पेय पदार्थ विशेषत मानव उपभोगको लागि बनाइएको एक प्रकारको तरल पदार्थ हो । पेय पदार्थ धेरै प्रकारको हुन्छ । यसलाई सादा पानी, अल्कोहल, अल्कोहल रहित पेय पदार्थ, फलफूल वा सब्जीको रस, तातो पेय पदार्थ आदि जस्ता समूहमा विभाजन गर्न सकिन्छ ।

फलफुलको रस

अल्कोहल सम्पादन गर्नुहोस्

 
विभिन्न प्रकारका अलकोहलयुक्त पेय पदार्थहरू

सामन्यतया अल्कोहल भनेर चिनिने इथानोल भएको पेय पदार्थ अलकोहलयुक्त पेय पदार्थ हो ।यसै अन्तर्गत पर्ने बियर ८,००० वर्ष देखि मानव संकृतिको हिस्सा बन्दै आएकोछ ।[१] धेरै राष्ट्रहरूमा भट्टी वा स्थानिय बारमा बसेर अलकोहलयुक्त पेय पदार्थ पिउनु सास्कृतिक परम्परानै मानिन्छ ।[२] एसियाली राष्ट्रहरूमा धेरै प्रकारका अलकोहलयुक्त पेय पदार्थ बनाइने गरिन्छ ।

अल्कोहल रहित पेय पदार्थ सम्पादन गर्नुहोस्

अल्कोहल नभएको वा अल्कोहलको मात्र कम भएका पेय पदार्थहरूलाई अल्कोहल रहित पेय पदार्थ भनिन्छ । यस श्रेणी अन्तर्गत ०.५% सम्म अल्कोहल भएका पेय पदार्थहरू (जस्तै:अल्कोहल कम भएको बियर, वाइन आदि) पर्दछन ।

फलफूलको रस सम्पादन गर्नुहोस्

 
सुन्तलाको रस

फलफूलको रस केही मात्रामा योजकहरू मिसाइएको वा नमिसाइएको प्राकृतिक उत्पादन हो । यस्ता उत्पादन विशेषत बिहान नास्तामा प्रयोग गरिने गरिन्छ । विभिन्न प्रकारका फलफूल (जस्तै : सुन्तला, स्याउ, मौसम, अङ्गुर, कागती, भुइँ कटहर आदि)को रस बिहान नास्तासँग पिउन प्रयोग गरिन्छ । नरिवलको पानी अत्यधिक पोषिलो तथा स्फुर्ति दायक रस हो । अंगुरको रस वाइन बनाउनको लागि पनि प्रयोग गरिने गरिन्छ । केही फलहरू अम्लिय हुने हुनाले तिनीहरूको रसलाई मिठो बनाउनको लागि त्यसमा पानी, चिनी वा मह मिसाउनु आवश्यक हुन्छ ।

सब्जीको रस सम्पादन गर्नुहोस्

विभिन्न तरकारी जन्य पदार्थहरू (जस्तै: गाजर, गोलभेडा, काँक्रो, करेला आदि) पेय पदार्थ बनाउनको लागि प्रयोग गरिन्छ । फलफूलको रसलाई स्वदिलो बनाउनको लागि सब्जीको रस मिसाउने गरिन्छ । तरकारीको रस मानिसलाई स्वस्थ्य रहनमा मद्दत गर्ने खालका वा प्राकृतिक औषधिको रूपमा काम गर्ने खालका पनि हुन्छन (जस्तै:करेलाको रस मधुमेयका रोगिहरूको लागि उपयुक्त हुन्छ ।) ।

तातो पेय पदार्थ सम्पादन गर्नुहोस्

 
कफीको कप

तातो बनाएर पिउने पेय पदार्थहरू तातो पेय पदार्थ अन्तर्गत पर्दछन ।

अन्य सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. Arnold, John P (२००५), Origin and History of Beer and Brewing: From Prehistoric Times to the Beginning of Brewing Science and Technology (Reprint संस्करण), BeerBooks.com। 
  2. Hamill, Pete (१९९४), A Drinking Life: A Memoir, New York: Little, Brown and Company, आइएसबिएन 978-0-316-34102-8 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्