रानी राज्यलक्ष्मीदेवी युवराज सुरेन्द्र लाई हटाएर आफ्ना छोरा राजकुमार रणेन्द्रलाई राजा बनाउन चाहन्थिन् ।
रानी राज्यलक्ष्मी देवी | |||||
---|---|---|---|---|---|
बडामहारानी नेपाल | |||||
पूर्वाधिकारी | साम्राज्य लक्ष्मी देवी | ||||
उत्तराधिकारी | रानी त्रैलोक्य राज्य लक्ष्मी | ||||
जन्म | चिल्वा, गोरखपुर, भारत | ||||
मृत्यु | - बनारस | ||||
जीवनसाथी | राजा राजेन्द्र | ||||
सन्तान | राजकुमार रणेन्द्र राजकुमार बिरेन्द्र | ||||
| |||||
Dynasty | शाह वंश (विवाह) | ||||
बाबु | बाबु प्रभु शाह | ||||
आमा | चौराशी कुमारी देवी | ||||
धर्म | हिन्दु |
प्रधानमन्त्री माथवर सिंह थापाले युवराज सुरेन्द्रको हत्या गर्न अस्विकार गरे पछि उनकै भान्जा जंगबहादुरद्वारा उनको हत्या गराइन् । उनको विश्वासपात्र गगनसिंह थिए । गगनसिंहसँग उनको नाजायज सम्बन्ध रहेको समेत मानिन्छ ।
कोत पर्व
सम्पादन गर्नुहोस्गगनसिंहको हत्या भएपछी उनले एकदम आक्रोशित भएर सबै भारदारलाई कोतमा जम्मा हुन आदेश दिएकी थिइन् ।
१९०३ मा भएको कोत पर्वलागि सबैभन्दा बढी जिम्मेवार उनी नै थिइन् जसको कारणले नेपालमा १०४ वर्षे राणा वंश शासन भयो ।
भण्डारखाल पर्व
सम्पादन गर्नुहोस्कोत पर्वपछि जंगबहादुर रानी लक्ष्मीदेवीको मन जितेर प्रधान सेनापति बन्न सफल भए । रानी लक्ष्मीदेवीले माथवरसिंह थापालाई झैँ जंगबहादुरलाई पनि युबराज सुरेन्द्रको हत्या गरी रणेन्द्रलाई गद्दीमा राख्न आवश्यक प्रबन्ध गर्न दबाब दिईन् । रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुनेविश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् ।
पण्डित विजयराज ले सो षड्यन्त्रको पोल खोलेर भण्डारखाल पर्वमा जंगबहादुरको हत्या गर्ने उनको योजना असफल भएपछी प्रधानमन्त्री जंगबहादुरले उनको सम्पूर्ण राजकीय अधिकार खोसी उनलाई देशनिकाला गरिदिए ।
त्यसपछी
सम्पादन गर्नुहोस्भण्डारखालको नरसंहारलाई लिएर तत्काल नै जङ्गवहादुरले हनूमानढोका दरवारमा ठूलो भारादारी गराए । जसमा जङ्गी (निजामती थरघर आदि) सबै भाइ भारदारहरूको उपस्थिति थियो । कोत र भण्डारखालको हत्याकाण्ड गराउनाका साथै युवराज सुरेन्द्रविक्रमलाई मारी आफ्ना छोरा रणेन्द्रविक्रमलाई राजा बनाउने षडयन्त्र गरेको अभियोगमा महारानी राज्यलक्ष्मी देवी सबै कुरावाट दोषी सावित भइन् । तसर्थ श्री ५ राजेन्द्रविक्रमका साथै युवराज सुरेन्द्रविक्रमको उपस्थितिमा भारदारीको सर्वसम्मतिले कान्छी महारानी राज्यलक्ष्मी देवीलाई शक्तिच्युत गरी देशनिकाला गर्नु उपयुक्त हुने ठहर सहितको फैसला गरयो । तत्पश्चात् १९०३ साले मार्गकृष्ण पञ्चमी आइतवारका दिन श्री ५ राजेन्द्रविक्रमबाट महारानी राज्यलक्ष्मीमा निहित रहेको सम्पूर्ण अधिकारका साथै राज्य सञ्चालन गर्नका लागि चाहिने विशेषाधिकारको लालमोहर युवराज सुरेद्रविक्रमलाई प्राप्त भयो ।
देशनिकालाको दण्ड पाएपछि राज्यलक्ष्मी देवी राजदरबार छाडेर मिश्र गुरुज्यूको घरमा बस्न गईन् । त्यहाँ पनि जङ्गबहादुरको कडा निगरानी थियो । महारानीलाई दोषी साबित गरी सबै राज्याधिकार युवराज सुरेन्द्रविक्रमलाई सुम्पेको भोलिपल्ट अर्थात् १९०३ साल मार्ग कृष्ण षष्ठी सोमवार राजा राजेन्द्रविक्रम राज्यलक्ष्मीसँगै काशी जाने उद्देश्यले दरबार छाडी मखनटोलस्थित एकदेव वैद्यको घरमा बस्नपुगे । सोही दिन महारानी राज्यलक्ष्मी पनि मिश्र गुरुज्यूको घरबाट माहिला गुरुज्यूका घरमा सरिन् । यसप्रकार श्री ५ राजेन्द्रविक्रम, राजकुमार रणेन्द्र तथा वीरेन्द्र पनि महारानी राज्यलक्ष्मीको साथ काशी जानका लागि तयार भए ।
काशी यात्रा
सम्पादन गर्नुहोस्यात्राका लागि चाहिने आवश्यक खर्च र सरसामानका साथै सुरक्षाका लागि छ रेजिमेन्ट सेना तैनाथ गरिए । यसका अतिरिक्त जङ्गबहादुरका विश्वासपात्र काजी करवीर खत्री, काजी हेमदल थापा, कप्तान खड्गबहादुर कुंवर, कप्तान धीरबहादुर कुँवर र सुब्बा सिद्धिमान सिंह राजभण्डारी आदि विशेष निगरानीका लागि खटिनुका अतिरिक्त काशी जाने यस लावा लस्करका साथमा एकजना अंग्रेज अफिसरको पनि उपस्थिति थियो ।
संवत् १९०३ साल मार्गशुक्ल षष्ठी मंगलवारको दिन पाले पहरा सहित ३०० अङ्गरक्षकका साथ श्री ५ राजेन्द्रविक्रम शाहले राजधानीबाट बनारसका लागि प्रस्थान गरे । बिहानको साइतमा हात्ती, घोडा, पाल्की, पाल र आवश्यक सरसामानका साथ सैनिकहरूले सुसज्जित महारानी एवं राजकुमारहरू सहित राजेन्द्रविक्रम शाहको सवारी त्यसदिन फर्पिङ पुग्यो । यसको भोलिपल्ट चीसापानी र पर्सिपल्ट मकवानपुरमा बास बसी पांचौदिन अर्थात् मार्गशुक्ल त्रयोदशी आइतवारका दिन विसौलिया हुंदै यसको भोलिपल्ट सोमवार बरेवा कचहरी आइपुग्यो । यात्राभरि नै राजा र रानीका लागि सुत्ने पालहरूको भने छुट्टाछुट्टै ब्यवस्था गरिएको थियो तापनि सधैंजसो विहान बेलुका राजेन्द्रविक्रम राज्यलक्ष्मीको पालमा २/३ घण्टासम्म समय बिताउने गर्दथे । यसभन्दाबाहेक राजाले अन्य कसैसँग पनि एकान्त गर्न नपाउन् भन्ने हेतुले भारदारहरूलाई श्री ५ को पालसंगै सुत्नू, एक्लै नछाड्नू र त्यहाँको एक एक विवरण लेखेर पठाउनू भन्ने जङ्गवहादरको निर्देशन थियो । तर पनि भारदारहरूले राजाको पालसंगै सुत्ने आँटभने गर्न सकेका थिएनन् । उता सीमानापार बसेका जङ्गबहादुरका विरोधीहरू भने श्री ५ राजेन्द्रको काशी आगमनको खबरले राजासँग भेटगर्ने प्रतीक्षामा आतुर देखिन्थे । १९०३ साल मार्गशुक्ल पूर्णिमा अर्थात् धान्यपूर्णिमाको पर्व पारेर रौतहट स्थित वरेवानदीको तीरमा श्री ५ राजेन्द्रविक्रमबाट तोलादान भयो । यस उपलक्ष्यमा त्यस भेगका शाही नातेदार अर्थात् नानी साहेबका साथै राजाको आफन्तहरूको पनि उपस्थिति थियो ।
देशनिकाला
सम्पादन गर्नुहोस्वि.सं. १९०३ मङ्सिर ४ गते राजपरिवारहरू बनारसतिर लागे।[१]उनी आफ्ना दूई छोरा राजकुमार रणेन्द्र र बिरेन्द्रलाई लिएर काशी गइन् । राजा राजेन्द्र पनि उनी संगै काशी गएका थिए तर त्यहाँ बसेर प्रधानमन्त्री जंगबहादुर बिरुद्ध षडयन्त्र गर्न थालेपछी प्रधानमन्त्री जंगबहादुरले उनलाई राज्यच्युत गरी युवराज सुरेन्द्रलाई राजा घोषणा गरे ।
पूर्वाधिकारी | नेपालको महारानी वि.सं. १८९८–१९०३ |
पछिल्लो त्रैलोक्य राज्य लक्ष्मी |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २१६, आइएसबिएन 99933-2-406-X।
कागजातहरू
सम्पादन गर्नुहोस्- राज, प्रकाश ए. (२०६१), "कोतपर्वकी महारानी राज्यलक्ष्मी", तवीन पब्लिकशन्स, अन्तिम पहुँच २० श्रावण २०७९।