पूर्वीय कुलावारी (Rallus indicus) रेलिडे परिवारमा पर्ने चराको प्रजाति हो। उत्तरी मङ्गोलियादेखि पूर्वी साइबेरिया, उत्तरपूर्वी चिन हुँदै उत्तरी जापान सम्म पाइने यो प्रजाति हिउँदमा दक्षिण तथा दक्षिणपूर्वी एसियामा बसाई सर्ने गर्छ।[२] यसलाई कुलवारीको उपप्रजातिको रूपमा पनि लिएको पाइन्छ।

पूर्वीय कुलावारी
सामयिक शृङ्खला: Pleistocene to Recent, 534,000 - 0.00 years ago
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
सङ्घ: रज्जुकी
वर्ग: चरा
गण: Gruiformes
परिवार: Rail (bird)
वंश: Rallus
Blyth, 1849
प्रजाति:
R. indicus
वैज्ञानिक नाम
Rallus indicus
Blyth, 1849
       Breeding summer visitor
       Resident year-round
       Winter visitor
(ranges are approximate)

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

पूर्वीय कुलावारी उत्तरी मङ्गोलिया, पूर्वी साइबेरिया, उत्तरपूर्वी चिन, कोरिया, उत्तरी जापानको रैथाने प्रजाति हो। यो प्रजाति हिउँदमा दक्षिण जापान, पूर्वी चिन, उत्तरी बोर्नेओ तथा दक्षिण तथा दक्षिणपूर्वी एसियासम्म बसाई सराई गर्छ। यो चरा दक्षिण तथा दक्षिणपूर्वी एसियामा नेपाल, भारत, बङ्गलादेश, बर्मा, लाओस, उत्तरी तथा मध्य थाइल्याण्डमा पाइएको अभिलेख छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्