दलभञ्जन पाँडे

नेपाली काजी, राजनीतिज्ञ तथा मन्त्री

काजी दलभञ्जन पाँडे नेपाली काजी एवम् भारदार हुन् । उनी पाँडे वंशका अन्तिम सर्जक थिए। उनीसहित रणवीर सिंह थापा, चौत्तरिया प्रण शाह, बखतसिंह सरदार, नरसिंह थापा र कप्तानहरूले मोहरछाप लगाइ चिठ्ठीमा सुगौली सन्धिको पत्र पुर्याएका थिए ।[१] उनी राजा रणबहादुर शाह, महारानी राज राजेश्वरीभीमसेन थापासँगै बनारस गएको थिए । माथवर सिंह थापाको हत्या पछि बनेको मन्न्री मण्डलमा उनी पाँचौ बरियतामा थिए । उनको मातहतमा एक रेजिमेन्ट सेना थियो ।

श्री काजी
दलभञ्जन पाँडे
देब्रेबाट चौथो मोहर छाप दलभञ्जन पाँडेको
व्यक्तिगत विवरण
मृत्यु१९०३ असोज २ (कोत पर्व)
अभिभावक
  • जगजित पाण्डे (पिता)
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीकाजी

खलक सम्पादन गर्नुहोस्

उनी सरदार जगजीत पाँडेका पुत्र थिए, जो गोरा पाँडे गुटका थिए।[२][३] उनका हजुरबुबा काजी तुलाराम पाँडे[३] कान्तिपुरको लडाइँमा १८२५ इन्द्रजात्रामा वीरगतिको प्राप्त भएका थिए। उनका सबै दाजुभाइहरू- जङ्ग वीर, वीरभञ्जन र सिंह वीर आफ्नो जीवनमा काजी बनेका थिए।[३] उनका काका रणजीत पाँडे एक समय नेपालको मुलकाजी बनेका थिए। [४][५] भने उनका काका भोटु पाण्डे नेपाल चीन युद्धको आक्रमणमा सैन्य अधिकारी थिए ।

कोत पर्व सम्पादन गर्नुहोस्

कोत पर्वमा उनको समेत हत्या भएको थियो ।

स्रोतहरू सम्पादन गर्नुहोस्

  1. http://www.bilder-aus-nepal.de/Pages/Philatelie/ANGLO-NEPALESE-1816.html
  2. Karmacharya 2005, पृष्ठ. 70-71.
  3. ३.० ३.१ ३.२ Pradhan 2012, पृष्ठ 198.
  4. Nepal 2007, पृष्ठ 58.
  5. Acharya 2012, पृष्ठ 55.