टिस्टुङ देउराली नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको नारायणी अञ्चल, मकवानपुर जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ७०४१ रहेको थियो जसमध्ये ३४०९ पुरुष र ३६३२ महिला रहेका थिए भने यहाँ १४०५ घरधुरी रहेको थियो।[१][२]

टिस्टुङ देउराली
पूर्व गाविस
टिस्टुङ देउराली is located in बागमती प्रदेश
टिस्टुङ देउराली
नेपालको नक्सामा टिस्टुङ देउरालीको अवस्थिति
टिस्टुङ देउराली is located in नेपाल
टिस्टुङ देउराली
टिस्टुङ देउराली (नेपाल)
निर्देशाङ्क: २७°३६′२९″उ॰ ८५°०५′३९″पू॰ / २७.६०८०६°N ८५.०९४१७°E / 27.60806; 85.09417निर्देशाङ्कहरू: २७°३६′२९″उ॰ ८५°०५′३९″पू॰ / २७.६०८०६°N ८५.०९४१७°E / 27.60806; 85.09417
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लामकवानपुर जिल्ला
जनसङ्ख्या
 • जम्मा७,०४१
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)


प्राकृतिक मनोरम दृश्यमात्र होइन धार्मिक क्षेत्र र साँस्कृतिक वस्तीका रूपमा रहेको मकवानपुरको टिस्टुङ पालुङ र चित्लाङ क्षेत्र पर्यटकिय क्षेत्रको रूपमा परिचित छ। नेपालमा पहिलो पल्ट चन्द्रशमशेर राणाको पालामा चित्लाङ र तिस्टुङका स्थानियहरूले गाडी बोकेर ल्याएको एतिहासिक गोरेटो राजमार्ग पनि यहीँ छ। विरगञ्जबाट ल्याएको मोटर भीमफेदीबाट टिस्टुङ, पालुङ र चित्लाङ गाउँका तन्नेरीहरूका काँध चढेर काठमाडौँ भित्रिन्थे । यस्ता धेरै इतिहास बोकेको यो क्षेत्र धार्मिक, सास्कृतिक र प्राकृतिक रूपमा पनि धनी छ । पछिल्लो समय स्थानिय तहमा जनप्रतिनिधिहरु चुनिएपछी यस क्षेत्रलाई धार्मिक, सास्कृतिक र प्राकृतिक व्यवस्थापन गरी पर्यटकिय नगरको रूपमा घोषणा गर्ने तयारी भइरहेको छ।

सात सय वर्ष पुरानो लिच्छविकालीन राजा अंशु बर्माले स्थापना गरेको कोट दरबार पनि टिस्टुङमै अवस्थित छ । अहिले दरबारको भग्नावशेष मात्र रहेको छ भने कोटदरबार नजिक तलेजु भवानीको मन्दिर अहिले सञ्चालनमा छ । टिस्टुङमा केही आधुनिक शैलीका घर सडकछेउमा बने पनि अधिकांश घर पुरानै नेवारी शैलीका छन् । टिस्टुङको पश्चिम दक्षिणमा रहेको कुन्छाल गाउँको गोपाली गाउँ नेपालकै नमूनायोग्य गाउँका रूपमा परिचित छ । टिस्टुङ उपत्यकाको सबैभन्दा पुरानो बस्तीका रूपमा स्थापित गोपाली गाउँ रहेको छ । टिस्टुङ उपत्यका कुलेखानी जलविद्युतका लागि जलाधार र काठमाडौँ उपत्यकाका लागि तरकारीको प्रमुख आपूर्ति गर्ने उपत्यका हो । टिस्टुङमा गोपाली, महर्जन, बलामी, श्रेष्ठ, कपालीलगायत जातिको बसोवास छ ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति