ब्लिङ्कनाउ फाउन्डेसन

गैर नाफामुखी सङ्गठन

ब्लिङ्कनाउ फाउन्डेसन (अङ्ग्रेजी: BlinkNow Foundation) सुर्खेत, नेपालमा विश्वव्यापी मान्यता प्राप्त विद्यालय र बालगृह चलाउने गैर नाफामुखी सङ्गठन हो। १९ वर्षको हुँदा म्यागी डोएनले स्थापना गरेको यस सङ्गठनले अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा प्राप्त गरेको छ।[१]

ब्लिङ्कनाउ फाउन्डेसन
गठनसन् २००७
संस्थापकम्यागी डोएन
सेवा क्षेत्र
सुर्खेत, नेपाल
वेबसाइटblinknow.org

कार्यक्रम सम्पादन गर्नुहोस्

सुर्खेतस्थित कोपिला भ्याली स्कूलमा ४०० भन्दा बडी गरिब बालबालिकालाई नि:शुल्क शिक्षा प्रदान गर्नुका साथै १०० भन्दा बडी व्यक्तिहरूलाई जागिर प्रदान गरिएको छ।[२] कोपिला भ्याली चिल्ड्रेन्स होमले अनाथ तथा घरमा प्रतिकूल वातावरण भएका बालबालिकालाई आश्रय, पोषण र सहायता प्रदान गर्छ। कोपिला भ्यालीमा महिला केन्द्र र स्वास्थ्य केन्द्रको पनि व्यवस्था गरिएको छ।

दिगोपन सम्पादन गर्नुहोस्

ब्लिङ्कनाउले दिगोपनको सिद्धान्तलाई धेरै महत्त्व दिन्छ। सन् २०१७ मा स्थापित कोपिला भ्याली स्कूललाई नेपालकै सबैभन्दा वातावरण मैत्री विद्यालय घोषणा गरिएको थियो।[३] यस विद्यालयमा सौर्य ऊर्जा र वर्षा पानी संचयन गर्नुका साथै माटोले बनेको भित्ता राखिएको छ।[३][४] सन् २०१९ मा ब्लिङ्कनाउलाई जायेद दिगोपन पुरस्कारको विश्वव्यापी उच्च माध्यमिक विद्यालयको श्रेणीमा मनोनयन गरिएको थियो।[५]

उल्लेखनीय समर्थक सम्पादन गर्नुहोस्

ब्लिङ्कनाउ फाउन्डेसनका संस्थापक म्यागी डोएनले सन् २०१५ मा सिएनएन हिरो अवार्ड जितेपछि यस संगठनको ख्याती फैलिन थाल्यो। एलिजाबेथ गिल्बर्टले डोएन उनको किताब ईट, परे, लवबाट प्रेरित भएको थाहा पाएपछि उनले यस संगठनको लागि पैसा उठाउन गीत गाएकी थिइन्।[६] अगस्ट २०१९ मा ह्यारीमेगन मार्कलले इन्स्टाग्राममा ब्लिङ्कनाउ लगायत अन्य सङ्घसंस्थालाई उल्लेख गरेका थिए।[७]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. क्रिस्टफ, निकोलस (अक्टोबर २०, २०१०), "संसार कसरी बदल्ने", द न्यू योर्क टाइम्स 
  2. वाङ, लुसी (अप्रिल १०, २०१९), "कोपिला भ्याली स्कूल - नेपालकै सबैभन्दा वातावरण मैत्री विद्यालय", इनह्याबिट्याट 
  3. ३.० ३.१ "ब्लिङ्कनाउले नेपालकै सबैभन्दा वातावरण मैत्री विद्यालय कसरी बनायो", रिइम्याजिन एजुकेशन (३८), अन्तिम पहुँच अक्टोबर ३, २०१९ 
  4. टियो, शेलिन (मे २४, २०१९), "नेपालमा वातावरण मैत्री विद्यालयको अभियान", नेपाली टाइम्स 
  5. "जायेद दिगोपन पुरस्कारको मनोनयन", जायेद दिगोपन पुरस्कार। 
  6. ला गोर्स, ट्यामी (जून ३, २०१६), ""ईट, प्रे, लव"ले नेपालमा बालगृह बनाउन प्रेरित गर्यो", द न्यू योर्क टाइम्स 
  7. मे, मेलनी (अगस्ट १६, २०१९), "ह्यारी र मेगनले अन्तर्राष्ट्रिय संगठनको समर्थनमा इन्स्टाग्राम चलाउँछन्", संयुक्त अधिराज्य कोष सङ्कलन 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्