अङ्गूर विटिस(Vitis) प्रजातिमा पर्ने एक प्रकारको फल हो। यसको बिरुवा बाह्रैमास बढ्ने तथा पतझड लहरे झ्याङ हुन्छ। अङ्गुरलाई काचैँ खान सकिन्छ वा जाम (jam), रस (juice), वाइन, किशमिश तथा अङ्गुरको बिउको तेल निकाल्नुका साथै अन्य खानामा मिसाई उपभोग गर्न सकिन्छ। सामान्यतया अङ्गुरको आकार गोलाकार भएपनि यसको आकार लाम्चो, गोलाकार हुन्छ।

अङ्गूर
Vitis vinifera
अङ्गुर (table grape)
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
V. vinifera
वैज्ञानिक नाम
Vitis vinifera
लिन्नेअस(Linnaeus), १७५८

अङ्गुरको खेती ६००० देकी ८००० वर्ष अगाडि मध्य पूर्वी क्षेत्रका छेउछाउमा भएको मानिन्छ।[] यिस्ट (सुक्ष्म जीव) अङ्गुरका बाह्य भागमा नै पाइने भएकाले वाइन बनाउने कार्य पनि अङ्गुर बाटै सुरु भएको थियो। सबै भन।दा पुरातत्विक अवेशषमा ८००० वर्ष अगाडिका जर्जिया देशमा "वाइन" जस्ता मादक पदार्थ पाइएका छन्।[][][]

सबै भन्दा पयराना वाइन बनाउने स्थल (वाइनरी) (४००० इसाइ पूर्वका) अर्मेनियामा पत्ता लागेका छन्।[] नवऔँ शताब्दी सम्ममा सिराज, मध्य पूर्वी क्षेत्रमा सर्वित्करष्ट वाइन बनाउने स्थलका रुपमा परिचित भयो। सिरा नामका रातो वाइन सिराज यसै कारण भएको अनुमान लगाइएको छ।[]

प्राचीन मिस्रमा बैजनी रङका अङ्गुर खेतीको उल्लेख गरिएको पाइन्छ; त्यसै गरी प्राचिन ग्रिस, रोममा पनि अङ्गुरका खेती खानका निम्ति र वाइन बनाइनकै लागि गरिएका प्रमाणहरु भेटिन्छन्।[] अङ्गुरका खेती पछि युरोपका भागहरुमा, ऊत्तर अफ्रिकी क्षेत्र र उत्तर अमेरिका भएका पाइन्छन्।

उत्तर अमेरिकामा, भिटिस अन्तर्गतका जङ्गली प्रजाति महाद्वीप भरी नै फैलिएका पाइन्छन्। त्यहाँका आदिवासीहरुका उक्त अङ्गुर आहारका रुपमा प्रयोग गर्दथे; ती अङ्गुर लाई युरोपेलीहरुले वाइन बनाउन अनुपयु्क्त मान्दथे। १९ औँ शताब्दीमा भिटिस लाब्रुस्का को खेती गरी अमेरिकामा कन्कोर्ड नामक अङ्गुरका विकास भयो जुन कृषिमा महत्वपूर्ण बालीका रुपमा सहयोगी रह्यो।[]

वानस्पतिक बयान

सम्पादन गर्नुहोस्

अङ्गुर १५ देखि ३०० का झुप्पामा कलेजी, काला, निला, पहेँ‍ला, सुन्तला र गुलाबी रङमा फल्ने गर्दछन्। अङ्गुरका आकार गोलाकार हुन्छन्।

काँचा अङ्गुरमा ८१% पानी, १८% कार्बोहाइड्रेट, १% प्रोटिन, र न्युन मात्रामा फ्याट हुन्छन्। यसमा केही मात्रामा भिटामिन के पनि पाइन्छन्।

अङ्गुरका लहर

सम्पादन गर्नुहोस्
 
कन्कोर्ड जातका अङ्गुर

धेरै जसो अङ्हुरहरु भाइटिस भिनिफेरा ( युरोपामा पाइने, भूमध्य र मध्य एशिया उत्पति स्थल भएका) बाट विकसित भएका हुन्। अन्य जातहरुमा अमेरिका र एसियामा पनि पाइन्छन्।

  • भिटिस आमुरेन्सिस : एसियाली प्रजाति
  • भिटिस लाब्रस्का : उत्तर अमेरिकाली
  • भिटिस मुस्टानजेन्सिस : अमेरिकाका मिसि्सिपि, अल्बामा, लुइसियाना, टेक्सास, अक्लोहोमा मा पाइने।
  • भिटिस रिपारिया उत्तर : अमेरिका
  • भिटिस रोटन्डिफोलिया : दक्षिण पूर्वी, अमेरिका

चित्र दिर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. This, Patrice; Lacombe, Thierry; Thomash, Mark R. (२००६), "Historical Origins and Genetic Diversity of Wine Grapes", Trends in Genetics 22 (9): 511–519, डिओआई:10.1016/j.tig.2006.07.008, पिएमआइडी 16872714, मूलबाट २०१३-१०-०४-मा सङ्ग्रहित।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०४ मिति
  2. McGovern, Patrick E. (२००३), Ancient Wine: The Search for the Origins of Viniculture, Princeton University Press, मूलबाट २०१३-१०-०४-मा सङ्ग्रहित। 
  3. McGovern, P. E., "Georgia: Homeland of Winemaking and Viticulture", मूलबाट २०१३-०५-३०-मा सङ्ग्रहित। 
  4. Keys, David (2003-12-28) Now that's what you call a real vintage: professor unearths 8,000-year-old wine वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-०३ मिति. archaeology.ws.
  5. Owen, James (१२ जनवरी २०११), "Earliest Known Winery Found in Armenian Cave", National Geographic, मूलबाट २०१७-०६-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१७ 
  6. Hugh Johnson, "The Story of Wine", New Illustrated Edition, p. 58 & p. 131, Mitchell Beazley 2004, आइएसबिएन १-८४०००-९७२-१
  7. "Grape", Better Health Channel Victoria, अक्टोबर २०१५, मूलबाट २०१८-०१-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१७ 
  8. Jancis Robinson, Vines, Grapes & Wines (Mitchell Beazley, 1986, आइएसबिएन १-८५७३२-९९९-६), pp 8, 18, 228.

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्