दुई थोपा आँसु (चलचित्र)

नेपाली चलचित्र



दुई थोपा आँसु (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । अजम्बरी फिल्मस् प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो ।चलचित्रमा भुवन के.सी., श्रवण घिमिरे, अनुराधा सावन्त, टीका पहारी, हिउंवाला गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।चलचित्रमा रन्जित गजमेरको संगीत, राजु शाहको नृत्य, हरि रायको छाँयाकन, वाइ आर लामाको द्धन्द रहेको छ ।कुमार सानु, इन्द्रजीत मिजार, साधना सरगम, भारती घिमिरे र हिरा रसाइलीकोे पाश्र्व स्वर रहेको छ ।निर्देशन, कथा, पटकथा, संवाद तथा सम्पादन तुलसी घिमिरेकोे रहेको छ । इष्टम्यान कलरमा निर्माण गरिएको यो चलचित्रको निर्माण लागत २५ लाख रहेको छ ।वि.सं. २०४९ साल पौष २० गते प्रथम प्रर्दशन गरिएको थियो ।सवनम रिसाल, कुसुम कुमारी, प्रदीप सिंह र किशोर आलो चलचित्रका निर्माता हुन् ।

दुई थोपा आँसु
देशनेपाल
भाषानेपाली

पात्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्