फटकशिला
फटकशिला नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४२८६ रहेको थियो जसमध्ये २१३८ पुरुष र २१४८ महिला रहेका थिए भने यहाँ ८९४ घरधुरी रहेको थियो।[१][२] यो हाल मेलम्ची नगरपालिकामा पर्दछ।
फटकशिला | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°Eनिर्देशाङ्कहरू: २७°४१′N ८५°५४′E / २७.६८°N ८५.९०°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | सिन्धुपाल्चोक जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ४,२८६ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
फटकशिला गाविस जिल्लाको दक्षिणी भेगामा अवस्थित छ। यस गाविस जिल्ला सदरमुकाबाट ७ कोष दुरी टाढा पर्दछ भने यस गाविसले ११.७४ वर्ग किलोमिटर क्षेत्रफलमा पर्दछ। यस गाविसको पूर्वमा भीमटार, सिपापोखरे, पश्चिममा बाँसबारी, उत्तरमा बाडेगाँउ र दक्षिणमा काभ्रेपलान्चोक जिल्ला पर्दछ। सिन्धु थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ। यस गाविसका मानिसहरू व्यावसायीक कृषि उत्पादन र व्यावसायीक पशुपालनमा व्यस्थ हुने गर्दछन्। यस गाविसमा ब्राह्मण र दनुवार जातिहरूको बाक्लो बस्ती पाइन्छ।[३][४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)। राष्ट्रिय योजना आयोग सचिवालय। नेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९। वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति
- ↑ "फटकशिला", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०३। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति