मयूर

मयूर ग्यालिफर्म्स वर्गमा पर्ने चरा हो।

मयूर (अङ्ग्रेजी: Peafowl) ग्यालिफर्म्स वर्गमा पर्ने चरा हो। यसको मूल वासस्थान दक्षिणी र दक्षिणपूर्वी एसिया हो । यो चरा अन्य चराचुरुङ्गी जस्तै खुल्ला वनमा बसोबास गर्छ। अंग्रजीमा भाले मयूरलाई पिकक र पोथीलाई पिहेन भनिन्छ। भाले मयूरको सुन्दर र निलो, हरीयो तथा सुनौलो लगायतका रंग-बिरंगी प्वाँखले बनेको पंखेटा र पूच्छर हुन्छ, जसलाई मयूरले विशेष रूपले बसन्त तथा वर्षाको मौसममा (जुन समयमा यिनीहरूको प्रजनन प्रक्रिया शुरु हुन्छ) पोथीलाई फकाउनको लागि खोलेर नाच्दछ,। मयूरको मुख्यत: भारतिय निलो मयूरहरीयो मयूर गरी दुई वटा प्रजाति रहेका छन। भारतिय नीलो मयूर दक्षीण एसियामा पाइन्छ, जुन भारतश्रीलङ्काको राष्ट्रिय पंक्षी पनि हो। भने हरीयो मयूर चाहिं दक्षिणपूर्वी एसियामा पाईने गर्छ। यि दुबै प्रजातिमा केही भिन्नता भएपनि एक अर्का सँग मिल्दाजुल्दा हुन्छन्। डिज्ने एनिमल किङडम(Disney's Animal Kingdom)मा भएको पोथी मयूरको एक चलचित्र।

मयूर
भारतीय नीलो भाले मयूर (पछाडि) र पोथी मयूर (अगाडि)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Pavo पाभो
लिन्नेअस, १७५८
Species

Pavo cristatus
Pavo muticus

नेपालको चिडियाघरमा रहेको मयूर
अराभथ कासारागडमा मयूरको अण्डा
ब्रास रथमा मयूर, सियरसोल राजबारी, पश्चिम बंगाल, भारत

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्