बासुदेव

नेपाली चलचित्र

बासुदेव एक नेपाली कथानक चलचित्र हो । आख्यानकार डा. ध्रुवचन्द्र गौतमको उपन्यास ‘कट्टेल सरको चोटपटक मा आधारित रहेर २०३९ सालमा सुटिङ सुरु भएको यो फिल्म २०४१ मा सार्वजनिक प्रदर्शनीमा आएको थियो ।[१]

बासुदेव

पृष्ठभूमि सम्पादन गर्नुहोस्

०३७ सालमा उपन्यास ‘कट्टेल सरको चोटपटक’ बजारमा आयो । आएकै वर्ष नीर शाहले पढे । कथा उनको आँखामै बिलायो । उनलाई यसमा चलचित्र बनाउनुपर्छ भन्ने लाग्यो । शाहले लेखक डा. ध्रुवचन्द्र गौतमसँग उनले अनुमति मागे । गौतमले पनि स्वीकृति दिए । शाहले चलचित्र निर्माण सुरु गरे । साढे तीन लाख रुपैयाँ शाहसँगै थियो । उनले साथीसँग साढे तीन लाख हाल्न लगाए । सात लाख जम्मा भयो । तर, त्यतिले चलचित्र निर्माण हुने अवस्था थिएन । उनले व्यापारी विनोद चौधरीलाई सम्झिए । उनले ‘कट्टेल सरको चोटपटक - बासुदेव’ उपन्यास पुस्तक चौधरीलाई पढ्न भनेर दिए । उनले पनि लगानी गर्न तयार रहेको बताए । चलचित्रमा सात लाख रुपैयाँ उनले लगानी गरे । १४ लाखमा चलचित्र निर्माण भयो ।[२]

कथा सम्पादन गर्नुहोस्

कुमार (नीर शाह) व्यापार मार्फत कालोधन कमाउँथे । बासुदेव कट्टेल सर ( हरिहर शर्मा ) चलचित्रमा आदर्श चरित्र हुन्छन् । बासुदेव सर आदर्शको प्रतिमूर्ति हुन्छ । उनको शिर सधैं उचो हुन्छ । आफ्नै व्यापारी साथी कुमारको लोभ लालचबाट उनी सधैं टाढै रहन्छन् । तर कुमारले उनको नैतिकता माथि पलपलमा प्रहार गरिरहन्छ । उनको नैतिकता डगाएर आफ्नो व्यापारको हिस्सा बनाउन चाहन्छ । तर सतीसाल जस्तै बासुदेवको नैतिकता झन् बलियो हुँदै गएको देखेर चुर भएको कुमार बासुदेवकै घरमा पुगेर उसकी छोरी र श्रीमतीको इज्जत लुट्न खोज्छ । कुमारको व्यवहारले अति भएपछी, बासुदेव कुमारको घर पुगेर उसको घाँटी थिचेर मारिदिन्छ र भन्छ– यो देशलाई तँजस्ता मान्छेको आवश्यकता छैन ।

कुमारको हत्या गरेर निस्किएको बासुदेव हृदयघातले मर्छ ।[२]

पात्रहरू सम्पादन गर्नुहोस्

गीत सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

नेपाली चलचित्र उद्योग