न्यूयोर्क (राज्य)

न्यूयोर्क संयुक्त राज्य अमेरिकाको एक उत्तरपूर्वी राज्य हो। यो संयुक्त राज्य अमेरिकाको निर्माणको समयमा मूल तेह्र उपनिवेश मध्ये एक थियो। ५४,५५६ वर्ग माइल (१,४१,३०० किमी), [२] क्षेत्रफल सहित न्युयोर्क भौगोलिक रूपमा २७औं ठूलो राज्य हो। सन् २०२० को तथ्यांक अनुसार यहाँको जनसंख्या २ करोड रहेको छ, जसले यसलाई २ करोड भन्दा बढी मानिसहरूको जनसंख्याले यसलाई चौथो सबैभन्दा ठूलो जनसंख्या भएको राज्य बनाउँछ। [५] [६]

न्यु योर्क

New York
State of New York
उपनाम(हरू): 
आदर्श वाक्य(हरू): 
Excelsior (in Latin)[१]
Ever upward
राष्ट्रियगान: "I Love New York"
न्यु योर्क धेकायियाः संयुक्त राज्य अमेरिकाआ नक्सा
न्यु योर्क धेकायियाः संयुक्त राज्य अमेरिकाआ नक्सा
देशसंयुक्त राज्य
संघमा आवद्धजुलाई २६, १७८८ (११ औं)
राजधानीअल्बानी
सबैभन्दा ठूलो शहरन्यूयोर्क शहर
सबैभन्दा ठूलो महानगरन्यूयोर्क महानगरीय क्षेत्र
 • माथिल्लो सदन{{{Upperhouse}}}
 • तल्लो सदन{{{Lowerhouse}}}
U.S. senators{{{Senators}}}
U.S. House delegationList
क्षेत्रफल
 • जम्मा५४५५५'"`UNIQ--ref-०००००००१-QINU`"' वर्ग माइल (१४१२९७ किमी)
 • जमीन४७१२६ वर्ग माइल (१२२०५७ किमी)
 • पानी७४२९ वर्ग माइल (१९२४० किमी)  13.6%
क्षेत्रफल क्रम27th
आयामहरू
 • लम्बाइ330 माइल (530 किलोमिटर)
 • चौडाइ285 माइल (455 किलोमिटर)
जनसङ्ख्या
 (2020)
 • जम्मा२०,२१५,७५१[३]
 • क्रम4th
 • घनत्व416.42/वर्ग माइल (159/किमी2)
वासिन्दा(हरू)New Yorker
भाषा
 • आधिकारिक भाषाNone
 • बोलिने भाषा
अक्षांश40° 30′ N to 45° 1′ N
देशान्तर71° 51′ W to 79° 46′ W

सिमासम्पादन

यसलाई न्यूयोर्क शहर, यो राज्यको सबैभन्दा ठूलो शहरबाट अलग गर्न, यसलाई कहिलेकाहीँ न्यूयोर्क राज्य भनिन्छ।

न्युयोर्क सिटि (NYC) संयुक्त राज्य अमेरिकाको सबैभन्दा धेरै आवादी भएको सहर हो । [७] [८] [९] र न्युयोर्क राज्यको दुई तिहाइ जनसङ्ख्याको न्यूयोर्क महानगरीय क्षेत्रमा बसोबास गर्छन्। यो विश्वको सबैभन्दा ठूलो सहरी क्षेत्र ४,६६९.० वर्ग माइल (१२,०९३ किमी),[१०] र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मध्ये एक हो। [११] [१२] न्यूयोर्क संयुक्त राष्ट्र संघको मुख्यालयको स्थान पनि हो हो, [१३] र यसलाई विश्वको सांस्कृतिक, [१४] [१५] वित्तीय, [१६] [१७] र मिडिया राजधानी, [१८] [१९] रूपमा वर्णन गरिएको छ। संसारको सबैभन्दा आर्थिक रूपमा शक्तिशाली शहर मानिन्छ। [२०] [१६] [२१] राज्यका धेरै जनसङ्ख्या भएका अन्य सहरहरूमा बफेलो, रोचेस्टर, योन्कर्स र सिराक्यूज हुन्, जबकि राज्यको राजधानी अल्बानी हो ।

इतिहाससम्पादन

हालको न्यु योर्कको क्षेत्रमा प्रारम्भिक युरोपेलीहरू आउनुभन्दा अगाडी एल्गोनक्वियन्स र इरोक्वाइस मूल निवासी आदिवासी अमेरिकी जनजातिहरूको बसोबास थियो। फ्रान्सेली उपनिवेशवादी र जेसुइट मिसनरीहरू व्यापार र धर्म परिवर्तनको लागि मोन्ट्रियलबाट दक्षिणतिर आइपुगे।

सन् १६०९ मा, डच ईस्ट इण्डिया कम्पनीको लागि हेनरी हडसनले यस क्षेत्रको भ्रमण गरेका थिए। [२२] सन् १६१४ मा डचहरूले हडसन र मोहक नदिको संगममा निर्माण नासाउ फोर्ट किल्ला (Fort Nassau) को निर्माण गरे जहाँ पछि अल्बानीको वर्तमान राजधानीको विकास भयो। [२३]

डचहरूले चाँडै नै न्यु एम्स्टर्डम र हडसन उपत्यकाका केही भागहरूमा पनि बसोबास सुरु गरे। यसबाट यो ठाउँ नयाँ नेदरल्याण्डको बहुजातीय उपनिवेश र व्यापार र आप्रवासीको केन्द्र रुपमा स्थापित भयो।

डचको यो उपनीवेश इङ्गल्याण्डले सन् १६६४ मा डचहरूबाट उपनिवेश कब्जा गर्‍यो। डचहरूले १६७३ मा आफ्नो उपनिवेश पुन: कब्जा गरेपछि अर्को वर्ष वेस्टमिन्स्टरको सन्धिको एक भागको रूपमा निश्चित रूपमा इंग्ल्यान्डहरूलाई सुम्पिदिए। [२४]

अमेरिकी क्रान्तिकारी युद्ध (१७७५-१७८३) को समयमा, न्यूयोर्क प्रान्तको उपनिवेशवादीहरूको समूहले ब्रिटिश उपनिवेशको नियन्त्रण लिन प्रयास गर्यो र अन्ततः स्वतन्त्रता स्थापना गर्न सफल भयो।

१९औं शताब्दीको प्रारम्भमा, न्यु योर्कको यसको भित्री भागको विकास एरी नहरबाट सुरु भयो, यसबाट पूर्वी तटका अन्य क्षेत्रहरूमा अतुलनीय फाइदाहरू प्रदान गर्‍यो र यसको राजनीतिक र सांस्कृतिक शिखरमा पुर्यायो। [२५]

सेप्टेम्बर ११ को हमलासम्पादन

२००१ सेप्टेम्बर ११ मा अल कायदाद्वारा चार विमान अपहरण गरियो। पहिलो र दोस्रो विमान, अमेरिकन एयरलाइन्सको उडान ११ र युनाइटेड एअरलाइन्स एयरलाइन्सको उडान १७५, क्रमशः लोअर मेनहट्टनमा वर्ल्ड ट्रेड सेन्टर (अनुवाद: विश्व व्यापार केन्द्र) परिसरको उत्तर र दक्षिण भवनहरूमा ठोकिएको थियो भने त्यसको एक घन्टा ४२ मिनेट भित्र ११० तले दुवै भवनहरू ध्वस्त भएको थियो। अवशेष र परिणामस्वरूप आगोले विश्व व्यापार केन्द्र परिसरको सबै अन्य भवनहरूको आंशिक वा पूर्ण पतनको कारण ४७-तले ७ विश्व व्यापार केन्द्र भवनका साथै दश अन्य ठूला संरचनाहरूमा पनि महत्त्वपूर्ण क्षति भएको थियो।

यो पनि हेर्नुहोस्सम्पादन


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "New York State Motto", New York State Library, जनवरी २९, २००१, मूलबाट मे २४, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १६, २००७ 
  2. २.० २.१ [१] Accessed October 5, 2021.
  3. "2020 Census Apportionment Results", census.gov, United States Census Bureau, मूलबाट अप्रिल २६, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल २६, २०२१ 
  4. "Language spoken at home by ability to speak English for the population 5 years and over—2014 American Community Survey 1-Year Estimates", मूलबाट फेब्रुअरी १३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०१६ 
  5. "2010 to 2020 Population Estimate Totals", United States Census Bureau 
  6. "Census finds New York's population increased 4%", Newsday, अन्तिम पहुँच २०२१-०४-२७ 
  7. "Supplemental Table 2. Persons Obtaining Lawful Permanent Resident Status by Leading Core Based Statistical Areas (CBSAs) of Residence and Region and Country of Birth: Fiscal Year 2014", U.S. Department of Homeland Security, २०१४, मूलबाट मार्च २२, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच जुन १, २०१६ 
  8. "Yearbook of Immigration Statistics: 2013 Supplemental Table 2", U.S. Department of Homeland Security, अन्तिम पहुँच मे २९, २०१५ 
  9. "Yearbook of Immigration Statistics: 2012 Supplemental Table 2", U.S. Department of Homeland Security, अन्तिम पहुँच मे २९, २०१५ 
  10. Niall McCarthy (फेब्रुअरी ५, २०२१), "The World's Largest Cities By Area", Statista, अन्तिम पहुँच नोभेम्बर १८, २०२१ 
  11. "World's Largest Urban Areas [Ranked by Urban Area Population]", Rhett Butler, २००३–२००६, मूलबाट अक्टोबर ९, २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २, २०१४ 
  12. "Top 100 World Metropolitan Areas Ranked by Population", Baruch College of the City University of New York, मूलबाट मार्च ८, २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०२१ 
  13. "Office of the Mayor Commission for the United Nations, Consular Corps and Protocol", The City of New York, २०१२, मूलबाट जुलाई १, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २, २०१४ 
  14. "Introduction to Chapter 14: New York City (NYC) Culture", The Weissman Center for International Business Baruch College/CUNY 2011, मूलबाट मे ५, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २, २०१४ 
  15. "New York, Culture Capital of the World, 1940–1965 / edited by Leonard Wallock; essays by Dore Ashton ... [et al.]", National Library of Australia, मूलबाट जनवरी २४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २, २०१४ 
  16. १६.० १६.१ "Top 8 Cities by GDP: China vs. The U.S.", Business Insider, Inc, जुलाई ३१, २०११, अन्तिम पहुँच अक्टोबर २८, २०१५, "For instance, Shanghai, the largest Chinese city with the highest economic production, and a fast-growing global financial hub, is far from matching or surpassing New York, the largest city in the U.S. and the economic and financial super center of the world." 
  17. Jones, Huw (जनवरी २७, २०२०), "New York surges ahead of Brexit-shadowed London in finance: survey", Reuters, मूलबाट जनवरी १३, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २७, २०२०, "New York remains the world's top financial center, pushing London further into second place as Brexit uncertainty undermines the UK capital and Asian centers catch up, a survey from consultants Duff & Phelps said on Monday." 
  18. Richter, Felix (मार्च ११, २०१५), "New York Is The World's Media Capital", Statista, मूलबाट जनवरी २१, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २९, २०१७ 
  19. Ennis, Dawn (मे २४, २०१७), "ABC will broadcast New York's pride parade live for the first time", LGBTQ Nation, मूलबाट जनवरी २४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मे २९, २०१७ 
  20. Florida, Richard (मार्च ३, २०१५), "Sorry, London: New York Is the World's Most Economically Powerful City", The Atlantic Monthly Group, मूलबाट नोभेम्बर १३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २५, २०१५, "Our new ranking puts the Big Apple firmly on top." 
  21. Florida, Richard (मे ८, २०१२), "What Is the World's Most Economically Powerful City?", The Atlantic Monthly Group, मूलबाट जनवरी ५, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २५, २०१५ 
  22. "Henry Hudson and His Crew Sailed into the River that Would Bear His Name", Library of Congress, मूलबाट जनवरी २४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०२१ 
  23. "Fort Nassau | A Tour of New Netherland", New Netherland Institute, मूलबाट जनवरी २४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०२१ 
  24. Greenspan, Jesse, "The Dutch Surrender New Netherland", History, मूलबाट जनवरी २४, २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २४, २०२१ 
  25. Roberts, Sam (जुन २६, २०१७), "200 Years Ago, Erie Canal Got Its Start as Just a 'Ditch'", The New York Times, मूलबाट नोभेम्बर १२, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०१७