जेम्स मिल्नर (जन्म: ४ जनवरी १९८६) एक अङ्ग्रेजी व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब लिभरपुल र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका लागि मध्यपङ्क्तिको रूपमा खेल्दछन्।[७][८]

जेम्स मिल्नर
सन् २०१९ मा मिल्नर
व्यक्तिगत जानकारी
पुरा नाम जेम्स फिलिप मिल्नर[१]
जन्म मिति (1986-01-04) ४ जनवरी १९८६ (उमेर ३८)[२]
जन्म स्थान लिड्स, इङ्ल्यान्ड
उचाइ ५ फिट ९ इन्च (१.७५ मी)[३]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति / रक्षापङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
लिभरपुल फुटबल क्लब
सङ्ख्या
युवा करियर
सन् १९९६–२००२ लिड्स युनाइटेड प्रशिक्षण केन्द्र
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००२–२००४ लिड्स युनाइटेड ४८ (५)
सन् २००३ → स्विनडन फुटबल क्लब (ऋण) (२)
सन् २००४–२००८ न्युक्यासल ९४ (६)
सन् २००५–२००६एस्टन भिल्ला (ऋण) २७ (१)
सन् २००८–२०१० एस्टन भिल्ला ७३ (११)
सन् २०१०–२०१५ म्यानचेस्टर सिटी १४७ (१३)
सन् २०१५– लिभरपुल १५२ (१९)
अन्तर्राष्ट्रिय करियर
सन् २००१–२००२ १६ वर्ष मुनि (५)
सन् २००२–२००३ १७ वर्ष मुनि ११ (८)
सन् २००४ १९ वर्ष मुनि[४] (१)
सन् २००३–२००५ २० वर्ष मुनि[५] (०)
सन् २००४–२००९ २१ वर्ष मुनि[६] ४६ (८)
सन् २००९–२०१६ इङ्ल्यान्ड ६१ (१)
सम्मान
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २०:०९, ४ अक्टोबर २०२० (युटिसी)

मिल्नर लिभरपुल फुटबल क्लबका एक जल्दाबल्दा मध्यपङ्क्तिका खेलाडी हुन्। मिल्नको जन्म सन् १९८६ जनवरी ४ का दिन इङ्ल्यान्डको लिड्समा भएको थियो। सानै उमेरदेखि फुटबलमा रूचि राख्ने मिल्नर घरेलु टोली लिड्स युनाइटेडका समर्थक थिए। सन् १९९६ मा मिल्नरले मात्र १० वर्षको उमेरमा लिड्स युनाइटेडको प्रशिक्षण केन्द्रमा भर्ना भई व्यावसायिक फुटबल प्रशिक्षण लिन सुरु गरेका थिए। सन् २००२ मा १६ वर्षको उमेरमा मिल्नरले सोही क्लब मार्फ व्यावसायिक फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने सानै उमेरमा प्रिमियर लिग खेले खेल्ने मौका प्राप्त गरेका मिल्नरले युवा खेलाडीको रूपमा सबैको मन जित्न सफल भएका थिए। सन् २००३-०४ को प्रिमियर लिगमा लिड्स युनाइटेडको पदघट भएपछि उनी न्युक्यासल युनाइटेड नामक अङ्ग्रेजी फुटबल क्लबमा आवद्ध भएका थिए। मिल्नरले लिड्स युनाइटेडसँगको २ वर्षे बसाइँ कुल ४८ उपस्थितिहरूमा जम्मा ५ गोल गर्न सफल भएका थिए। सन् २००४ मा मिल्नर न्यु क्यासल युनाइटेड नामक एक अङ्ग्रेजी क्लबसँग आवद्ध भएका थिए भने उनले सन् २००६ मा आयोजित युएफा इन्तरतोतो उपाधि जितका लागि क्लबका तर्फबाट महत्त्वपूर्ण उपस्थिति जनाएका थिए। सन् २००५ देखि सन् २००६ सम्म उनी एस्टर भिल्ला नामक एक अङ्ग्रेजी फुटबल क्लबमा ऋणमा आवद्ध भएका थिए भने उनी सन् २००८ मा उक्त क्लबसँगको पूर्णरूपमा आवद्ध भएका थिए। मिल्नरले न्युक्यासल युनाइटेडका लागि १०० भन्दा बढी उपस्थितिहरू जनाएका थिए भने उनले एस्टन भिल्लाका तर्फबाट ७० भन्दा बढी उपस्थितिहरू जनाएका थिए।

सन् २०१० मा पिएफए वर्ष युवा खेलाडीको रूपमा घोषित भएका मिल्नर त्यस लगत्तै म्यानचेस्टर सिटी नामक एक अङ्ग्रेजी फुटबल क्लबमा आवद्ध भएका थिए। मिल्नर सिटीमा आवद्ध भएपछिका वर्षहरूका सिटीले दुईवटा संस्करणको प्रिमियर लिग, १ एफए कप र १ एफए कम्युनिटी सिल्ड उपाधि जित्न सफल भएको थियो। सिटीसँगको पाँच वर्षे बसाइँमा मिल्नरले सिटीका लागि कुल १४७ उपस्थितिहरूमा जम्मा १३ गोल गर्न सफल भएका थिए। सन् २०१५ मा उनी म्यानचेस्टर सिटीबाट लिभरपुल नामक एक अङ्ग्रेजी फुटबल क्लबमा आवद्ध भएका थिए भने उनको आगमनसँगै क्लबका प्रशिक्षक जोर्जेन क्लोपले उनलाई लिभरपुलको उपकप्तानको रूपमा नियुक्त गरेका थिए। लिभरपुलका तर्फबाट मिल्नरले सन् २०१९ संस्करणको युएफा च्याम्पियन्स लिग, युएफा सुपर कप र फिफा क्लब विश्वकप जस्ता उपाधिहरू जित्न सफल भएका थिए।

मिल्नरले सन् २००१ मा इङ्ल्यान्ड १६ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने उनले उक्त टोलीकोसँगको १ वर्षे बसाइँमा ६ उपस्थितिहरूमा कुल ५ गोल गर्न सफल भएका थिए। मिल्नरले त्यस पछिका वर्षहरूमा १७,१९,२०,२१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए। मिल्नरले २३ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलहरूमा ४६ उपस्थितिहरू जनाएका थिए। सन् २००७ मा उनी युएफा युरोपेली यु-२१ च्याम्पियनसिप नामक एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका प्राप्त गरेका थिए भने उक्त प्रतियोगितामा राष्ट्रिय टोली दोस्रो स्थान प्राप्त गरेको थियो। सन् २००९ मा मिल्नरले वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो भने हालसम्म उनले राष्ट्रिय टोलीका लागि ६० भन्दा बढी अन्तर्राष्ट्रिय खेलहरूमा उपस्थिति जनाइसकेका छन्। उनले राष्ट्रिय टोलीको तर्फबाट सन् २०१०, दक्षिण अफ्रिकामा आयोजित फिफा विश्वकप, सन् २०१४ ब्राजिलमा आयोजित फिफा विश्वकप, सन् २०१२ र सन् २०१६ को युएफा युरोपेली च्याम्पियनसिपमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गरिसकेका छन्।

क्लब खेलजीवन सम्पादन गर्नुहोस्

अन्तर्राष्ट्रिय खेलजीवन सम्पादन गर्नुहोस्

मिल्नरले सन् २००१ मा इङ्ल्यान्ड १६ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय फुटबल खेलजीवनको सुरुवात गरेका थिए भने उनले राष्ट्रिय टोलीका लागि १ ६ उपस्थितिहरूमा कुल ५ गोल गर्न सफल भएका थिए।[७] मिल्नरले त्यसपछिका वर्षको १७ वर्ष मुनिको राष्ट्रिय टोलीका लागि खेलहरू खेल्न सुरु गरेका थिए। सन् २००३ मा उनको २० वर्ष मुनिको राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो भने उनलाई सन् २००३ मा आयोजित विश्व युवा च्याम्पियनसिप नामक एक प्रतियोगितामा राष्ट्रिय टोलीको प्रतिनिधि गर्नका लागि बोलाइएको थियो।[८] त्यसको १ वर्ष पछि, अर्थात् सन् २००४ मा उनको २१ वर्ष मुनिको राष्ट्रिय टोलीको पदोन्नति भएको थियो भने राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पिटर टेलरले उनलाई उनलाई राष्ट्रिय टोलीका तर्फबाट खेलहरूमा सहभागी हुनका लागि बोलाएका थिए।[९] सन् २००४ मार्च ३० का दिन उनले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट स्विडेन विरुद्ध पहिलो खेल खेलेका थिए।[१०] सन् २००४-०५ संस्करणको युएला युरोपेली यु-२१ च्याम्पियन्सिप छनोट खेलमा मिल्नरले राष्ट्रिय टोलीको तर्लबाट वेल्सका विरुद्ध पहिलो गोल गर्न सफल भएका थिए।[११] वेल्स विरुद्धको खेलमा मिल्नरले मध्यपङ्क्ति खेलाडीको भूमिका निर्वाह गरेका थिए भने उक्त खेल राष्ट्रिय टोलीले २-० गोल अन्तरले जित्न सफल भएको थियो।[१२] स्वीट्जरल्यान्ड विरुद्ध आयोजित खेलमा पनि मिल्नरले टोलीका तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए भने उनको गोल निर्णायक साबित भएको थियो जसकारण सन् २००७, नेदरल्यान्डमा आयोजना हुन लागेको युएफा युरोपेली यु-२१ च्याम्पियनसिपमा राष्ट्रिय टोली छनोट हुन सफल भएको थियो।[१३]

सन् २००७ को जुन महिनामा मिल्नरले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै युएफा युरोपेली यु-२१ च्याम्पियनसिपमा भाग लिएका थिए।[१४] उक्त प्रतियोगितामा मिल्नरले इङ्ल्यान्डको तर्फबाट पुरै चार खेलहरूमा सहभागिता जनाएका थिए। [१५] सन् २००७ अगस्ट २१ का दिन रोमानिया विरुद्धको एक मैत्रीपूर्ण खेलमा मिल्नरले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उक्त खेल १-१ को बराबरीमा टुङ्गिएको थियो।[१६] उक्त खेलको १ महिना पश्चात् उनले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट ३०औँ उपस्थिति जनाउँदै नयाँ कीर्तिमान राख्न सफल भएका थिए भने उनी मोन्टेनेग्रो विरुद्धको खेलमा सहभागी हुँदा राष्ट्रिय टोलीले ३-० गोल अन्तरले जित हासिल गरेको थियो।[१७][१८] सन् २००७ अक्टोबर १६ का दिन गणतन्त्र आयरल्यान्ड विरुद्धको खेलमा मिल्नरले २१ वर्ष मुनिको राष्ट्रिय टोलीको तर्फबाट व्यक्तिगत तेस्रो गोल गर्न सफल भएका थिए भने उक्त खेल राष्ट्रिय टोलीले ३-० गोल अन्तरले जित्न सफल भएको थियो। [१९][२०]

 
सन् २०१२ मा मिल्नर राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्दै

सन् २००९ मा मिल्नरको इङ्ल्यान्ड वरिष्ठ राष्ट्रिय टोलीमा पदोन्नति भएपछि उनले सोही वर्षको अगस्टमा राष्ट्रिय टोलीको तर्फबाट अन्तर्राष्ट्रिय खेलजीवनको सुरुवात गरेका थिए भने उनले नेदरल्यान्डको विरुद्ध आयोजित एक मैत्रीपूर्ण खेलमा पहिलोपटक राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने मौका पाएका थिए जहाँ उनी खेल सकिन २३ मिनेछ बाँकी छँदा मैदान प्रवेश गरेका थिए।[२१] नेदरल्यान्ड विरुद्ध आयोजित खेल २-२ को बराबरीमा टुङ्गिएको थियो।[२२] त्यसपछिको महिनामा उनले राष्ट्रिय टोलीको तर्फबाट दुई खेलमा सहभागिता जनाएका थिए भने उनले सुरुको खेल स्लोभेनिया विरुद्ध खेलेका थिए।[२३] सन् २०१० को फिफा विश्वकप छनोट अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा उनले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उनी खेल सकिन ९ मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका थिए।[२४] त्यसपछिको खेलमा इङ्ल्यान्डले जित निकाल्दै सन् २०१० फिफा विश्वकपका लागि छनोट भएको थियो।

दक्षिण अफ्रिकामा आयोजना हुन लागेको फिफा विश्वकपका लागि राष्ट्रिय टोलीको गठन गर्ने क्रममा मिल्नरलाई २३ पुरुष खेलाडी युक्त राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।[२५] मिल्नरले उक्त।प्रतियोगिता अन्तर्गत पहिलो खेल संयुक्त राज्य अमेरिकाको विरुद्ध खेलेका थिए यद्यपि खेलको तीसौँ मिनेटमा उनलाई प्रतिस्थापन गर्दै नयाँ खेलाडी मैदान प्रवेश गरेका थिए।[२६] विश्वकप अन्तर्गत इङ्ल्यान्डको तेस्रो खेलमा मिल्नरले स्लोभेनियाको विरुद्ध गोल गर्न सफल भएका थिए। सन् २०१० नोभेम्बर १७ का उनले राष्ट्रिय टोलीको कप्तान पद सम्हालेका थिए फ्रान्स विरुद्ध आयोजित खेलमा राष्ट्रिय टोली २-१ गोल अन्तरले पराजित भएको थियो। सन् २०१२ को युएफा युरो छनोट खेल अन्तर्गत मिल्नरले राष्ट्रिय टोलीका लागि ६ छनोट खेलहरूमा प्रतिस्पर्धा गरेका थिए भने रोय हगसनको प्रशिक्षणमा रहेको राष्ट्रिय टोलीका खेलाडी गठन गर्ने क्रममा मिल्नरलाई २३ पुरुष खेलाडी अन्तर्गत समावेश गरिएको थियो।[२७] सन् २०१२ मे ३१ का दिन नर्वेका विरुद्ध आयोजित एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मिल्नरले राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिए भने उक्त खेल राष्ट्रिय टोलीले १-० गोल अन्तरले हात पारेको थियो। सन् २०१४, ब्राजिलमा आयोजना हुन लागेको फिफा विश्वकपका लागि सन् २०१२ सेप्टेम्बर ७ का दिन आयोजित मल्दोभा विरुद्धको छनोट खेलमा मिल्नरले वरिष्ठ राष्ट्रिय टोलीका तर्फबाट पहिलो गोल गर्न सफल भएका थिए।[२८] सन् २०१६ अगस्ट ५ का दिन मिल्नरले अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्यास लिने घोषणा गरेका थिए।

खेलजीवन तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Updated squads for 2017/18 Premier League confirmed", Premier League, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८ 
  2. "जेम्स मिल्नर", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच ३ अप्रिल २०२० 
  3. "J. Milner: Summary", Soccerway, Perform Group, अन्तिम पहुँच ३ अप्रिल २०२० 
  4. "England's matches: The under 19's: 1991–2010", England Football Online, २७ अगस्ट २०१४, अन्तिम पहुँच ७ अगस्ट २०१९ 
  5. "England's matches: The under 20's", England Football Online, ११ जुन २०१९, अन्तिम पहुँच ७ अगस्ट २०१९ 
  6. "England's matches: The under 21's: 2000–10", England Football Online, २९ सेप्टेम्बर २०१७, अन्तिम पहुँच ७ अगस्ट २०१९ 
  7. ७.० ७.१ "Premier League Late Mail: Asian Cup causing headaches, Manchester United trio in doubt", Fox Sports Australia, News Corp, अन्तिम पहुँच २९ डिसेम्बर २०१८ 
  8. ८.० ८.१ "James Milner player profile", Liverpool F.C., अन्तिम पहुँच २ जुन २०१९ 
  9. Cox, Gerry (३० मार्च २००४), "Chopra earns U21s draw", The Football Association, मूलबाट ७ मार्च २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २००७ 
  10. Hatherall, Chris (८ अक्टोबर २००६), "Bent does it again", The Football Association, मूलबाट १० फेब्रुअरी २००५-मा सङ्ग्रहित, अन्तिम पहुँच २ अक्टोबर २००७ 
  11. Richard, Bright (७ सेप्टेम्बर २००६), "Milner grabs late winner", The Daily Telegraph (London), अन्तिम पहुँच १९ जनवरी २०११ 
  12. Wilson, Jeremy (२१ जुन २००७), "England go out after 32-penalty shoot-out drama", The Guardian (London), अन्तिम पहुँच २३ अगस्ट २००७ 
  13. "England U21 v Romania U21", BBC Sport, २१ अगस्ट २००७, अन्तिम पहुँच २१ अगस्ट २००७ 
  14. "International – Milner battles Under-21 curse", Eurosport, २१ अगस्ट २००७, मूलबाट २३ अगस्ट २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अगस्ट २००७ 
  15. "England U-21 3–0 Rep of Ire U-21", BBC Sport, ५ फेब्रुअरी २००८, अन्तिम पहुँच ५ फेब्रुअरी २००८ 
  16. Winter, Henry (१५ जुन २००९), "England U21 2 Finland U21 1: match report", The Daily Telegraph (London), अन्तिम पहुँच १९ जनवरी २०११ 
  17. Stevenson, Jonathan (१८ जुन २००९), "England U21 2–0 Spain U21", BBC Sport, अन्तिम पहुँच ६ जुलाई २००९ 
  18. Winter, Henry (२६ जुन २००९), "England U21 3 Sweden U21 3: match report", The Daily Telegraph (London), अन्तिम पहुँच १९ जनवरी २०११ 
  19. "England Camp Is 'Hurting' After European Under-21 Final Defeat – James Milner", Goal.com, ३० जुन २००९, अन्तिम पहुँच ६ जुलाई २००९  वेब्याक मेसिन अभिलेखिकरण ३० नोभेम्बर २०२० मिति
  20. "James Milner", The Football Association, मूलबाट ३० मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ मे २०१२ 
  21. McNulty, Phil (१२ अगस्ट २००९), "Netherlands 2–2 England", BBC Sport, अन्तिम पहुँच १३ अगस्ट २००९ 
  22. McNulty, Phil (१२ जुन २०१०), "England 1–1 USA", BBC Sport, अन्तिम पहुँच १७ अगस्ट २०१० 
  23. "England advances at World Cup, beats Slovenia 1–0", Nation News.com, २३ जुन २०१०, मूलबाट ९ अप्रिल २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१०  वेब्याक मेसिन अभिलेखिकरण २० मार्च २०१२ मिति
  24. Bradbury, Jamie (१७ नोभेम्बर २०१०), "Video: France give England les bleus", The Football Association। 
  25. "Euro 2012: Roy Hodgson confirms England squad with Danny Welbeck and Glen Johnson deemed fit to travel", The Daily Telegraph (London), २९ मे २०१२, अन्तिम पहुँच ३१ मे २०१२ 
  26. McNulty, Phil (२६ मे २०१२), "Norway 0–1 England", BBC Sport, अन्तिम पहुँच ३१ मे २०१२ 
  27. McNulty, Phil (७ सेप्टेम्बर २०१२), "Moldova 0–5 England", BBC Sport, अन्तिम पहुँच २२ अप्रिल २०१६ 
  28. "James Milner retires from England duty after discussions with Sam Allardyce", The Guardian (London), ५ अगस्ट २०१६, अन्तिम पहुँच ५ अगस्ट २०१६ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्