रञ्जित गज्मेर एक प्रसिद्ध नेपाली चलचित्र तथा बलिउड चलचित्रका सङ्गगीतकार हुन् ।

रञ्जित गज्मेर
व्यक्तिगत विवरण
जन्म३ अक्टोबर १९४१
दार्जिलिङ, भारत
पेशासङ्गीत निर्देशक

शुरुवाती जीवन सम्पादन गर्नुहोस्

उनी अम्बर गुरुङको दार्जिलिङ, भारतमा स्थित आर्ट एकेडेमी अफ म्युजिकमा सङ्गीत अध्ययन गर्दथे।[१] उनका समकालिन गायकहरू गोपाल योञ्जन, कर्म योञ्जन, शरण प्रधान, अरुणा लामा र जितेन्द्र बरदेवा हुन्। उनी सङ्गम क्लबका सदस्य हुन् तथा हिलीयन्स, दार्जिलिङको प्रथम पश्चिमी सङ्गीतिक ब्यान्डका ड्रमर थिए। सन् १९६६ मा उनी वीरगञ्ज गए जसमा उनका साथीमध्ये एक अनुराधा कोइराला थिइन् । सन् १९६७ मा उनी काठमाण्डौ प्रस्थान गरी रेडियो नेपालमा स्टुडियो सङ्गीतकार पनि बने। पछि उनी मुम्बई (बम्बई)मा सङ्गीतिक कार्यकाल बनाउन आरडी बर्मनकहाँ गए।[२]

सङ्गीत सम्पादन गर्नुहोस्

उनले आरडी बर्मनको विभिन्न हिन्दी गीतमा मादल बजाएका थिए । सन् १९८२ मा उनले आशा भोसलेको लागि नेपाली सङ्गीतको व्यवस्था मिलाइदिए । उनले विभिन्न नेपाली चलचित्रका गीतहरूमा सङ्गीत भरेका छन् । सम्झना, कुसुमे रुमाल, लाहुरे, साइनो, र दर्पण छायाँ मा उनले काम गरिसकेका छन् ।

साङ्गीतिक सङ्गालो सम्पादन गर्नुहोस्

वर्ष चलचित्र कैफियत
१९८१ बाँसुरी
१९८३ सम्झना
१९८५ कुसुमे रुमाल
१९८५ वासुदेव
१९८७ साइनो
१९८९ लाहुरे
१९९१ चिनो
१९९१ तृष्णा
१९९२ दुई थोपा आँसु
१९९३ कोसेले
१९९४ दक्षिणा
१९९६ देउता
२००१ दर्पण छायाँ
२००२ लहना
२००७ दुई किनारा

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "नेपाली मादल बजाउन अब्बल रञ्जित गज्मेर मुम्बईमा", द टेलिग्राफ, मे १४, २००७, अन्तिम पहुँच १९ जुलाई २०१२ 
  2. "रञ्जित गज्मेर: उनको आमाको प्यारो छोरो", दार्जिलिङ टाइम्स, जुन ३०, २००९, अन्तिम पहुँच १९ जुलाई २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-१७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्