जाभास्क्रिप्ट
जाभास्क्रिप्ट (/ˈdʒɑːvəˌskrɪpt/; JS) एउटा कम्प्यूटर प्रोग्रामिङ भाषा हो । यो एउटा स्क्रिप्टिङ भाषा हो जुन मुख्य रूपमा क्लाईन्ट साइटहरूमा वेवपेज निर्माणमा प्रयोग हुन्छ।
![]() अनाधिकारिक जाभास्क्रिप्ट लोगो | |
प्रतिमान(हरू) | Multi-paradigm: स्क्रिप्टिंग, object-oriented (prototype-based), imperative, functional |
---|---|
डिजाइनर | ब्रेन्डन इच |
विकासकर्ता | नेटसकेप सूचना सङ्गठन, मोजिला फाउन्डेसन |
जारी | सन् १९९५ |
स्थिर जारी | 1.8.5[१] / सन् २०११ मार्च २२ |
टाइप प्रणाली | dynamic, duck |
प्रोग्रामिङ भाषा कार्यान्वयन | KJS, Rhino, SpiderMonkey, V8, Carakan, Chakra |
बाट प्रभावित | Scheme, Self, Java, C, Python, AWK, HyperTalk |
प्रभावित | ActionScript, AtScript, CoffeeScript, Dart, JScript .NET, Objective-J, QML, TypeScript, Node.js, LiveScript |
|
![]() | |
फाइल नाम विस्तार | .js |
---|---|
इन्टरनेट मिडीया प्रकार |
|
(यूटिआइ) | com.netscape.javascript-source[३] |
ढाँचा प्रकार | स्क्रिप्ट भाषा |
प्रमुख विशेषताहरूसम्पादन
- वेवपेजहरूलाई डायनामिक (dynamic) बनाउनमा उपयोगी ।
- क्लाईन्ट साइडमा (प्रयोगकर्ता को कम्प्यूटरमा) र सर्भर साइड दुवै तिर चल्न सक्छ ।
- यो एउटा इन्टरप्रिटेड भाषा हो।
- ब्जेक्ट ओरिएन्टेड भाषा हो।
- यो जुनै पनि अपरेटिङ सिस्टममा चल्न सक्छ ।
- यसमा पहिलो श्रेणीको फंशन हुन्छ।
- जाभास्क्रिप्ट को सेन्टेक्स, सी (C) का सेन्टेक्सहरूबाट प्रभावित हुन्छन्।
- जाभास्क्रिप्टको वास्तविक नाम "ECMAScript" हो ।
- यो पृष्ठभूमिमा अगाडि भइरहेका कामहरू लाई असर नगरिकन चल्न सक्छ।
यसको नाममा जाभा शब्द आएको छ, यसको जाभा नामक प्रोग्रामिङ भाषासँग कुनै सम्बन्ध छैन । तर जाभा तथा जाभास्क्रिप्ट दुबै का सेन्टेक्स सी (C) का सेन्टेक्सहरूसँग प्रभावित छन् । जाभास्क्रिप्टको डिजाइनका मुख्य सिद्धान्त सेल्फ (Self) नामक प्रोग्रामिङ भाषाबाट लिर्इएका छन् ।
जाभास्क्रिप्ट का विभिन्न उपयोगसम्पादन
- जाभास्क्रिप्ट, एच.टी.एम.एल. डिजाइनरहरू का लागि प्रोग्रामिङको सुविधा प्रदान गर्दछ ।
- जाभास्क्रिप्ट, एच.टी.एम.एल. पेजहरूमा गतिशील टेक्स्ट (Dynamic Text) राख्ने सुविधा दिन्छ ।
- जाभास्क्रिप्टले घटनाहरू (Events) अनुसार वांछित प्रतिक्रिया गर्नको लागि उपयोग गरिन्छ । उदाहरणका लागि कुनै एच.टी.एम.एल. पेजको कुनै बटनमा क्लिक गर्दा कुनै पूर्व-निर्धारित कार्य गर्नको लागि ।
- जाभास्क्रिप्टले elements पढ्न वा लेख्न सक्दछ, यसको अर्थ यो हुन्छ की एच.टी.एम.एल. पेजको कुनै अवयवको बारेमा जानकारी प्राप्त गर्न उसलाई बदल्न वा हटाउन सकिन्छ ।
- जाभास्क्रिप्टले आंकडाहरूको जाँच गर्न सक्दछ । कुनै Form को प्रयोगकर्ता द्वारा त्यस Form मा भरीएका आंकडाहरूलाई पहिले जाँच गरीसके पछि सर्भर मा पठाउने सुविधा दिन्छ । यसबाट सर्भरको समय पनि बच्ने र प्रयोगकर्तालाई गल्तीको जानकारी छिट्टै हुन्छ ।
- जाभास्क्रिप्टले कुनै पेजमा आएको आगन्तुकको ब्राउजर को बारेमा जानकारी प्राप्त गर्न सक्दछ । यसको उपयोग गरेर त्यस ब्राउजरलाई अनुकूल, समुचित व्यवहार गर्न सक्दछ ताकि त्यो पेज सबै ब्राउजरहरूमा ठीकसँग देखाउन सकियोस् ।
- जाभास्क्रिप्टको प्रयोग कुक्की (cookies) को निर्माण मा गर्न सकिन्छ ।
वेवपेज निर्माणमा जाभास्क्रिप्टसम्पादन
जाभास्क्रिप्टको मुख्य प्रयोग त्यस्तो फंशन लेख्नका लागि हुन्छ जुन एच.टी.एम.एल. पेजहरूमा अन्तर्निहित (embedded) हुन्छन्। तल एउटा उदाहरण दिइएको छ जसले एच.टी.एम.एल. मा जाभास्क्रिप्ट कसरी समाहित (include) भएको छ भन्ने दर्शाउँदछ ।
<!DOCTYPE html>
<html>
<head><title>शीर्षक</title></head>
<body>
<script>
document.write('नमस्ते!');
</script>
<noscript>
''तपाईको ब्राउजरले जाभास्क्रिप्ट Support गरेन ।''
</noscript>
</body>
</html>
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "New in JavaScript 1.8.5 | Mozilla Developer Network", Developer.mozilla.org, २०१२-११-१८, अन्तिम पहुँच २०१३-०५-२६।
- ↑ "RFC 4329", Apps.ietf.org, अन्तिम पहुँच २०१३-०५-२६।
- ↑ "System-Declared Uniform Type Identifiers", म्याक ओएस एक्स सन्दर्भ पुस्तकालय, एप्पल कम्पनी, अन्तिम पहुँच २०१०-०३-०५।