दक्षिण एसियाली विश्वविद्यालय

दक्षिण एसियाली विश्वविद्यालय एउटा अन्तर्राष्ट्रिय विश्वविद्यालय हो । यो दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका आठवटै सदस्य राष्ट्र अफगानिस्तान, नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्सश्रीलङ्काबाट मान्यता र अनुदानप्राप्त विश्वविद्यालय हो।[१]

दक्षिण एसियाली विश्वविद्यालय
आदर्श वाक्यसीमाविहीन ज्ञान
प्रकारअन्तर्राष्ट्रिय विश्वविद्यालय
स्थापना२०१० (2010)
सभापतिएभीएस रमेश चन्द्र (निमित्त)
विद्यार्थीहरू७०००
स्थान,
भारत

२८°२२′N ७३°२६′E / २८.३७°N ७३.४३°E / 28.37; 73.43निर्देशाङ्कहरू: २८°२२′N ७३°२६′E / २८.३७°N ७३.४३°E / 28.37; 73.43
क्याम्पससहरी
सम्बन्धनहरूसबै सार्क मुलुकबाट मान्यताप्राप्त
वेबसाइटsau.int

निर्णायक संरचना सम्पादन गर्नुहोस्

यस विश्वविद्यालयको निर्णायक तहमा सञ्चालक समिति, कार्यकारी परिषद्, प्राज्ञिक परिषद् र आर्थिक परिषद् रहेका छन्। विश्वविद्यालयको प्रशासनसम्बन्धी अन्तिम निर्णय लिने अधिकार अध्यक्षलाई छ । तर, विश्वविद्यालयको निर्धारित बजेट सीमा नाघ्ने अवस्थामा भने गभर्निङ बोर्डबाट निर्णय गराउनुपर्ने हुन्छ। बोर्डमा प्रत्येक सार्क सदस्य राष्ट्रबाट दुई/दुई जना सदस्य रहने व्यवस्था छ।

स्थापना सम्पादन गर्नुहोस्

आपसी साझेदारीबाट दक्षिण एसियाका जनताको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि र विकास सुनिश्चित गर्ने लगायत उद्देश्यले स्थापित भएको क्षेत्रीय अन्तरसरकारी मञ्च सार्कले १३ औँ शिखर सम्मेलन, (२००५, ढाका)मा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले दक्षिण एसियाली विश्वविद्यालय स्थापनाको प्रस्ताव राखेका थिए। तदनुसार १४ औँ सार्क शिखर सम्मेलन, (२००७, नयाँ दिल्ली)मा विश्वविद्यालय स्थापनासम्बन्धी अन्तरसरकारी समझदारीमा हस्ताक्षर भयो।[२] सार्कका सदस्य राष्ट्रबाट संकलित स्रोतसाधनबाट दक्षिण एसियाली विश्वविद्यालयका रूपमा एउटा उत्कृष्टताको केन्द्रका स्थापना गर्ने र त्यहाँ विश्वस्तरीय प्राज्ञिक तथा अनुसन्धान सेवा तथा अनुसन्धानका अवसर दिने भनियो। यहाँ सन् २०१० मा पहिलोपल्ट विद्यार्थी भर्ना लिइयो।

प्राज्ञिक कार्यक्रम सम्पादन गर्नुहोस्

यस विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रमा दुई पोस्ट ग्र्याजुएट कार्यक्रम अर्थशास्त्र र कम्प्युटर विज्ञानमा भर्ना लिएर अध्यापन थालेको थियो। यस विश्वविद्यालयमा अर्थशास्त्र, कम्प्युटर विज्ञान, बायोटेक्नोलोजी, गणित, समाजशास्त्र, कानुन र अन्तर्राष्ट्रिय सम्बन्ध विषयका पोस्ट ग्य्राजुएट र विद्यावारिधि तहका कार्यक्रम सञ्चालनमा छन् ।[३][४]

विद्यार्थी भर्ना सम्पादन गर्नुहोस्

यस विश्वविद्यालयमा सार्कका आठवटै सदस्य राष्ट्रसहित अन्य मुलुकका विद्यार्थी पनि अध्ययन गर्दछन्। यहाँ विद्यार्थी भर्नाका लागि स्थान छुट्याइएको छ।

विद्यार्थी भर्ना आरक्षण सम्पादन गर्नुहोस्

क्रसं देश विद्यार्थी संख्या
भारत ५०%
बङ्गलादेश १०%
पाकिस्तान १०%
अफगानिस्तान ४%
भुटान ४%
माल्दिभ्स ४%
नेपाल ४%
श्रीलङ्का ४%
सार्कबाहिरका मुलुक १०%

बजेट सम्पादन गर्नुहोस्

यसको स्थापनाको पहिलो चरणका लागि ३० करोड अमेरिकी डलर अनुमान गरिएको थियो । यसका लागि आवश्यक १०० एकड जमिन भारत सरकारले दक्षिण दिल्लीमा नि:शुल्क उपलब्ध गराएको थियो, जहाँ विश्विद्यालयको मुख्य क्याम्पस अवस्थित छ । सार्कका सबै मुलुकले पालैपालो सञ्चालन खर्च उपलब्ध गराउँछन् । सन् २०१७ को वार्षिक प्रतिवेदनअनुसार यस विश्वविद्यालयको वार्षिक बजेट ६ करोड १६ लाख डलर थियो, जसमध्ये सञ्चालन खर्च ९७ लाख डलर र पुँजीगत बजेट ५ करोड १९ लाख डलर थियो।[५]

सिकाइ सम्पादन गर्नुहोस्

भारत-पाकिस्तान द्वन्द्वका कारण सेलाउँदै गएको र विशेष गरी भारतले अरु वैकल्पिक मञ्चलाई प्राथमिकता दिँदा ओझेल परेको क्षेत्रीय मञ्चका रूपमा रहे पनि सार्कले जन्माएको यो संस्था भने गतिशील रूपमा सञ्चालन भइरहेको छ। भारतीय भूमिमै स्थापना गरिएको र बढी दायित्व भारतले नै बेहोरेका कारण पनि सुरुवाती चरणमा यसको सञ्चालन उत्साहजनक भइरहेको हो । यसैको सिकाइस्वरुप अर्को नयाँ विशिष्टीकृत चिकित्सा विश्वविद्यालयको प्रस्ताव भइरहेको छ। दक्षिण एसियाली विश्वविद्यालय सफल हुँदै गएको उदाहरण दिँदै अर्को विश्वविद्यालयको अवधारणा अघि बढाएको र १९ औँ शिखर सम्मेलनले उक्त प्रस्ताव पारित गरेपछि स्थापना प्रक्रिया अघि बढ्नेछ।[६] पाकिस्तानमा हुने भनिएको १९ औँ शिखर सम्मेलन भारतीय अरुचिका कारण ढिलाइ भइरहेको छ र नयाँ विश्वविद्यालयको अवधारणाले पनि मूर्तरुप पाउन सकेको छैन।[७]

विवाद सम्पादन गर्नुहोस्

छात्रवृत्तिमा विभेद, मेस सञ्चालन, अनुदान र आर्थिक स्रोतमा दुरुपयोग भएको भन्दै विद्यार्थीहरूले बेलाबेला विरोधमा प्रदर्शन गर्ने गरेका छन्। नेतृत्व र प्रशासनिक नेतृत्वमा पनि भारतले एकलौटी गरेकोमा पनि अन्य मुलुकको असन्तुष्टि छ।[८]

ग्यालरी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्