धौलागिरी अञ्चल
धवलगिरी अञ्चल (धौलागिरी अञ्चल) नेपालको क्षेत्रीय वर्गीकरण अनुसार पश्चिमाञ्चल विकास क्षेत्रको एक अञ्चल हो। यो अञ्चललाई ४ जिल्लाहरूमा विभाजन गरिएको छ। यसमा पर्वत ,बाग्लुङ ,म्याग्दी र मुस्ताङ जिल्लाहरू रहेका छन्। धवलागिरि हिमालको नामबाट यस अन्चलको नामाकरण गरिएको हो। धार्मिक तथा पर्यटकिय स्थानहरू प्रशस्त भएर पनि प्रचार-प्रसारको कमीले गर्दा पर्यटनको राम्रो विकास हुन सकेको छैन। प्रसिध्द तिर्थ स्थल मुक्तिनाथ,बाग्लुङ कालिका भगवति मन्दिर लगायत का प्रशस्त धार्मिक तिर्थ स्थलहरू रहेका छन् भने पर्यटकिय क्षेत्रमा कालिगण्डकि नदिमा गरिने राफ्टीङ, मुस्ताङ पद यात्रा,म्याग्दिको तातो पानी क्षेत्र ,ढोरपाटन निकुन्ज लगायतका ठाउ छन्। साथै प्रचार-प्रसारको कमीले गर्दा पछाडि परेको पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारको छेउमा रहेको गुप्तेश्वर गुफा ( २ कि.मि. लामो)पनि पर्यटकीय तथा धार्मिक रूपले महत्त्वपूर्ण मानिन्छ। यि ४ जिल्ला मध्ये मुस्ताङ सबैभन्दा विकट जिल्ला हो। मुस्ताङलाई हिमाल पारिको जिल्लाको नामले पनि चिन्ने गरिन्छ।
धौलागिरी अञ्चल | |
---|---|
![]() | |
अञ्चल | धवलागिरी अञ्चल |
विकास क्षेत्र | पश्चिमाञ्चल विकास क्षेत्र |
जिल्लाहरू | ४ वटा |
सदरमुकाम | बागलुङ |
क्षेत्रफल | ८,१४७ वर्ग कि.मि. |
वेबसाईट | ok bro sure |
नामाकरणसम्पादन
धौलागिरी हिमालको नामबाट यो अञ्चलको नामाकरण गरिएको हो।
जिल्लाहरूसम्पादन
यो पनि हेर्नुहोससम्पादन
| |||
मेची · कोशी · सगरमाथा · जनकपुर · बाग्मती · नारायणी · गण्डकी · लुम्बिनी · धवलागिरी · राप्ती · कर्णाली · भेरी · सेती · महाकाली |