बाँसबारी नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। जिल्ला सदरमुकामबाट करिव ७ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १४.९२ वर्ग किलोमिटर छ । यस गाविसको पूर्वमा बाडेगाउँ गाविस, पश्चिममा सिन्धुकोट गाविस र भोटेचौर गाविस, उत्तरमा मेलम्ची गाविस र दक्षिणमा फटकशिला गाविस र काठमाडौंको नाङ्लेभारे गाविस पर्दछ । यस गाविसमा बाहुनेपाटी, सिन्धुखोला लगायतका व्यापारिक केन्द्रहरू पर्दछन्। सिन्धु थुम अन्तर्गत पर्ने यस गाविसमा औसत हावापानी पाइन्छ। तामाङ तथा ब्राम्हण जातिको बस्ती भएको यस गाविसका मानिसहरू व्यावसायीक कृषि तथा पशुपालन तथा अन्य पेशमा संलग्न छन्। यस गाविसको प्रमखु कृषिबालीमा धान, गहुँ र मकै पर्दछ। जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसमा वि.सं. २०५८ सालको साक्षरता दर ३७ र कुल जनसङ्ख्या ४८११ थियो। [१]

बाँसबारी
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "बाँसबारी", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्