समाजवाद
परिचयसम्पादन
"समाजवाद" एउटा यस्तो आर्थिक ब्यवस्था हो जहाँ देशको संपुर्ण अर्थतन्त्रको स्वामित्व पुर्णतया सरकारमा निहित हुन्छ जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ। यस्तो आर्थिक राजनीतिक ब्यबस्था अंगिकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ। स्वामित्व भन्नाले बस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन आदि पर्छन्। सामाजिक स्वामित्वका पनि विभिन्न प्रकारहरू हुन्छन् जस्तै:-साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्बजनिक स्वामित्व र राज्यद्वारा संचालित स्वतन्त्र संस्थान आदि जनाउँछ। तर समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा फरक फरक हुनसक्छ।
हाल विश्वमा समाजवादी ब्यबस्था भएका देशहरूसम्पादन
यी राष्ट्रहरूलाई कम्युनिस्ट राज्यहरू पनि भनिन्छ जहाँ कम्युनिस्ट पार्टीहरूको एकदलीय शासन छ। उनिहरूले मार्क्सवाद-लेनिनवाद मान्छन र आफैलाई समाजवादी घोषणा गरेका छन्। चिन पुंजीबादमा फर्केकोछ । अहिले ठ्यक्कै समाजबादी मुलुक भन्न गाह्रो छ ।
- चीन
- क्युवा
- लाओस
- भियतनाम
- उत्तर कोरिया
समाजवाद एउटा विचारधारा हो र यो व्यक्तिवादको विरुद्धमा उभिएको छ । व्यक्तिवाद राज्यको कार्य क्षेत्रलाई एकदम सीमित पार्न चाहन्छ भने समाजवाद व्यापक पार्न चाहन्छ ।