सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Gangaraj Panditजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९६२ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! --सरोज(Saroj) (कुरा गर्ने) १२:५२, १५ अप्रिल २०१५ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !

प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि शुरू भई सकेको छ । डेटाथन प्रतियोगिताको अवधि १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म हुनेछ तपाईले उक्त प्रतियोगितामा ३० अप्रिल २०१५ सम्म सम्पादन गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।


डेटाथन आयोजक समूह


धन्यवाद !

@Gangaraj Panditज्यू, डेटाथनमा सहभागी भएर यसलाई सफल बनाउन तपाईँको सहयोग प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आजको दिनसम्म डेटाथनमा १०,००० (दशहजार) भन्दा बढी सम्पादनहरू भएका छन् । विकिडेटामा नेपाल सम्बन्धी जानकारी केही बाक्लो भएको छ र हिजोको दिन भन्दा आज हामी नेपाललाई केही राम्ररी चिनाउन सक्ने भएकाछौँ यो क्रममा यो पहिलो कदम मात्र हो, यस कार्यक्रमा तपाईँको अमुल्य समय र मेहनतको लागि पुनः धेरै धन्यवाद । डेटाथन कार्यक्रमको हामी अन्तिम सप्ताहमा छौँ , तपाईँको योगदानको अझ बढी आवश्यकता छ र विजेताको चयन हुन बाँकी छ ।तपाईँहरूलाई शुभकामना र जानकारीहरूको लागि यहाँ हेर्दै गर्नुहोला

डेटाथन,आयोजक समुह

राजनीति र पत्रकारिता

[१] राजनीति र पत्रकारिता शब्दीक रुपमा दुबै फरक अर्थ दिने गरी परिभाषित हुने शब्द हुन् । जसको सन्दर्भ पछि उल्लेख गरुँला । तर बेला–बेला तीनै नेताहरुको बोलीमा सुन्ने गर्छु, “तपाईको भनाईप्रति त म सहमत हुन सक्दिनँ । तर तपाईको बोल्न पाउने स्वतन्त्रताका लागि म मृत्युपर्यत्न लडिरहनेछु ।” महान फ्रान्सेली दार्शनिक तथा लेखक भोल्तेयरले भनेका भएपनि प्रेस प्रति इमान्दारीता देखाउन नेताहरुले बढी प्रयोग गर्ने बाक्य हो ।

हुनत, आर्दशका पुजारीहरु व्यवाहारका दास हुन्छन्, भनेर सबै सार्थक र अर्थिलो हुने अवस्था पनि कहाँ छर, हामीसँग । यो संस्कारको विकास पनि हुन बाँकी छ, । यो दुरदशा नचाहेरै व्यक्त गर्नु मेरो बाध्यता हो । भन्नुको अर्थ मैले कसैलाई उत्साहित र कसैलाई निरुत्साहित गर्नखोजेको होइन । यसै गरी समय धकल्ने फुर्सदपनि कहाँ छ र, मत श्रमजीवी मान्छे । श्रममै विश्वास गर्छु, । र चाहन्छुपनि सबैले श्रमगरेर आत्म निर्भर बन्न सकुन् । नीतिहरुको राजा राजनीति गर्नेहरुका लागि पनि अन्तः यहि कुरा सत्य सावित हुन्छ ।

जनता अर्थात न्यायको पक्षमा लाग्नु पहिलो धर्म हो, राजनीति र पत्रकारिताको । यी दुबै पेशा एक अर्काका परिपूरक जस्तै लाग्छन् मेरो नजरमा । तर यसो भनिरहँदा बोली र व्यवाहार भने फकर हुन हुँदैन् । जो सत्य हो, त्यहि कुरालाई व्यक्त गर्ने आँट हुनु पर्छ । जनमत घट्ने डरमा गलत सत्यमा सावित गर्ने कुनियतका कारण नै राजनीतिले पाउनु पर्ने जति सम्मान पाउन नसकेको तितो यथार्थता पनि हामीसँग छ । यसो नगर्न अनुरोध पनि नेता ज्यूहरुमा ।

सकारात्मक र रचनात्मक विकासका पहरेदार हामी सबै हौं । मात्र फरक गलतलाई पनि सत्य भनेर व्याख्या गर्ने पछिल्लो राजनीतिक प्रवृत्तिको हाबी हुनु दुखत विषय हो । सत्ययुगमा पनि सबै सत्य थिएनन्, काम गर्दा कतै कमजोरी हुन्छ नै । भन्नुको अर्थ पत्रकारिता पनि दुधले धोएजस्तै पवित्र छैन् । मपनि सहमत छु तर पत्रकारिता सिद्धान्त र धर्ममा भने अडिक छ । व्याख्या गर्नेहरुका लागि अधिकार छ, तर सत्य केहो, समयले आफै कुनै दिन प्रमाणीत गर्नेछ । बुझ्नेहरुका लागि इसारा नै काफि हुन्छ ।

राजनीति सुखमा मात्तिन सक्छ, दुखमा आत्तिन सक्छ, साँचो यो हो, पत्रकारिता महासागर हो, यसमा आँधी तुफान र जति ठुलो बाढी आएपनि एकै गति वेगमा अटल हुन्छ । यो समाज बढी व्यक्तिवादी भएको छ । कसैले प्रसंशा गरिदिनु पर्ने, गलत भएपनि राम्रो भनिदिनु पर्ने, बेला बेला नमस्कार ठोक्नु पर्ने, यति गर्न पत्रकारहरु सक्दैनन्,यसमा प्रष्टता आवश्यक छ । राम्रो कुराको प्रशंसा गर्नमा चुकेका भए कुरा बेग्लै हो । होइन्, यदी राम्रै गर्नु भा’छ भने ढिला हुन सक्ला तर जनताबाट सम्मानित भने अवश्य हुनुहनेछ नेताज्यू । तपाईको सफलताका लागि हामी हरदम तयार नै देखिने छौ । राम्रो वा नराम्रो दुबैमा ।

प्रसंग पत्रकार महासंघ बाजुराले कोल्टी क्षेत्रमा सञ्चालन गरेको सञ्चार अभियानको हो । गएको असोज २३ गतेबाट कात्र्तिक १ गतेसम्म कोल्टी क्षेत्रका संभावना र समस्याको पहिचान गर्न सिंगो प्रेसकर्मीको टिम १० दिन कोल्टी केन्द्रीत भयो । समस्या र संभावनाको नजिकबाट खोजिनीति गर्यो, छिटो समयमा भएपनि गल्ती कमजोरी गर्नेमाथीको निगरानीपनि बढायो । त्यसो हुँदा सत्य कुरा बाहिर आउने डरमा त्यस क्षेत्रका केहि अगुवा नेताका रुपमा चिनिएकाहरुलाई सह्य भएन्, पोख्ने ठाउँ सामाजिक जागरणको अभियानका लागि आयोजित खुला दिसा मुक्त घोषणा कार्यक्रमलाई प्रयोग गरे ।

अन्तः ठाउँ नपाउँदा केहि जनतालाई सकारात्मक र रचनात्मक अभियान लिएर कोल्टी पुगेको प्रेसको टोलीमाथी खनिए । दिगो विकास, आर्थिक समृद्धि, जनताका मौलिक अधिकार, आर्थिक पारदर्शिता, स्थानीय स्तरको सुशासन कायम गर्नमा केन्द्रीत अभियान उनीहरुका लागि चित्त बुझ्दो भएन् । जनताको नाममा आएको रकम माथी रजार्यँ गर्दे राजनीति गर्दै आएकाहरुका लागि त्यो सह्य विषयपनि थिएन् । जे गरेत्यो पनि ठिकै गरेँ । तर त्यसको जवाफ ढिलैभएपनि अवश्यै पाउनेछन् ।

प्रंसग कोल्टीबासीको भुगोलको समस्या, खानेपानी, आर्थिक हिनामीना, खाद्यन्न र नुनको सहज उपलब्धता, विजुली बत्ति र सडकबाटो यीनै प्रमुख विषय पत्रकारले उठाएका हुन् । संभावनापनि राखेँ, भनेपनि बाजुरालाई जैतुनको जिल्लाका रुपमा घोषणा गर्नमा पहल गर्नेदेखि त्यस क्षेत्रको स्याउ, आलु, र सुन्तलाका साथै बाजुराको सम्पत्तिका रुपमा चिनिएको बिच्छ्याको जडिबुटीलाई लेखेर संवोधन गर्ने वचन दिए । लाग्छ विगार कसैको केहि गरेका थिएनन् । मात्र सचेत गर निगरानी गर्ने काम गरेका थिए ।

सोचेका हुँदाहुन्, गलत कुराको उठान नगरुन । पाँच करोड बढी लगानी भईसक्दा पनि बड्डीगाड जघुजलविद्युत आयोजना कोल्टी जो अझै नियमित छैन । उपभोक्ता समिति भन्छ, । मात्र १ करोड ३८ लाख मात्र खर्च भएको छ । लाचार भएर जनतालाई झुटो प्रचार गरिरहेका छन् । पूर्व सांसदको गृह गाविस जुकोट सामाजिक कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई प्रश्रय दिन गाविसकै बजेटबाट अगल बाटो निर्माण हुन्छ, भूमिसुधार सहायक पूर्व मन्त्रीको गृह गाउँमा स्थानीयले शुद्ध खानेपानी पाउँदैनन्, एमाओवादी अध्यक्षको गाविससँग नत गाविस कार्यालय छ, नत स्वास्थ्य चौकी नै, कोटीला बासी आफै भन्छन्, हामी कोल्टी बासी हौं ।

त्यसो भन्दा त्यस क्षेत्रका अगुवा नेताहरुलाई कुनै लाज छैन् । हामी कतै चुकिरहेका त छैनौ, कत्ति पनि संकोच छैन । उल्टै सुझावलाई गाली ठान्दा रहेछन् । कमजोरी औल्याउदा उनीहरुको इज्जत र मान प्रतिष्ठा गएको भान हुँदो रहेछ । यति सानो मन हुनेहरुले किन राजनीतिक फिल्डमा आउनु । जनगुनासा सन्ने मन छैन् भने सुझाव जे व्यवसाय हाल सञ्चालन गरेर जीवन पालीरहनु भएको छ, त्यसैमा भविष्य छ, लाग्दा हुन्छ । कुशल राजनीतिज्ञ त्यो हो, जसले जनताको दुख र सुखमा रमाउँन सक्छ, सबैका विचार र भावनाको कदर गर्छ ।

भन्नै पर्छ त्यहि रुगीन र गोत्रीगाविस होइनन, लाखौको बजेट लिएर जनहितका लागि गएको ग्रामिण जलश्रोत परियोजनालाई टिक्न नदिने । वर्षेनी लाखौको बटेज जाँदा पनि नयाँ भवन, नयाँ खानेपानीको धारा, नयाँ विद्यालयको रुप देखाउने अवस्था त्यस क्षेत्रमा कतै देखिदैन् । हाम्रो १० दिने अभियानको निष्र्कष पनि हो । त्यो बजेटको खोजी गर्दै सुशासन सहितको समृद्ध समाज निर्माणमा दबाब दिने पत्रकार माथी किन गिद्दे दृष्ट्री, हातमा माइक्रोफोन पाएँ भन्दैमा गर्जिनेहरुले जवाफ दिनु पर्छ । त्यो हामीलाई होइन जनतालाई ।

सर्वहाराका नेता भन्नेहरु, किने निजि विद्यालयमा लगानी गर्दैछन् । संविधान बनाउने जिम्मेवारी बोकेकाहरु किन विव्यसमा राजनीति गर्दैछन् । विकासवादी भनेर चिनिन चाहनेहरु किन ठेकेदारहरुलाई पालन पोषण गर्दै पकेट खर्चका नाममा कुशासनको सूरुवाद गर्दैछन् । बडो दुखको विषय हो । बाजुरा ७५ औं स्थानमा हुनुको कारण मध्येको एक प्रमुख कारण कोल्टी क्षेत्रको विकास निर्माणको अवस्था नै हो । अनि वर्षेनी करोडको बजेट कहाँ हराउँछ, जवाफ बद्रीप्रसाद पाण्डे, जनकराज गिरी, हिक्मतबहादुर शाही, बल्देव रेग्मी, कर्णबहादुर विक, सहदेव बोगटी अजबहादुर मल्ल, नरेश शाही, पदम गिरी लगायतले दिनु पर्छ, की ? पत्रकारले ।

जहाँ विद्यालयमा “दलित शिक्षक राख्यो भने विद्यार्थीले नमस्कार गर्नुपर्छ भन्ने तर्क आउँने विद्यालय फैतीमा नै छन् । त्यो खुलेआम जातीय विभेद भएको हो भन्ने कि नभन्ने । कोल्टी गाविसमा पनि यस्तै यस्तै कथाव्यथा छ । कोटीला खोयाका हलिया खलिया अझै उपल्लो वर्गको आदेश विना नयाँ योजना र काम गर्न आँट नै गर्दैनन् । फेरी अर्को कुरा हामीले भनेका होईनौँ, भूगोलविदहरुले कोल्टी मानव बस्ती बस्न लायक छैन् भन्दा बढी टाउको दुखाई किन ? ती विरोध गर्ने शिक्षकहरुले प्रतिवद्ध भएर गुणस्तरीय शिक्षा दिए बढी जस पाउँलान पत्रकारको कुरा काट्दै विरोधमा समय बिताए, हामीले केहि भन्नु छैन् । वास्तविक कुरा त सरकारको नुन खाएर किन राजनीति गर्नु लाज लाग्दैन कि क्याहो ?

खुलेआम निजि विमान कम्पनीले मनोमानी भाडा लिँदा जनताको पक्षमा निर्णय गर्न सक्दैन्, झनै कर्मचारीको चाकडी गर्नेहरुले स्वतन्त्र पेशामाथि खनिनुको अर्थ कत्तिसम्म जायज होला ? आफै जानुन् । अर्को विषयले सानो योजना गाउँमा गयो कि जिल्ला तहका नेताहरु समितिमा बस्न तँछाड मँछाड गर्नुपछाडिको रहस्य जनताले बुझेका छैनन् भनेर किन सोच्नु ? हिसाब किताब चुक्ता गर्ने दिन धेरै टाढा छैन् । सकिन्छ अरुको हित सोचौं सकिदैन, कुभलो कसैले नसोच्दा हुन्छ । बरु महासंघले सञ्चालन गरेको अभियानलाई साथ सहयोग दियो भने सबैको हित हुनेमा कुनै दुई मत छैन् ।

Invitation for felicitation program of Wiki Events Nepal during 2015

  Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Gangaraj Pandit, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

  1. पण्डित, गंगराज, "राजतीतिक र पत्रकारीता"।