मुख्य सूची खोल्नुहोस्

न्युमोनिया बिभिन्न प्रकार का जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। अङ्ग्रेजीमा Pneumonia भनिने यो रोगलाई उच्चारण भेदले गर्दा निमोनाया पनि भनिन्छ|यसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया गराउँदछन्।

एन्टिबायोटिकको व्यापक विकासका कारण न्युमोनियाको मृत्युको दर हृवात्तै घटे पनि त्यसले खतरनाक अवस्थासम्म भने पुर्‍याउँदछ। ७० वर्ष नाघेका व्यक्तिहरूमा अझै पनि न्युमोनिया मृत्युको प्रमुख कारणहरू मध्ये एक हो।

न्युमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने छैन। एचआईभी/एड्सबाट सङ्क्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा लाग्ने न्युमोनिया चाँडै र धेरै लाग्दछ। त्यसैले केही अफ्रिकन महादेशका देशहरू जहाँ AIDS व्याप्त छ, न्युमोनियाका बिरामीहरूको सङ्ख्या पनि अत्यधिक रहेको छ। न्युमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त हुन्छन्, गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन्।

व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि न्युमोनिया हुन सक्दछ। कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि न्युमोनिया देखिन सक्छ। अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन। रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, ज्क्ष्ख्क्ष्ब्क्ष्म्क् सङ्क्रमितहरू अङ्ग, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिमा न्युमोनिया चाँडै लाग्दछ। त्यस्तै धुम्रमान र मदिरा अत्यधिक सेवनले पनि न्युमोनिया हुन सक्दछ।

मानव शरीरमा एक जोडी फोक्सो हुन्छ। एउटा दाहिने पट्ट िर अर्को देब्रे पट्ट ि। दाहिने फोक्सो देब्रेभन्दा ठूलो र अलि गह्रुँगो हुन्छ त्यस्तै दाहिने फोक्सोमा छिर्ने श्वास नली छोटो, ठाडो र फराकिलो हुन्छ। फोक्सोका पनि खण्डहरू हुन्छन्। दाहिनेमा ३ वटा खण्ड हुन्छ भने देब्रेमा २ वटा खण्ड हुन्छ।

न्युमोनियाले गर्दा फोक्सोको कुनै खण्ड -ीयदभ)को कुनै भागमा मात्र खराबी हुन सक्छ, कुनै एक खण्ड पूरै र एक वा बढी खण्ड पनि खराब हुन सक्छ जसलाई ९ीयदबच उलभumयलष्ब० लोबार न्युमोनिया भनिन्छ। फोक्सोका कुनै खण्डको सँगसँगै श्वास नलीका भागहरू पनि सङ्क्रमित भएमा ब्रोङ्को न्युमोनिया -द्यचयलअजय उलभumयलष्ब० भनिन्छ।

अझ विशेष गरेर अचेत बिरामी तथा बच्चाहरूमा पेटको खानेकुरा सर्किएर श्वास नली हुँदै फोक्सोसम्म पुग्दछ। पेटको खाने कुरा सँगै ग्यास्टि्रक एसिड पनि फोक्सोमा पुग्ने हुँदा फोक्सोको कोषहरूमा क्षति पुग्न गई खतरनाक किसिमको न्युमोनिया हुन सक्दछ। जसलाई एस्पिरेसन न्युमोनिया भनिन्छ। त्यसैले वान्ता गर्दा सर्किन सक्ने, खानेकुरा खाँदा बोलेमा सर्किन सक्ने भएकोले होशियार हुनु जरूरी छ।

लक्षणहरूसम्पादन

Symptoms frequency
लक्षण आवृत्ति
खोकी
79–91%
थकान
90%
ज्वोरो
71–75%
सास फेर्न असजिलो
67–75%
खकार
60–65%
टाउको दुखाई
39–49%
 
संक्रमक निमोनियाको मुख्य लक्षण

बिरामीको उमेर, रोग प्रतिरोधात्मक क्षमता र न्युमोनिया गराउने जीवाणु अनुसार लक्षणहरू फरक फरक हुन्छन्। व्याक्टेरियाले गर्ने न्युमोनियामध्ये पनि क्तचभउतय अयअअगक प्रजाति अति प्रमुख जीवाणु हो र यसले पहिले नै भाइरल इन्फेक्सन भइसकेको व्यक्तिलाई बढी सताउने गर्दछ। यसको इन्फेक्सन हुँदा बिरामीको शरीरको तापक्रम छोटो समयमा नै हृवात्तै बढ्छ। कहिलेकाँही ३९ दशमलव ५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ। छाती एकदम दुख्छ र लगातार सुख्खा खोकी लाग्छ। केही घण्टामा नै बिरामी सिकस्त हुँदै जान्छ। केही दिनपछि खकार -पहेलो) आउन थाल्छ र पछि गएर खैरो रङको खकार आउन थाल्छ। सँगगँगै बिरामीको शरीरभरि डाबर आउन थाल्छ। बिरामीले छिटो-छिटो र छोटो छोटो सास फेर्न थाल्छ।

फोक्सोका कोषहरू सुन्निएर हावा भरिने क्षेत्रहरू थुनिने हुनाले बिरामीले सास फेर्दा फोक्सो सङ्क्रमित भएको पट्ट िछाती फुल्दैन। यसरी फोक्सोले पाउनुपर्ने जति अक्सिजन नपाएपछि शरीरमा पनि अक्सिजनको कमी हुन थाल्दछ र त्यसलाई पूर्ति गर्न बिरामीले छोटो-छोटो र छिटो-छिटो सास लिनुपर्ने हुन्छ।

कारणसम्पादन

न्युमोनिया मुख्य रूपमा व्याक्टेरिया र भाईरस तथा बिभिन्न प्रकारका ढुसी र परजीबीको कारणले हुने गर्दछ |



उपचारसम्पादन

बिरामीको अवस्थाअनुसार उपचार पद्धति फरक फरक हुन्छ। केहीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ भने केहीलाई औषधि दिएर घर पठाउन सकिन्छ। अवस्था सामान्य भएकाहरूलाई भने घरमै सामान्य हेरविचार गरेर राख्न सकिन्छ। सास फेर्न कठिनाई भइरहेको छैन र बिरामीको खोकीका खैरो रङको खकार आइरहेको छ भने बिरामीले मास्क लगाउन जरूरी छ। त्यस्तै मुख र छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ। पर्याप्त पानी पिउनुपर्छ, ज्वरो र छातीको दुखाइका लागि औषधि लिनुपर्दछ[१]

समयमै उपचार नगरे बिरामीको स्वास्थ्य अत्यन्त बिग्रने हुँदा माथि उल्लेख गरिएका लक्षणहरू देखिने वित्तिकै अस्पताल जानु बुद्धिमानी हुन्छ।

सन्दर्भ सामग्रीसम्पादन

बाह्य सूत्रसम्पादन