कालिका मन्दिर, बागलुङ
(बागलुङ कालिका मन्दिरबाट अनुप्रेषित)
कालिका भगवती मन्दिर, (जसलाई बागलुङ कालिका भगवती मन्दिर पनि भनिन्छ) पश्चिम नेपालको बागलुङ नगरपालिकाको दक्षिण-पूर्वमा अवस्थित एउटा महत्वपूर्ण हिन्दु मन्दिर हो।[१] यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारमा अवस्थित छ।[१]
कालिका भागवती मन्दिर | |
---|---|
प्राथमिक विवरण | |
निर्देशाङ्क | २८°१५′२१.२४″उ॰ ८३°३६′४८.८८″पू॰ / २८.२५५९०००°N ८३.६१३५७७८°Eनिर्देशाङ्कहरू: २८°१५′२१.२४″उ॰ ८३°३६′४८.८८″पू॰ / २८.२५५९०००°N ८३.६१३५७७८°E |
सम्बन्धन | हिन्दुत्व |
देवता | दुर्गा |
चाडपर्व | नवरात्रि, तीज |
जिल्ला | बागलुङ जिल्ला |
प्रदेश | गण्डकी प्रदेश |
देश | नेपाल |
मन्दिरको प्रांगणमा प्रत्येक मुख्य दिशामा चारवटा प्रवेशद्वारहरू छन्।[२] मन्दिर परिसरमा शिव, राधा-कृष्ण, लक्ष्मी-नारायण र अन्य देवतालाई समर्पित अन्य साना मन्दिरहरूको विशाल सङ्ग्रह छ।[२] मन्दिरको प्रमुख चाड चैते दसैँ, चैत महिनाको शुक्ल पक्षको आठौं दिन मनाइन्छ, हजारौं भक्तजनको घुइँचो लाग्ने गर्दछ।[३][४] अर्को प्रमुख चाड दसैँ हो, जुन असोज महिनाको शुक्ल पक्षबाट चल्छ र पूर्णिमामा समाप्त हुन्छ।[५]
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
बागलुङ कालिका भगवती मन्दिरको अगाडिको दृश्य
-
पुजा सामग्री किन्न बजार
-
मन्दिर जाने बाटोमा तामाको घण्टी
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Amātya, Sāphalya (२०१४), Cultural Tourism in Nepal, Ministry of Culture, Tourism & Civil Aviation, पृ: १२३।
- ↑ २.० २.१ "Baglung Kalika Temple: Place to Get Siddhi (Knowledge)", Nepalya Times, १९ डिसेम्बर २०१८, अन्तिम पहुँच ३ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ३१ डिसेम्बर २०१८ मिति
- ↑ Nepal Yearbook, Kathmandu, Nepal: Institute for Integrated Development Studies, २०००, पृ: ९९।
- ↑ "Baglung Kalika", The Himalayan Times, ९ अक्टोबर २०१६, अन्तिम पहुँच २ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ४ जनवरी २०१९ मिति
- ↑ "Huge number of devotees flock Kalika temple in Baglung", ImageKhabar, १७ अक्टोबर २०१८, अन्तिम पहुँच ३ जनवरी २०१९। वेब्याक मेसिन अभिलेखिकरण ३ जनवरी २०१९ मिति
विकिमिडिया कमन्समा कालिका मन्दिर, बागलुङ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।