पिपलडाँडा
पिपलडाँडा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पिपलडाँडा गाविस जिल्ला सदरमुकाबाट नजीकै पर्ने गाविस हो। जिल्ला सदरमुकाबाट १ कोष टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १३.४ वर्ग किलोमिटर छ। गाविसको पूर्वमा चौतारा, पश्चिममा कुन्चोक, उत्तरमा बतासे, स्याउले र दक्षिणमा सानुसिरुबारी गाविस पर्दछ। चौतारा थुम अन्तर्गत पर्ने यस गाविसमा अधिकांश क्षेत्रहरूको बसोबास छ। यस गाविसमा चिसो हावापानी पाइन्छ। यस गाविसमा शिक्षा स्वास्थ्य यातायात खानेपानी विद्यतुको राम्रो सुविधा छ। यस गाविसको प्रमुख कृषि उत्पादन धान मकै तथा कोदो हो। नगदे बालीमा पनि यस गाविसका मानिसहरूको खुबै रुचि भएको पाइन्छ। सिन्धुपाल्चोकमा नै निकै प्रसिद्ध गौरती भीमेश्वर मन्दिर यसै गाविसमा पर्दछ जसले धार्मिक केन्द्रको प्रसिद्धतालाई वर्णन गर्दछ। निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने यस गाविसमा २०५८ सालको जनगणनामा कुल ७५४ घरपरिवार मध्ये जनसङ्ख्या ३९०१ थियो। [१]
पिपलडाँडा | |
---|---|
देश | नेपाल |
अञ्चल | बागमती अञ्चल |
जिल्ला | सिन्धुपाल्चोक |
जनसङ्ख्या (1991) | |
• जम्मा | २,१९० |
• धर्म | हिन्दु |
समय क्षेत्र | युटिसी+5:45 (नेपालको प्रमाणिक समय) |
सन्दर्भ सूची सम्पादन गर्नुहोस्
- ↑ "पिपलडाँडा", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |