मङ्गलसेन नगरपालिका

(मंगलसेन नगरपालिकाबाट अनुप्रेषित)

मङ्गलसेन नगरपालिका अछाम जिल्लामा पर्छ। मङ्गलसेनलाई नगरपालिका घोषणा गर्दा मङ्गलसेन, कुन्ति बण्डाली, कालागाउँ, बान्नातोली, जनाली बण्डाली , ओलिगाउँ, जुपु गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। यस नगरपालिकाको केन्द्र मङ्गलसेन बजारमा कायम गरिएको छ। बि.स. २०७१ जेठ ४ गतेदेखि यो ठाउँ नगरपालिकामा परिणत भएको हो।[१] आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा मङ्गलसेन पनि नगरपालिका बनेको हो। मुलुकमा अब महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका जोडेर १३० पुगेको छ भने गाविसको सङ्ख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन्।

मङ्गलसेन नगरपालिका
को अवस्थिति
मङ्गलसेन नगरपालिका is located in सुदूरपश्चिम प्रदेश
मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिका
नेपालमा मङ्गलसेनको अवस्थिति
मङ्गलसेन नगरपालिका is located in नेपाल
मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिका
मङ्गलसेन नगरपालिका (नेपाल)
निर्देशाङ्क: २९°०८′N ८१°१३′E / २९.१३°N ८१.२१°E / 29.13; 81.21निर्देशाङ्कहरू: २९°०८′N ८१°१३′E / २९.१३°N ८१.२१°E / 29.13; 81.21
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाअछाम जिल्ला
सरकार
 • मेयरपदम बहादुर बोहरा
 • उप मेयरसरिता उपाध्याय
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२१५९३
 • धर्मावलम्बी
हिन्दु
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
वेबसाइटwww.mangalsenmun.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

मङ्गलसेन, कुन्तीबण्डाली,बान्नातोली, कालागाउँ, जनालीबण्डाली , ओलिगाउँ, जुपु, कालागाउँ बान्नातोली गाविस मिलेर मङ्गलसेन नगरपालिका बनेको हो। त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँको जनसङ्ख्यालाई जोडेर २१,५९३ रहेको छ।[२]

सञ्चार माध्यम सम्पादन गर्नुहोस्

रामारोशन एफएम, रेडियो सोसाइटी, रेडियो जनप्रिय र रेडियो अछाम लगायतका रेडियोस्टेसन तथा रामारोशन, खप्तड न्यूज, वैद्यनाथ दैनिक र मिराकल साप्ताहिक पत्रिकाहरू सञ्चालित छन्।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "७२ नयाँ नगरपालिका थप", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  2. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति