फत्तेजङ्ग शाह

नेपालको छैठौं मुख्तियार र पछि प्रधानमन्त्री
(फत्तेजंग शाह बाट पठाईएको)

जनरल श्री चौत्तरिया फत्तेजङ्ग शाह नेपालका छैठौं प्रधानमन्त्री हुन्। [१] यिनको पिता रणबहादुर शाहको जीवनकालमा गठित मन्त्रीमण्डलमा चौतारा थिए। रणबहादुर शाहको हत्या भएपछि भीमसेन थापा मुलुकको सर्वेसर्वा भए। प्राण शाहको मृत्यु भएपछि फत्यजङ्ग शाहलाई नयाँ चौताराका रुपमा मन्त्रीमन्डलमा समिलित गराइएको थियो।[२]

श्री श्री श्री चौतारिया
फत्तेजङ्ग शाह
Fatteh Jang Shah.jpg
फत्तेजङ्ग शाह
नेपालको छैठौं प्रधानमन्त्री (मुख्तियार)
कार्यकाल
ईश्वी सन् १८४० – ईश्वी सन् १८४३
पूर्वाधिकारीरणजङ्ग पाण्डे
उतराधिकारीमाथवरसिंह थापा
कार्यकाल
ईश्वी सन् १८४५ – ईश्वी सन् १८४६
पूर्वाधिकारीमाथवरसिंह थापा
उतराधिकारीजंगबहादुर राणा
व्यक्तिगत विवरण
मृत्युईश्वी सन् १८४६ कोत पर्व

पृष्ठभूमीसम्पादन

यिनको जन्म वि.सं. १८६२ मा बुवा श्री चौत्तरिया प्रण शाह र आमा चौत्तर्यानी मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी गोरखाका राजा पृथ्वीपत्ति शाहका वंशज हुन्। यिनी प्रधानमन्त्री पुष्कर शाहका भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री जङ्गबहादुर राणाकी तेस्री पत्नी भईन्।

पहिलो कार्यकालसम्पादन

यिनले वि.सं. १८९७ देखि १८९९ सम्म नेपालको मुख्तियारको रूपमा कार्यहरू गरे। चौतारा पुष्कर शाहको मुख्तियारीमा भएको सैनिक विद्रोहलाई शान्त पार्न राजा राजेन्द्रले टुँडिखेलमा गएर कम्पु पल्टनका सैनिकलाई सान्त्वना दिँदा राजा राजेन्द्रले अधिराज्यको आम्दानीको स्रोत घटेको मात्र चर्चा गरेका थिए। तर बृटिस कम्पनी सरकारका राजदुत बिएच हजसनले "राजा राजेन्द्र द्वारा टुँडिखेलमा रहेको परेडको मैदानमा कम्पनी सरकारका पदाधिकारी विरोधी वक्तव्य दिइएको थियो" भन्ने झुटो सन्देश पठाई कम्पनी सरकारका गभर्नर जनरल अक्ल्यान्डका तर्फबाट राजाको नाममा एउटा हप्कीको कडिकडाउ पत्र लेखाइदिए।

यस पत्रमा " नेपाल अधिराज्यमा हाल कार्यरत मन्त्रीहरूलाई हटाई यिनीहरूको बदलामा नयाँ मन्त्रीहरू नियुक्त गरिनु पर्छ" भन्ने सल्लाह समेत दिइएको थियो। राजा राजेन्द्र यस्तो पत्र आएपछि सुरुसुरुमा त अडिएर बसिरहेका थिए। तर यसको निम्ति दोश्रो ताकिता पत्र आएपछि राजाले धर नै पाएनन् र कम्पनी सरकारका पदाधिकारीहरूकै सल्लाहानुसार वि सं १८९७ कार्तिक १८ मा पुष्कर शाहालाई हटाई फत्यजङ्ग शाहलाई मुख्तियार नियुक्त गरियो।[३]

माथवरसिंह थापाको मुख्तियारीसम्पादन

बि सं १९९० पौष ५ गते "मिनिस्टर एन्ड कमान्डर इनचिफ" भन्ने पदवीका साथ माथवरसिंह थापाले नेपाल अधिराज्यको मुख्तियारको अभिभारा सम्हाले। यस व्यवस्थाबाट फत्यजङ्ग शाह साविक भन्दा एक तह तल झरेर सामान्य मन्त्रीका रुपमा कायम भए।

अब उप्रान्त नेपाल अधिराज्यका चौतारा तथा काजी लगायत सबै भाइ भारदारले कमान्डर इनचिफ माथवरसिंह थापाकै राय निर्देशन अनुसार काम गर्नु पर्ने भयो। चौतारा फत्यजङ शाहले आफ्नो यस अपमानलाई सहन गर्न सकेनन् र तीर्थ श्राद्ध गर्न गया जान्छु भनी भारत पलायन भै बिरामी भएको बाहाना गरि गोरखपुरको आसपासमै रोकिएर रहे। यसको प्रतिक्रिया स्वरुप यिनलाई १२ लाख रुपैयाँको बाँकी लाग्यो र यसैबापत बि सं १९०१ बैशाखको आरम्भमा यिनको सर्वस्व समेत हरण भयो।[४]

वि.सं. १९०० देखि १९०२ सम्म भारतको गयामा निर्वासित रहे।

दोश्रो कार्यकालसम्पादन

वि.सं. १९०२ मा नेपाल फिर्ती आउदा जनरल पदवीबाट सम्मानित भए र सोही वर्ष पुनः मुख्तियार नियुक्त भए। उनको मन्त्रीमण्डलमा गगनसिंह खवास, अभिमानसिंह राना, जंगबहादुर कुँवरदलभञ्जन पाँडे थिए।

गगनसिंहको हत्यासम्पादन

कोत पर्वसम्पादन

कार्यकालमै रहँदा कोत पर्वमा उनको हत्या भयो।

सन्तानसम्पादन

यिनका ३ छोराहरू थिए; खड्ग विक्रम शाह (खड्ग बाबुसाहेब), गुरू प्रसाद शाह र गुण बहादुर शाह।

मृत्युसम्पादन

यिनको हत्या वि.सं. १९०३ भदौ ३२ (- आश्विन २ ) गते हनुमान ढोका दरबारको कोतमा मच्चिएको विभत्सकारी कोत पर्वमा भएको हो। सो बेला उनी कोतमा गएका थिएनन् तर राजा राजेन्द्र स्वयम्ले आदेश दिएका हुनाले मन नलागी नलागी कोतमा गएका थिए । उनले रानीलाई शान्त रहन आग्रह गरेका थिए ।

अभिमान सिंह राना मारिए पछि कोतको पटांगीमा जंगबहादुरका भाइ कृष्णबहादुर र यिनका छोरा खड्ग विक्रम शाह बीच भनाभन चल्यो र पछि तरबार हानाहान भयो । सो घटनामा यिनका जेठा छोरा खड्गविक्रम शाह मारिएका थिए। छोरा मारिए पछि गगनसिंहको हत्याको सबै कुरा रानीलाई भन्न शिशमहल तिर गए । जंगबहादुरले रानीलाई केहि पनि कुरा नभन्न उनलाई लाख बिन्ति गरे ।तर उनी छोराको मृत्युको बदला लिन रानीलाई सबै कुरा भनिदिने भन्दै शिशमहल तिर गए ।

त्यसपछि जंगबहादुरको आदेशमा राम मेहर अधिकारीले गोलि प्रहार गरी हत्या गरेका थिए ।

चलचित्रसम्पादन

वसन्ती (चलचित्र)

सम्बन्धितसम्पादन

स्रोतसम्पादन

  1. http://www.royalark.net/Nepal/nepal3.htm
  2. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: ९२, आइएसबिएन 978-9937-665-40-7 
  3. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १२१, आइएसबिएन 978-9937-665-40-7 
  4. बाबुराम आचार्य (माघ २०७५), अब यस्तो कहिल्यै नहोस्, फाइनप्रिन्ट बुक्स, पृ: १३५, आइएसबिएन 978-9937-665-40-7