ढाँचा:प्रमुख लेख/नीलफामारी जिल्ला

नीलफामारी बङ्गलादेशको उत्तरमा पर्ने एक जिल्ला हो। सन् २०१० जनवरी २५ का दिन बङ्गलादेशको आठौँ विभागको रूपमा यो जिल्लालाई रङ्पुर विभाग अन्तर्गत राखिएको थियो। यो जिल्ला राजधानी सहर ढाकाबाट ४०० किलोमिटर उत्तर-पश्चिममा पर्छ। यो जिल्लाको सदरमुकाम तथा राजधानी नीलफामारी सहर हो। नीलफामारी जिल्ला बङ्गलादेशको उत्तरमा पर्छ भने यो जिल्ला २५°४४' देखि २६°१९' उत्तर अक्षांश र ८८°४४' देखि ८९°१२' पुर्वी देशान्तरणमा अवस्थित छ। नीलफामारी जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५८०.८५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, रङ्पुर जिल्लाले दक्षिण, लालमनिरहाट जिल्लाले पूर्व र दिनाजपुर जिल्लाले पश्चिमबाट घेरेको छ। टिस्टा, बुरुटिस्टा, इसामती, जमुनेश्वरी, चलरकाटा, सर्वमङ्गला आदि यस जिल्लाका प्रमुख नदीहरू हुन्। (पूरा  पढ्नुहोस्...)