यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना

२०७९ माघ १ मा भएको यति एयर दुर्घटना

यति एयरलाइन्सको उडान ६९१ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि सञ्चालन गर्दै आइरहेको एक आन्तरिक यात्रुवाहक उडान थियो। वि.सं. २०७९ माघ १ गतेका दिन यो उडान सञ्चालन गर्ने एटिआर ७२-५०० विमान सेतीगण्डकी नदी किनारमा पोखरामा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो।[१][२]

यति एयरलाइन्सको एटिआर-७२ विमान दुर्घटना
दुर्घटना हुनुभन्दा तीन महिनाअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाज
दुर्घटना
मिति१ माघ २०७९
सारांशअवतरणको क्रममा दुर्घटना
स्थलपोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नजिक पोखरा, नेपाल
२८°११′३८″उ॰ ८३°५८′५६″पू॰ / २८.१९३८९°N ८३.९८२२२°E / 28.19389; 83.98222निर्देशाङ्कहरू: २८°११′३८″उ॰ ८३°५८′५६″पू॰ / २८.१९३८९°N ८३.९८२२२°E / 28.19389; 83.98222
विमान
विमानको प्रकारएटिआर ७२-५००
सञ्चालकयति एयरलाइन्स
आइएटिए उडान सं.वाइटी ६९१
आइसिएओ उडान सं.एनवाइटी ६९१
परिचयक चिह्नयति एयरलाइन्स ७९१
दर्ता नम्बर९एन-एएनसी
विमान उडानत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ, नेपाल
गन्तव्यपोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, नेपाल
सिट सङ्ख्या७२
यात्रुहरू६८
चालक दल
मृत्यु७२

एयरलाइन्सले जानकारी गराए अनुसार १५ विदेशी नागरिक र चालक दलका चार सदस्यसहित ७२ जना विमानमा सवार थिए भने दुर्घटनामा परी सबै ७२ जनाको मृत्यु भएको थियो। [३] जसमध्ये ५३ नेपाली, ५ भारतीय, ४ रुसी, २ कोरियाली, एक/एकजना अर्जेन्टिनी, अस्ट्रेलियाली, आइरिसेलीफ्रान्सेली नागरिक रहेका थिए। यो सन् १९९२ पछिको नेपालको सबैभन्दा दुःखद हवाई दुर्घटना हो।

दुर्घटना सम्पादन गर्नुहोस्

पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य र दोस्रो ठूलो सहर हो। उडान स्थानीय समय अनुसार बिहान १०:३३ मिनेटमा काठमाडौँबाट उडेको थियो।[४] यो विमान अवतरण गर्ने क्रममा सेती नदीको किनारमा दुर्घटना भएको हो।[५] दुर्घटना हुनुभन्दा केही समयअघि खिचिएको भिडियोमा विमान दुर्घटना हुनुभन्दा अगाडि बायाँ तिर ढल्किएको देखिएको थियो। त्यस्तै विमानभित्रबाट खिचिएको भनिएको एक भिडियोमा दुर्घटनापछि आगोको राँको देख्न सकिन्छ।[६]

यात्रुहरू सम्पादन गर्नुहोस्

जहाजमा ६८ यात्रु र चार नेपाली चालक दलका सदस्यहरू रहेका थिए। यात्रुमा ५३ नेपाली, पाँच भारतीय, चार रुसी, दुई दक्षिण कोरियाली, एक अर्जेन्टिनी, एक अस्ट्रेलियाली, एक फ्रान्सेली र एक आयरिसेली थिए।[७][८] यात्रुमध्ये दुई शिशु पनि थिए।[९]

यस दुर्घटनामा कम्तिमा ६९ जनाको ज्यान गएको थियो र सन् १९९२ मा पाकिस्तान अन्तर्राष्ट्रिय एयरलायन्सको विमानको दुर्घटनापछि नेपालको सबैभन्दा दुःखद हवाई दुर्घटना थियो।[१०] यो इतिहासमा तेस्रो सबैभन्दा घातक हवाई दुर्घटना थियो।[११]

नागरिकता यात्रु चालक दल कुल
  नेपाल ५३ ५७
  भारत
  रुस
  दक्षिण कोरिया
  आयरल्यान्ड
  अर्जेन्टिना
  अस्ट्रेलिया
  फ्रान्स
कुल ६८ ७२

प्रतिक्रिया सम्पादन गर्नुहोस्

अधिकारीहरूले उद्धार कार्य सुरु गरेपछि विमानस्थललाई बन्द गरिएको थियो।[१२] दुर्घटनापछि नेपाल सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको थियो[१३] भने नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले ‘दुःखद र दु:खद दुर्घटनाबाट आफू गहिरो दुःखी भएको’ बताएका थिए।[१४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "पोखरामा यति विमान दुर्घटना : ६८ जनाको शव फेला", इ-कान्तिपुर, २०७९ माघ १, अन्तिम पहुँच १ माघ २०७९ 
  2. "पुरानो विमानस्थल नजिकै यतीको विमान दुर्घटना; विमानमा सवार ७२ जनाको मृत्यु ,६८ को सनाखत", न्युज अफ नेपाल, २०७९ माघ १, अन्तिम पहुँच १ माघ २०७९ 
  3. "पोखरामा यति विमान दुर्घटना", नेपालप्रेस, २०७९ माघ १, अन्तिम पहुँच १ माघ २०७९ 
  4. "Plane with 72 people onboard crashes near Nepal's Pokhara airport, 36 bodies recovered so far", India Today (अङ्ग्रेजीमा), मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-१५ 
  5. Bhandari, Shashwat (२०२३-०१-१५), "Nepal: Moment when Yeti Airlines plane tilted mid-air before it crashed near Pokhara Airport | WATCH", www.indiatvnews.com (अङ्ग्रेजीमा), मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-१५ 
  6. "Tragic viral video: Residents of UP's Ghazipur were sharing their live video feed on a social media platform, when #Nepal Flight crash happened. Five... | By Tara C Negx | Facebook", www.facebook.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१५ 
  7. Sarkar, Alisha Rahaman (२०२३-०१-१५), "40 bodies recovered as plane with 72 people on board crashes in Nepal", The Independent (अङ्ग्रेजीमा), मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-१५ 
  8. Hradecky, Simon (२०२३-०१-१५), "Crash: Yeti AT72 at Pokhara on Jan 15th 2023, lost height on final approach", avherald.com, अन्तिम पहुँच २०२३-०१-१५ 
  9. Sarkar, Alisha Rahaman (२०२३-०१-१५), "40 bodies recovered as plane with 72 people on board crashes in Nepal", The Independent (अङ्ग्रेजीमा), मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-१५ 
  10. Sharma, Gopal (२०२३-०१-१५), "At least 40 killed in Nepal's worst air crash in nearly five years", Reuters (अङ्ग्रेजीमा), मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-१५ 
  11. Pokharel, Asha Thapa,Kathleen Magramo,Sugam (२०२३-०१-१५), "At least 68 killed in Nepal's worst airplane crash in 30 years", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१५ 
  12. Bureau, ABP News (२०२३-०१-१५), "At Least '16 Dead' In Nepal As Passenger Plane With 72 Persons Onboard Crashes At Pokhara Airpo", news.abplive.com (अङ्ग्रेजीमा), मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-१५ 
  13. "Nepal tragedy: Embassy tweets about Indians aboard plane, helpline", Hindustan Times, १५ जनवरी २०२३, मूलबाट १५ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ जनवरी २०२३ 
  14. Pokharel, Asha Thapa,Kathleen Magramo,Sugam (२०२३-०१-१५), "At least 68 killed in Nepal's worst airplane crash in 30 years", CNN (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०१-१५