नर्कट भ्याकुर (Chrysomma altirostre) नेपाल लगायत दक्षिण एसियाको रैथाने प्रजाति हो। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ।

नर्कट भ्याकुर
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
C. altirostre
वैज्ञानिक नाम
Chrysomma altirostre
Jerdon, 1862
पर्याय

Moupinia altirostris
Pyctorhis altirostris
Pyctorhis griseigularis
Timalia altirostris

विबरण सम्पादन गर्नुहोस्

नर्कट भ्याकुरको लम्बाई १६ देखि १७ सेन्टिमिटर हुन्छ। यो चराको पहेलो-खैरो उपनानी, फुस्रो अग्राक्ष, आँखीभौ साथै कण्ठ तथा छाती, मजबुत ठोँड हुन्छ। यो प्रजाति तामे घाँसेभ्याकुरसँग सम्बन्धित प्रजाति हो।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

नर्कट भ्याकुर दक्षिण एसियाका देशहरू नेपाल, बङ्गलादेश, भारत, म्यानमारपाकिस्तानमा पाइने गर्छ। यो चरा अग्ला घाँस तथा नर्कट झाडी भएको खोलाछेउका दलदले क्षेत्रमा बस्ने गर्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्