नमस्ते! DutchTina ज्यू
समस्त विकिपिडिया समुदायको तर्फबाट तपाईँलाई नेपाली विकिपिडियामा हार्दिक स्वागत छ। विकिपिडिया एउटा खुला विश्वकोश हो जसमा विभिन्न विषयका जानकारीहरू सङ्ग्रहित हुन्छन्।
हालसम्म नेपाली विकिपिडियामा ३१,३८१ लेखहरू छन्। यसलाई बढाउन तपाईँ हामी सबैको योगदानको आवश्यकता रहेको छ।
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ।
विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईँ पनि यहाँ नयाँ लेख लेख्न अथवा पहिले देखि नै भएका लेखमा सामग्री थप्न सक्नुहुन्छ, तर विकिपिडियामा तपाईँद्वारा सृजना गरिएका कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
आफ्नो परिचय दिनको लागि तपाईँको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
विकिपिडियामा नयाँ लेख लेख्न तथा भएका लेखहरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकीको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
विकिपिडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
हामीलाई विश्वास छ तपाईँले एउटा विकिपिडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईँको नाम, वार्ता पृष्ठको लिङ्क र मिति थपिने छ।
यदि तपाईँलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
अन्य समस्याको लागि प्रबन्धकहरूसँग सम्पर्क राख्न सक्नुहुन्छ।
विकिपिमिडियन मित्रहरू बीच छलफल, अन्तर विकि समन्वय तथा विकि समुदायको प्राथमिकता तथा चुनौतीहरूको बारेमा सहकार्यको लागी नेपालमा बोलिने भाषाहरूको समुदायहरूको सम्मेलन विकि क्याम्प नेपालको दोश्रो संस्करण-विकि क्याम्प नेपाल २०२० यही नोभेम्बर २०२० मा आयोजनाको लागी मेटामा प्रस्ताव राखिएकोले कृपया सो प्रस्वातमा तपाईको सहमति राखि दिनु हुन अनुरोध गर्दछौं । - आयोजक समुह
विकिकार्यशाला नेपाल २०२० समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा
यो समुदाय संलग्नता सर्वेक्षणमा सहभागिताको लागि निमन्त्रणा हो, जुन विकिकार्यशाला नेपाल २०२० को आयोजनाको लागि विकिमिडिया फाउण्डेसनमा पेश गरिने आवेदनको मुख्य अङ्ग हो। यी प्रश्नहरूले विकिमिडियामा तपाईँको अनुभव, आवश्यकता, चुनौती, तथा विकिकार्यशाला नेपाल २०२० बाट अपेक्षाहरू सम्बन्धी जानकारीहरू हासिल गर्न सहयोग गर्नेछन्। यी प्रतिक्रियाहरूले विकिकार्यशालाको उद्देश्य तथा कार्यक्रमको प्रारूप थप स्पष्ट पार्न मद्दत गर्नेछ।
सर्वेक्षण फाराम यहाँ उपलब्ध छ। सर्वेक्षण फाराम २५ फेब्रुअरी २०२० सम्म खुला रहनेछ।