दुबाचौर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो। दुबाचौर गाविस जिल्ला सदरमुकामबाट पश्चिममा पर्दछ। सदरमुकामबाट ९ कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल २०.२६ वर्ग किलोमिटर छ। दुबाचौरको पूर्वमा ज्यामिरे, पश्चिममा पाल्चोक, उत्तरमा बाँसखर्क र दक्षिणमा मेलम्ची, तालामाराङ गाविसहरू पर्दछन। पाल्चोक थुम अन्तर्गत पर्ने यस गाविसमा तामाङ जाति तथा जोगी समुदायहरूको बाक्लो बसोबास छ। गाविसमा उष्ण तथा औसत हावापानी पाइने हुँदा यस गाविसमा व्यावसायीक कृषि उत्पादन गरिन्छ। धान, गहुँ, मकै, तोरी जस्ता कृषिबाली यहाँको व्यावसायीक उत्पादन हो। [१]

दुबाचौर
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्

निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसमा विसं २०५८ सालको जनगणना अनुसार कुल १२६१ घरपरिवार मध्ये कुल जनसङ्ख्या ६०४४ थियो। [१][२] यस मध्य पुरुष ५०%, र महिला ५०% छन।

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. १.० १.१ "दुबाचौर", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति
  2. "नेपाल जनगणना २००१", अन्तिम पहुँच सेप्टेम्बर २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्