म्यानमार

(म्यानमा बाट पठाईएको)

म्यानमार (बर्मी: ပြည်ထောင်စု သမ္မတ မြန်မာနိုင်ငံတော်‌), म्यानमा वा बर्मा[८]), वा प्राचीन नाम ब्रह्मदेश, आधिकारिक रूपमा म्यानमारको सङ्घीय गणतन्त्र, दक्षिणपूर्व एसियामा अवस्थित एक देश हो। म्यानमारको उत्तरी पश्चिममा बङ्गलादेश र भारत, उत्तर-पूर्वमा चीन, पूर्व र दक्षिणपूर्वमा लाओस, थाई देश, अण्डमान सागर र दक्षिण र दक्षिण पश्चिममा बङ्गालको खाडी अवस्थित छ। यसको कुल क्षेत्रफल ६,७६,५७८ वर्ग किलोमिटर (२,६१,२२८ वर्ग माइल) रहेको छ। क्षेत्रफलका आधारमा म्यानमार मुख्यभूमि दक्षिणपूर्वी एसियाली राज्यहरू मध्ये सबैभन्दा ठूलो देश हो।[४] सन् २०१७ सम्म, देशको जनसङ्ख्या करीव ५.४ करोड रहेको थियो। यसको राजधानी सहर नेपिडो हो भने यसको सबैभन्दा ठूलो सहर याङ्गुन (पूर्व रङ्गुन) हो। म्यानमार सन् १९९७ देखि दक्षिण पूर्व एसियाली राष्ट्र सङ्घको सदस्य रहँदै आएको छ।[१]

सङ्घीय गणतन्त्र म्यानमार

ပြည်ထောင်စု သမ္မတ မြန်မာနိုင်ငံတော်‌
म्यानमारको झण्डा
झण्डा
म्यानमारको निशान छाप
निशान छाप
राष्ट्रिय गान: 
  • "गबा म चे"
  • (नेपाली: "विश्वको अन्त्य सम्म")
Myanmar on the globe (Myanmar centered).svg
Location Burma (Myanmar) ASEAN.svg
उल्लेखित नक्सा  म्यानमार  (green)

ASEANमा  (dark grey)  —  [Legend]

राजधानीनेपिडो[a]
१९°४५′उ॰ ९६°६′पू॰ / १९.७५०°N ९६.१००°E / 19.750; 96.100
सबैभन्दा ठूलो सहरयाङ्गुन[b]
आधिकारिक भाषाहरूबर्मेली
मान्यता प्राप्त आञ्चलिक भाषाहरू
  • कचिन
  • कया
  • करेन
  • कुर्की
  • मोन
  • रखिन
  • शान
आधिकारिक लिपिबर्मेली लिपि
जातिगत समूहहरू
  • ६८% बमा
  • ९% शान
  • ७% करेन
  • ४% रखिन
  • २% मोन
  • ०.००६% कया
  • २% भारतीय
  • ८% अन्य
धर्म
थेरावाद बुद्ध ८७.९%
इसाई ६.२%
इस्लाम ४.३%
अन्य १.६%[२]
रैथाने(हरू)बर्मेली[३]
सरकारएकात्मक संसदीय संवैधानिक गणतन्त्र
विन मिएँ
• राज्य परामर्शदाता
आङ साङ सु ची
• पहिलो उपराष्ट्रपति
मिएँ स्वेँ
• दोस्रो उपराष्ट्रपति
हानरी भान थियु
व्यवस्थापिकासङ्घीय सभा
राष्ट्रियताको भभवन
प्रतिनिधि सभा
स्थापना
• पियु सहर राज्य
अन्दाजी 180 BCE
• बगान अधिराज्य
२३ डिसेम्बर ८४९
• तउङ्गु वंश
१६ अक्टोबर १५१०
• कुनभोङ वंश
२९ फेब्रुअरी १७५२
• बेलायतद्वारा आक्रमण
१ जनवरी १८८६
• स्वतन्त्रता
बेलायतबाट
४ जनवरी १९८४
• राज्यविप्लव
२ मार्च १९६२
• "बर्मा"बाट "म्यानमार"मा नाम परिवर्तन
१८ जुन १९८९
• राष्ट्रपति पदको बहाली
३० मार्च २०११
क्षेत्रफल
• जम्मा
६,७६,५७८ किमी (२,६१,२२८ वर्ग माइल) (३९औँ)
• पानी (%)
३.०६
जनसङ्ख्या
• सन् २०१७ जनगणना
५३,५८२,८५५ (सन् २०१७)[४] (२६औँ)
• घनत्व
७६ /किमी2 (१९६.८ /वर्ग माइल) (१२५औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०१९ लगत
• जम्मा
$३५५ अर्ब[५] (५१औँ)
• प्रति व्यक्ति
$६,७०७[५] (१२८औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०१९ लगत
• जम्मा
$६६ अर्ब[५] (७२औँ)
• प्रति व्यक्ति
$१,२४५[५] (१५५औँ)
गिनी (सन् २०१५)३८.१[६]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१८)०.५८४[७]
मध्यम · १४५औँ
मुद्राबर्मेली क्यात
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+०६:३० (म्यानमार मानक समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+९५
आईएसओ ३१६६ सङ्केतMM
इन्टरनेट डोमेन.mm
  1. ^ "नेपित"को रूपमा पनि उच्चारित।
  2. ^ "रङ्गुनको"रूपमा पनि उच्चारित

म्यानमारको प्रारम्भिक सभ्यताहरूमा उच्च बर्माको तिब्बती-बर्मी भाषा बोल्ने पियु सहर-राज्य र तल्लो बर्माका मोन राज्यहरू सामेल थिए। नवौँ शताब्दीमा, बर्मी मानिसहरू माथिल्लो इरावती घाटीमा प्रवेश गरेका थिए र सन् १०५० को दशकमा बगान साम्राज्य स्थापना पछि बर्मेली भाषा, संस्कृति र थेरावाद बौद्ध धर्म बिस्तारै यस देशमा प्रबल भएको थियो।[९] बगान राज्यहरू मङ्गोल आक्रमणको कारण पतन भएको थियो र पछि थुप्रै युद्धरत राज्यहरू देखा परेको थियो। १६औँ शताब्दीमा, तङ्गू राजवंशद्वारा एकीकृत भएको देश संक्षिप्त अवधिको लागि मुख्यभूमि, दक्षिणपूर्वी एसियाको इतिहासमा सबैभन्दा ठूलो साम्राज्यको रूपमा रहेको थियो।[१०] १९औँ शताब्दीको सुरुतिर कोनबाउङ राजवंशले आधुनिक म्यानमार समाहित क्षेत्रमा मनिपुर र असाम माथि पनि नियन्त्रण गरेको थियो। १९औँ शताब्दीमा बेलायत-बर्मी युद्धपछि ब्रिटिश इस्ट इन्डिया कम्पनीले म्यानमारको प्रशासन कब्जा गरेको थियो र यो देश बेलायती उपनिवेश बनेको थियोे।प्रजातान्त्रिक राष्ट्रको रूपमा सन् १९४८ मा म्यानमारलाई स्वतन्त्रता दिइएको थियो। सन् १९६२ मा भएको राज्य विप्लव पछि यो बर्मा समाजवादी दल अन्तर्गत एक सैन्य तानाशाही बनेको थियो।[११]

धेरै जसो स्वतन्त्र वर्षहरूमा यो देश व्यापक जातीय कलहमा अल्झिएको छ र यसका असङ्ख्य जातीय समूहहरू विश्वको सबैभन्दा लामो चलिरहेको गृहयुद्धहरूमध्ये एकमा संलग्न भएका छन्। यस समयमा, संयुक्त राष्ट्र सङ्घ र अन्य धेरै सङ्गठनहरूले देशमा लगातार र व्यवस्थित मानव अधिकारको उल्लङ्घन भएको जनाएका छन्। सन् २०११ मा, २०१० को आम चुनाव पछि सैन्य सरकार औपचारिक रूपले विघटन भएको थियो र कामचलाउ नागरिक सरकारको स्थापना गरिएको थियो। आङ सान सु की र अन्य राज नैतिक बन्दीहरूको रिहाइको साथ मुलुकको मानव अधिकार र वैदेशिक सम्बन्धमा सुधार आएको छ र यसले व्यापार र अन्य आर्थिक प्रतिबन्धहरूलाई सहज बनाएको छ।[१२] यद्यपि, जातीय अल्पसङ्ख्यकहरूप्रति सरकारले गरेको व्यवहार, जातीय विद्रोहप्रति यसको प्रतिक्रिया र धार्मिक झडपहरूको निरन्तर आलोचना भइरहेको छ। सन् २०१५ को ऐतिहासिक चुनावमा, आङ सान सु कीको दलले दुबै सभामा बहुमतले जित्न सफल भएको थियो। तथापि, राजनीतिमा बर्मेली सेना शक्तिशाली शक्तिको रूपमा रहन्छ। [१३] म्यानमार पूर्वी एसियाली शिखर सम्मेलन, असंलग्न आन्दोलन, दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन, बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयासको सदस्य हो तथापि, यो राष्ट्रमण्डलको सदस्य भने होइन। यो बहुमुल्य पत्थर, रत्न, तेल, प्राकृतिक ग्यास र अन्य खनिज संसाधनहरूमा धनी देश हो। म्यानमार नवीकरणीय उर्जाको साथ सम्पन्न छ। मेकङ नदीका अन्य देशहरूको तुलनामा योसँग सौर्य उर्जाको बढी क्षमता छ।[१४] सन् २०१२ मा यसको साङ्केतिक कुल ग्रहस्थ उत्पादन ५६.७ अर्ब अमेरिकी डलर रहेको छ भने र यसको कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) २२१.५ अर्ब अमेरिकी डलर रहेको थियोे। अर्थतन्त्रको ठूलो भाग पूर्व सैनिक सरकारका समर्थकहरूको नियन्त्रण रहेका कारण म्यानमारको आम्दानीको अन्तर विश्वको सबैभन्दा फराकिलो छ। सन् २०१६ सम्म, म्यानमार मानव विकास सूचकाङ्कका अनुसार यो १८८ देशहरू मध्ये १४५औँ स्थानमा रहेको छ। [७]

शब्दको उत्पत्तिसम्पादन

विशेष गरी हालका दशकहरूमा यस देशको नाम विवाद र असहमतिको विषय भएको छ, विशेष गरी म्यानमार र बर्मा प्रयोग गर्नेहरू राजनीतिक वैधानिकतामा केन्द्रित छ। दुबै नामहरू म्यानमार वा म्याम्माबाट बर्मेली भाषाबाट आएका हुन् जुन बहुमत बमा जातीय समूहको लागि एक उपनाम हो। यी शब्दहरू बाहेक संस्कृत भाषाको शब्द ब्रह्मादेशबाट बर्माको उत्पत्ति भएको थियो जुन देशको लोकप्रिय मध्ये एक हो।

सन् १९८९ मा, सैन्य सरकारले आधिकारिक रूपमा बर्माको औपनिवेशिक कालमा वा त्यसभन्दा पहिलेको देशका धेरै नामहरूको अनुवाद गर्दै परिवर्तन गरेको थियो र बर्माबाट म्यानमार बनेको थियो। पुन: नामाकरण प्रतिस्पर्धित मुद्दाको रूपमा रहेको छ। सत्तारूढ सेनाको सरकारले देशको नाम बदल्ने अधिकारलाई मान्यता नदिएको कारण धेरै राजनीतिक र जातीय विपक्षी समूहहरू र अन्य विभिन्न देशहरूले बर्माको प्रयोग गर्न जारी राखेका छन्।

अप्रिल २०१६ मा पदभार ग्रहण गरेपछि आङ सान सु किले कुन नाम प्रयोग गर्नुपर्दछ भन्ने प्रश्नको बारेमा धारणा व्यक्त गरेकी थिइन्। उनको देशको संविधानमा कुन नाम उपयुक्त वा वास्तविक हो भनेर उल्लेख नगरिएका कारण, जुन उपयुक्त लाग्छ सोही प्रयोग गर्न मिल्ने बताएकी थिइन्। उनको अनुसमर "म बर्मा धेरै पटक प्रयोग गर्दछु तर तपाईले पनि बर्माकै प्रयोग गर्नुपर्छ भन्ने छैन र म म्यानमारलाई समय-समयमा भन्ने कोशिस गर्नेछु ताकि तपाईहरू सबैजनालाई सहज महसुस होस्"

देशको आधिकारिक पूरा नाम "सङ्घीय गणतन्त्र म्यानमारको सङ्घीय गणराज्य" हो (बर्मी: ပြည်ထောင်စုသမ္မတ) तथापि, आधिकारिक रूपमा त्यो नामलाई मान्यता नदिने देशहरूले "सङ्घीय गणतन्त्र बर्मा"को प्रयोग गर्छन्। बृहत् नेपाली शब्दकोशमा, यो देश बर्मा वा म्यानमारको रूपमा उल्लेखित छ। यी दुवै नामहरू बहुसङ्ख्यक बर्मी बामर जातीय समूहको नामबाट लिइएको हो। म्यानमार समूहको साहित्यिक रूप मानिन्छ, जबकि बर्मा नाम "बामार"बाट लिइएको हो।

संयुक्त राज्य अमेरिकाको आधिकारिक नीतिले बर्मालाई देशको नामको रूपमा कायम राखेको थियो तथापि, विदेश विभागको वेबसाइटले उक्त देशलाई बर्मा (म्यानमार) को रूपमा सूचीबद्ध गरेको छ र तत्कालीन राष्ट्रपति बराक ओबामाले दुबै नामले उक्त देशलाई जनाएका थिए। विश्व तथ्य पुस्तकले अगस्ट २०१९ मा देशलाई बर्माको रूपमा सूचीबद्ध गरेको थियो। क्यानाडाको सरकारले विगतमा बर्माको प्रयोग गरेको थियो तर सन् २०१० को मध्यन्तमा सामान्यतया देशले म्यानमार प्रयोग गरेको छ। चेक गणतन्त्रले आधिकारिक रूपमा म्यानमारको प्रयोग गर्दछ, यद्यपि यसको विदेश मन्त्रालयले म्यानमार र बर्मा दुबैलाई यसको वेबसाइटमा प्रयोग गरेको छ। संयुक्त राष्ट्र सङ्घ, दक्षिण पूर्वी एसियाली राष्ट्र सङ्घ, अस्ट्रेलिया, रूस, जर्मनी, चीन, भारत, बङ्गलादेश, नर्वे, जापान र स्वीजरल्यान्डले म्यानमारको प्रयोग गर्दछन्।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "Burma", The World Factbook, U.S. Central Intelligence Agency, मूलबाट ६ अक्टोबर २०१०-मा सङ्ग्रहित। 
  2. "၂၀၁၄ ခုနှစ်လူ ဦး ရေနှင့်အိမ်အကြောင်းအရာသန်းခေါင်စာရင်း - ပြည်ထောင်စုအစီရင်ခံစာ - ဘာသာတရား", myanmar.unfpa.org, လူ ဦး ရေဌာနအလုပ်သမား၊ လူဝင်မှုကြီးကြပ်ရေးနှင့်ပြည်သူ့အင်အား ၀ န်ကြီးဌာန၊, मूलबाट २९ मार्च २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ फेब्रुअरी २०१९ 
  3. "ကျန်းမာရေးအသိုင်းအဝိုင်း၏ကိုယ်ရေးအချက်အလက်", ယဉ်ကျေးမှုပေါင်းစုံကျန်းမာရေးမူဝါဒယူနစ်, मूलबाट ११ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ अगस्ट २०१८ 
  4. ४.० ४.१ "Myanmar Population (2018) – Worldometers", worldometers.info 
  5. ५.० ५.१ ५.२ ५.३ "World Economic Outlook Database, October 2019", IMF.org, अन्तर्राष्ट्रिय मुद्रण कोष, अन्तिम पहुँच ३ जनवरी २०२० 
  6. "कुल राष्ट्रिय आय सूचकाङ्क (अनुमानित)", data.worldbank.org, विश्व बैङ्क, अन्तिम पहुँच ५ मार्च २०१९ 
  7. ७.० ७.१ "मानव विकास प्रतिवेदन सन् २०१९", संयुक्त राष्ट्र विकास कार्यक्रम, २०१९, अन्तिम पहुँच ९ डिसेम्बर २०१९ 
  8. "म्यानमार (ब्रह्मदेश)का नेपाली भाषी"। सङ्ग्रह मिति १६ जुन २०२० 
  9. O'Reilly, Dougald JW (२००७), Early civilizations of Southeast Asia, United Kingdom: Altamira Press, आइएसबिएन 978-0-7591-0279-8 
  10. "Burma", Human Rights Watch, अन्तिम पहुँच ६ जुलाई २०१३ 
    "Myanmar Human Rights", Amnesty International USA, अन्तिम पहुँच ६ जुलाई २०१३ 
    "World Report 2012: Burma", Human Rights Watch, २२ जनवरी २०१२, मूलबाट ३० जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जुलाई २०१३ 
  11. Madhani, Aamer (१६ नोभेम्बर २०१२), "Obama administration eases Burma sanctions before visit", USA Today 
    Fuller, Thomas; Geitner, Paul (२३ अप्रिल २०१२), "European Union Suspends Most Myanmar Sanctions", The New York Times 
  12. "The 8 Stages of Genocide Against Burma's Rohingya | UN DispatchUN Dispatch", Undispatch.com, २७ मे २०१३, अन्तिम पहुँच १३ अप्रिल २०१४ 
    "EU welcomes "measured" Myanmar response to rioting", रेउटर्स, ११ जुन २०१२। 
    "Q&A: Communal violence in Burma", बिबिसी, अन्तिम पहुँच १४ अक्टोबर २०१३ 
  13. "ဗမာ (မြန်မာ)"ကမ္ဘာ့စီးပွားရေးအလားအလာဒေတာဘေ့စ်। နိုင်ငံတကာပုံနှိပ်ရန်ပုံငွေ। 
  14. "Income Gap 'world's widest'", द नेसन, ४ सेप्टेम्बर २०१३, मूलबाट १५ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१४ 
    म्याकनेस, डेनिस (२२ अक्टोबर २०१३), "बर्मामा आय असमानता", बर्मा प्रजातान्त्रिक आवाज, मूलबाट १५ सेप्टेम्बर २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच १५ सेप्टेम्बर २०१४ 

बाह्य कडीहरूसम्पादन

म्यानमारको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:

  परिभाषा विकिस्नरीबाट
  पाठ्यपुस्तक विकिपुस्तकबाट
  उद्धरण विकिकथनबाट
  स्रोत पदहरू विकिस्रोतबाट
  चित्र तथा मिडिया कमन्सबाट
  समाचार विकिसमाचारबाट
  सिक्ने स्रोतहरू विकिभर्सिटीबाट

सरकार

साधारण जानकारी


अर्थतन्त्र

कृषि

व्यापार

वातावरण