टेकनपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। टेकनपुर गाविस जिल्ला सदरमुकामबाट करिव ७ कोष टाढा पर्ने गाविस हो। करिव १६.१२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस गाविस सुनकोशी नदीको किनारासम्म जोडिएको छ। टेकनपुरको पूर्वमा पिस्कर, पश्चिममा मांखा, उत्तरमा धुस्कुन र दक्षिणमा तौथली गाविस पर्दछ। तौथली थुम अन्तर्गत पर्ने यस गाविसको पश्चिमी भेगमा उष्ण हावापानी तथा अन्य भूभागमा औसत हावापानी पाइन्छ। क्षेत्रीहरूको बाहुल्यता भएको यस गाविसका अधिकांश मानिसहरू कृषि तथा नोकरीमा लागेकाछन। गाविसको प्रमुख कृषिबाली धान र गहुँ हो। विसं २०५८ सालको जनगणना अनुसार टेकनपुर गाविसमा ४१२ घरपरिवार मध्ये कुल जनसङ्ख्या १८३७ छ। यो गाविस ग्रामीण पदयात्राका लागि प्रसिद्ध मानिन्छ।[१]

टेकनपुर
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "टेकनपुर", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्