फासीवाद (अङ्ग्रेजी: Fascism /ˈfæʃɪzəm/ ) उग्र दक्षिणपन्थी, सर्व सत्तावादी उग्र राष्ट्रवादको एउटा स्वरूप हो।[] तानाशाही शक्ति, फरक विचारको वा विरोधको बलपूर्वक दमन, साथै समाज र अर्थतन्त्रको बलियो फौजीकरण[][] जस्ता विशेषता रहेको फासिवाद २० औँ शताब्दीमा प्रचलित थियो। [] अन्य युरोपेली देशहरूमा फैलिनु अघि पहिलो फासीवादी आन्दोलन इटालीमा पहिलो विश्वयुद्धको क्रममा देखा पर्‍यो। [] उदारवाद, मार्क्सवादअराजकतावादको विरोधमा फासीवाद पारम्परिक बायाँ - दायाँ रंगावली भित्र उग्र दक्षिणतर्फ राखिएको छ। [][][]

बेनिटो मुसोलिनी (बायाँ ) र एडल्फ हिटलर (दायाँ), फासीवादी इटाली र नाजी जर्मनी का नेता, दुबै जना फासीवादी थिए

फासीवादहरूले पहिलो विश्वयुद्धलाई क्रान्तिको रूपमा देखे जसले युद्ध, समाज, राज्य र प्रविधिको प्रकृति मा ठूलो परिवर्तन ल्यायो। पूर्ण युद्धको आगमन र समाजको जम्मा जन परिचालनले नागरिक र लडाकू बीचको भिन्नता तोड्यो। एक "सैन्य नागरिकता" उत्पन्न भयो जसमा सबै नागरिकहरू युद्धमा कुनै न कुनै रूपमा सेनामा संलग्न थिए। यो युद्धको परिणाम स्वरूप एक शक्तिशाली राज्यको उदय भयो जसले लाखौं मानिसलाई अग्र मोर्चा मा सेवाका लागि परिचालन गर्न र उनीहरूलाई सहयोग गर्न आर्थिक उत्पादन र रसद प्रदान गर्नका साथै नागरिकहरूको जीवनमा हस्तक्षेप गर्ने अभूतपूर्व अधिकार पाएको थियो।

इटालियन फासिस्ट तानाशाह बेनिटो मुसोलिनीको अनुसार, फेसेज अफ रिभोलुसन एक्सन इटालीमा १९१५ मा स्थापना भएको थियो। १९१९ मा, मुसोलिनीले मिलानमा इटालियन फास्सेस अफ कम्ब्याट स्थापना गरे, जुन दुई वर्ष पछि राष्ट्रिय फासिस्ट पार्टी भयो।

विस्तारवाद सहितको वा रहितको राष्ट्रवाद

सम्पादन गर्नुहोस्

जब अन्धराष्ट्रवादको धारणा राष्ट्रिय पुनर्उत्थान संग मिसिन्छ तब यो विचारधार फासीवादको एक प्रमुख आधार बन्छ । []

फासीवादको अधिनायकवादी राज्य स्थापनाको प्रवर्द्धन गर्छ। [१०] यसले उदारवादी प्रजातन्त्रको बिरोध गर्छ, बहुदलीय व्यवस्थालाई अस्वीकार गर्छ, र राष्ट्र साग मेल खाने एक दलीय राज्यलाई समर्थन गर्न सक्छ। [११]

फासीवादी राज्यले शिक्षा र मिडियामा प्रोपोगन्डा मार्फत विचारधारा प्रचार गर्ने काम र शैक्षिक सामग्री र मिडिया सामग्री उत्पादनलाई नियमन गर्ने सिद्धान्तलाई अनुसरण गर्छ। [१२][१३] शिक्षालाई फासीबादी आन्दोलनको महिमा स्तुति गाउन र विद्यार्थीलाई देश प्रति यसको ऐतिहासिक र राजनैतिक महत्त्वको जानकारी दिन डिजाइन गरिन्छ। यसले फासीवाद आन्दोलनसँग नमिल्ने र विद्यार्थीलाई राज्यप्रति बफादार हुन सिकाउने बिचारको सफाया गर्ने प्रयास गर्छ।[१४]

अर्थव्यवस्था

सम्पादन गर्नुहोस्

फासीवादले आफूलाई अन्तर्राष्ट्रिय समाजवाद र खुला बजार पूँजीवादको रुपमा प्रस्तुत गर्छ। [१५] फासीवादले मुलधारको समाजवादको बिरोध गरेपनी कहिलेकाही राष्ट्रिय एकताप्रति आफ्नो प्रतिबद्धता लाई प्रकाश गर्न यसले आफूलाई राष्ट्रवादी "समाजवाद" मान्छ। [१६][१७] फासीवादले अन्तर्राष्ट्रिय खुला बजारको बिरोध गर्छ,तर एक प्रकारको उत्पादक पूँजीवादको समर्थन गर्छ।[१८][१९] आर्थिक रुपमा आत्मनिर्भरता अधिकांश फासीवादी सरकारको प्रमुख लक्ष्य थियो। [२०]

उमेर र लैंगिक भूमिका

सम्पादन गर्नुहोस्

पुनर्जन्म र आधुनिकतावाद

सम्पादन गर्नुहोस्

दोस्रो विश्वयुद्धमा धुरी शक्तिहरूको पराजयदेखि नै आधुनिक समयमा फासिवाद को व्यापक आलोचना र निन्दा गरिएको छ।

लोकतन्त्र विरोधी र अत्याचारी

सम्पादन गर्नुहोस्
चित्र:Hitler and Franco at Hendaye (en.wiki).jpg
हिटलर र स्पेनिश तानाशाह फ्रान्सिस्को फ्रान्को २३ अक्टूबर १९४० मा हेन्डेमा बैठक

फासीवाद तानाशाही र अत्याचारी हुनु नै फासिज्मको सबैभन्दा सामान्य र कडा आलोचना हो। [२१] फासीवाद जानी-नजानी गैर-प्रजातान्त्रिक र प्रजातन्त्र बिरोधी हुन्छ। [२२] [२३] [२४]

सिद्धान्तगत अवसरवाद

सम्पादन गर्नुहोस्

वैचारिक बेइमानी

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

बाह्य लिंकहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Paxton (2004), pp. 32, 45, 173; Nolte (1965) p. 300.
  2. "fascism", Merriam-Webster Online, अन्तिम पहुँच २२ अगस्ट २०१७ 
  3. "fascism", Merriam-Webster Online, अन्तिम पहुँच २२ अगस्ट २०१७ 
  4. Davies, Peter; Lynch, Derek (२००२), The Routledge Companion to Fascism and the Far Right, Routledge, पृ: 1–5 
  5. Davies, Peter; Lynch, Derek (२००२), The Routledge Companion to Fascism and the Far Right, Routledge, पृ: 1–5 
  6. उद्दरण त्रुटी: अवैध <ref>चिनो; RoutledgeCompanion नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  7. उद्दरण त्रुटी: अवैध <ref>चिनो; University-Aristotle-Hartley-Wilhelm-Hawkesworth नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  8. Wistrich, Robert (अक्टोबर १९७६), "Leon Trotsky's Theory of Fascism", Journal of Contemporary History (Thousand Oaks, California: SAGE Publishing) 11 (4): 157–184, जेएसटिओआर 260195, डिओआई:10.1177/002200947601100409 
  9. Roger Griffin, "Nationalism" in Cyprian Blamires, ed., World Fascism: A Historical Encyclopedia, vol. 2 (Santa Barbara, California: ABC-CLIO, 2006), pp. 451–53.
  10. Roger Griffin. Fascism, Totalitarianism, and Political Religion. Routledge. pp. 1–6.
  11. Origins and Doctrine of Fascism Giovanni (1934), p. 40.
  12. उद्दरण त्रुटी: अवैध <ref>चिनो; totalitarianism नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  13. उद्दरण त्रुटी: अवैध <ref>चिनो; google68 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  14. उद्दरण त्रुटी: अवैध <ref>चिनो; pauley नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  15. Steve Bastow, James Martin. Third Way Discourse: European Ideologies in the Twentieth Century. Edinburgh University Press Ltd, 2003. p. 36.
  16. "Benito Mussolini, Doctrine of Fascism (1932).", मूलबाट ३१ जुलाई २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुलाई २०१६ 
  17. Blamires, Cyprian, World Fascism: A Historical Encyclopedia, Volume 1 (Santa Barbara, California: ABC-CLIO, Inc, 2006) p. 610.
  18. Held, David (१९८०), Introduction to Critical Theory: Horkheimer to Habermas, University of California Press, आइएसबिएन 978-0-520-04175-2 
  19. Alberto Spektorowski, Liza Ireni-Saban. Politics of Eugenics: Productionism, Population, and National Welfare. Routledge, 2013.
  20. Alexander J. De Grand, Fascist Italy and Nazi Germany, Routledge, 1995. pp. 60–61
  21. Roger Boesche. Theories of Tyranny, from Plato to Arendt. p. 11.
  22. Paul Barry Clarke, Joe Foweraker. Encyclopedia of Democratic Thought. Routledge, 2001. p. 540.
  23. John Pollard. The Fascist Experience in Italy. Routledge, 1998. p. 121.
  24. Roger Griffin. The Nature of Fascism. New York: St. Martin's Press, 1991. p. 42.