म्यागी डोएन

अमेरिकी समाजसेवी

म्यागी डोएन (अङ्ग्रेजी: Maggie Doyne) (जन्म नोभेम्बर ७, १९८६) एक अमेरिकी समाजसेवी हुन् जसले नेपालको सुर्खेतमा बालगृह, महिला केन्द्र र विद्यालय बनाएकी छिन् । उनले सन् २०१५ मा सिएनएन हिरो पुरस्कार जितेकी थिइन् ।[१]

म्यागी डोएन
जन्ममार्गरेट मेरी डोएन
(1986-11-07) ७ नोभेम्बर १९८६ (उमेर ३७)
मेन्डम बरो, न्यू जर्सी, संयुक्त राज्य अमेरिका
पेशासमाजसेवी
वेबसाइटhttp://www.blinknow.org/

बाल्यकाल सम्पादन गर्नुहोस्

डोएन बुबा स्टिभ, आमा न्यान्सी तथा दिदीबहिनी केट र लिब्बीसँग न्यू जर्सीको मेन्डम बोरोमा हुर्किएकी थिइन्।[२][३] उनको जन्म पछि उनका बुबाले किराना पसलमा प्रबन्धकको काम छोडी घर बसी उनको स्याहारसुसार गर्न थालेका थिए। उनकी आमाले भने घरजग्गा बिक्रीको पेशालाई निरन्तरता दिएकी थिइन्। डोएनले वेस्ट मोरिस मेन्डम हाइ स्कूलमा पढाइ पुरा गर्की थिइन्।[४]

प्रथम नेपाल भ्रमण सम्पादन गर्नुहोस्

सन् २००५ मा माध्यमिक तह पूरा गरेपछि डोएनले भ्रमण गर्न एक वर्ष पढाइबाट विश्राम लिएकी थिइन्। त्यस भ्रमणमा उनले भारतको उत्तरप्रदेशमा रहेको एक बालगृहमा स्वयमसेवा गरेकी थिइन्। त्यहाँ हुँदा उनले नेपालको शरणार्थीलाई साथी बनाएकी थिइन् जसले उनलाई माओवादी जनयुद्धको बिचमा आफ्नो गाउँसम्म पुर्याउने काम गरेकी थिइन्।[५][६]

नेपालमा डोएनले ६ वर्षे हिमालाई भेटिन् जसले नदीमा ढुङ्गा फुटाई कमाउने थोरै पैसाले जीविकोपार्जन गरिरहेकी थिइन्। डोएनले हिमाको विद्यालयमा भर्ना गरी उनको सबै शिक्षण शुल्क तिरिदिएकी थिइन्। उनले छिटै अन्य बालबालिकालाई पनि विद्यालयमा भर्ना गराएकप थिइन्।[५] उनको आमाबुबालाई उनले आयाको कामबाट कमाएकी $५,००० पठाउन लगाई अझै धेरै बालबालिकालाई विद्यालयमा भर्ना गराइन्।[७][८]

आफ्नो लगानीका साथै विश्वभरका समर्थकले पठाएका कोषबाट डोएनले सुर्खेतमा जग्गा खरिद गरेकी थिइन्।[९] नेपालका तोप मल्लले उनलाई परियोजना साझेदारका रूपमा साथ दिए ।[१०]

अहिले उनले नेपालमा विद्यालय, बालगृह र महिला केन्द्र निर्माण गरेकी छिन्।[११]

ब्लिङ्कनाउ फाउन्डेसन सम्पादन गर्नुहोस्

ब्लिङ्कनाउ फाउन्डेसन सुर्खेतस्थित कोपिला भ्याली चिल्ड्रेन्स होम, स्कूल एण्ड विमेन्स सेन्टर र न्यू क्याम्पसको व्यवस्थापन र आर्थिक सहयोगका लागि डोएनद्वारा सन् २००७ मा स्थापना गरिएको गैर नाफामुखी सङ्गठन हो । संयुक्त राज्य र नेपालमा मुख्यालय भएको ब्लिङ्कनाउले सुर्खेतमा आत्मनिर्भरता र दिगो विकासको प्रवर्धन गर्छ ।

कोपिला भ्याली सम्पादन गर्नुहोस्

डोएनको ब्लिङ्कनाउ फाउन्डेसनको आर्थिक सहयोगमा चल्ने कोपिला भ्यालीअन्तर्गत दिगोपनको सिद्धान्तमा केन्द्रित विद्यालय, बालगृह, महिला केन्द्र र अस्पताल पर्दछन् ।

सन् २००७ मा कोपिला भ्याली चिल्ड्रेन्स होमको स्थापना भएपछि डोएन ४५ भन्दा बडी बालबालिकाको कानूनी अभिभावक बनिन् । नेपाली हेरचाहकर्ताका साथ म्यागी यही घरमा बसी बालबालिकाको स्याहारसुसार गर्छिन् ।

नेपालमा शिक्षाको अवस्थाबाट असन्तुष्ट भई डोएनले सन् २०१० मा कोपिला भ्याली स्कूलको स्थापना गरेकी थिइन् जसमा अहिले ४०० भन्दा बडी विद्यार्थीहरूको भर्ना भएको छ । कत्ति विद्यार्थी त आफ्नो परिवारमा शिक्षा पाउने पहिलो सदस्य पनि रहेका छन् । शिक्षक, कर्मचारी, प्रधानाध्यापक, उपप्रधानाध्यापक, स्वास्थ्यसेवक र सल्लाहकारका पदमा ५० जना नेपालीहरूले काम पाएका यस विद्यालयमा पोषणयुक्त खानेकुराको व्ययास्था गरिएको छ । पाठ्यक्रम विकास केन्द्र अनुसारको शिक्षाका साथै सङ्गीत, नृत्य, खेलकुद लगायत अन्य अतिरिक्त गतिविधि पनि उपलब्ध गराइएको छ । सिर्जनशीलता र सोचको विकासका लागि नेपाली र अङ्ग्रेजी भाषामा पाठ पढाइन्छ । सन् २०१२/१३ मा यस विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थीहरूले पहिलो पटक जिल्ला स्तरीय परीक्षा दिए । उक्त परीक्षामा सबै विद्यार्थीहरू उत्तीर्ण भई कोपिला भ्याली स्कूल आफ्नो क्षेत्रमा यस्तो उपलब्धि हासिल गर्ने पहिलो विद्यालय बन्न पुग्यो । यस विद्यालयमा प्रत्येक वर्ष २०० भन्दा बडी आवेदन फारम पठाइन्छ जसमध्ये आवेदकको आवश्यकता अनुसार भर्ना गरिन्छ ।

सन् २०११ मा कोपिला भ्याली स्कूलको साझेदारीमा कोपिला भ्याली हेल्थ क्लिनिकको स्थापना भयो । यस स्वास्थ्य केन्द्रले कोपिला भ्याली स्कूलमा पढ्ने विद्यार्थीका साथै सुर्खेतमा बसोबास गर्ने व्यक्तिहरूलाई प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्छ ।

सन् २०१३ मा महिला सशक्तिकरण र महिलाहरूलाई प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले कोपिला भ्याली विमेन्स सेन्टरको स्थापना गरियो । यस महिला केन्द्रका भूतपूर्व प्रशिक्षणार्थीहरूले कोपिला भ्याली स्कूलका लागि पोशाकको तयारी गर्छन् ।

कोपिला भ्याली स्कूलमा पढ्ने विद्यार्थीहरूमध्ये घरको वातावरण अनुकूल नभएका १० जना केटीहरूलाई माया र समर्थन दिन र समाजमा पुनर्स्थापन गर्नका लागि सन् २०१७ मा कोपिला भ्याली बिग सिस्टर्स होमको स्थापना गरियो ।

डोएन र उनको टोली अहिले कोपिला भ्याली क्याम्पसको प्रतिस्थापन गर्नमा कार्यरत छन् । अभियन्ता, विकासकर्ता र पर्यावरणविदको टोली मिलेर विद्यालय बनाउने दिगो र वातावरणलाई क्षति नहुने तरिकाले विद्यालय भवनको निर्माण गर्नमा लागेका छन् । अहिलेको विद्यालय भवन भन्दा २ कि.मि. पर ८००० वर्ग मिटरको क्षेत्रमा खडा हुन लागेको नयाँ कोपिला भ्याली स्कूलले प्राथमिक देखि उच्च शिक्षा प्रदान गर्नेछ । ५०० जना विद्यार्थी अटाउने यस विद्यालयमा १८ वटा कक्षाहरू हुनेछन् । अहिले नयाँ क्याम्पसको क्षेत्रमा कोपिला भ्याली स्कूल र कोपिला भ्याली चिल्ड्रेन्स होममा ताजा फलफूल र तरकारी पठाउन सानो खेत बनाइएको छ ।

सम्मान सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "सन् २०१५ को सिएनएन हेरो: म्यागी डोएन", सिएनएन, अन्तिम पहुँच नोभेम्बर १९, २०१५ 
  2. मूनी, गेल, "जुलाई ४ को लागि म्यागी संयुक्त राज्यमा", ओपनिङ आवर आइज, जुलाई ६, २०११।
  3. बेल्किन, लिसा (अक्टोबर २२, २०१०)। "जब एक बालक नेपालमा बसाइ सर्छ"द न्यू योर्क टाइम्स 
  4. गार्बर, फिल, "विश्राम पछि पनि मेन्डमकी म्यागीमा कामको ज्वाला जलिरहेछ", अब्जर्बर ट्रिब्यून, सेप्टेम्बर ६, २०१३।
  5. ५.० ५.१ बेल्किन, लिसा (अक्टोबर २२, २०१०)। "जब एक बालक नेपालमा बसाइ सर्छ"मदरलोड ब्लग 
  6. मनिषा, थापा। "२३ वर्षिया विदेशी युवतीले उकासिन २०० टुहुरा बालबालिकाको जीवन, भन्छिन, '८० लाख मानिसलाई विर्सनुहोस, एकबाट शुरु गर्नुहोस'(भिडियो)"पिएनपि खबर। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  7. "परिवर्तित पुस्ता: म्यागी डोएन", फास्ट कम्पनी, नोभेम्बर ४, २०१०। 
  8. एन, भिकी (जून ५, २००९), "उनले विश्व परिवर्तन गरिरहेकी छिन् ।", टाइम फर किड्स।  वेब्याक मेसिन अभिलेखिकरण २०११-०८-१३ मिति
  9. ९.० ९.१ "नेपालमै काम गर्ने म्यागी डोयन भईन २०१५को सीएनएन हिरो"जनबोली। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  10. "हाम्रो टोली"ब्लिङ्कनाउ फाउन्डेसन 
  11. "सिएनएन हिरो सुर्खेतमा कोरोनापीडितलाई सहयोग गर्दै"बिआरटीनेपाल। सङ्ग्रह मिति ३ अगस्ट २०२० 
  12. "कस्मोगर्ल अफ द यर २००८: म्यागी डोएन"। कस्मोगर्ल। डिसेम्बर १, २००८। 
  13. "२००९ को $१००,००० विजेता"। डु सम्थिङ। 
  14. "फोर्ब्स ४०० देखि नेपालको अस्पतालसम्म"फोर्ब्स 
  15. "फोर्ब्स महिला सम्मेलन २०१३"फोर्ब्स 
  16. "म्यागी डोएनलाई भेट्नुहोस्"फोर्ब्स 
  17. "२०१४ अन्सङ हिरो अफ कम्प्याशन"न्यू अन्सङ हिरोज (अङ्ग्रेजी भाषा)। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्