ढाँचा:प्रमुख लेख/नेपाल
नेपाल दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यो देश मुख्यतया हिमालयमा अवस्थित भएता पनि यसले सिन्धु गङ्गा मैदानको भागहरू पनि समावेश गर्दछ। यो देशको उत्तरमा चीनको तिब्बत स्वायत्त क्षेत्र र दक्षिण, पूर्व तथा पश्चिममा भारतसँग सीमा साझा गर्दछ जबकि सिलिगुडी कोरिडोरद्वारा बङ्गलादेश र भारतीय राज्य सिक्किमद्वारा भुटानसँग सङ्कुचित रूपमा छुट्टिएको छ। नेपालको उर्वर समतल क्षेत्र, उत्तरी ध्रुववृत्त जङ्गली पहाडहरू, र संसारका सबैभन्दा उच्च १४ हिमशृङ्खलाहरू मध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा पनि एक हो। नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो, जसको आधिकारिक भाषा नेपाली हो। नेपालको प्रमुख सहर र राजधानी काठमाडौँ हो। (पूरा पढ्नुहोस्...)
हालसालै प्रदर्शित: